Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

Tuesday, August 27, 2024

समाजसेवी

स्थानीय स्तरको कार्यक्रम थियो । मुर्ख्याईँको कारणले गाउँको डन जस्तै बनेका कृष्ण दाई  मञ्चको अघिल्लो लहरमा प्रमुख अतिथिको छेवैमा आएर ढसमस्स बसे । प्रमुख अतिथि सोहि नगरपालिकाको मेयर थिए । 

Monday, August 26, 2024

अवार्ड

          विद्यालय संचालक खनखन प्रसादले सिँगापुर गएर अवार्ड थापे । खनखन प्रसाद मात्र हैन उनको श्रिमतीले समेत उत्कृष्ट अध्यक्षको पदक थापिन् । सामाजीक सञ्जालमा तस्विरहरु भरियो । बधाईका लहरहरु लेखिए देखिए र सुनिए ।

केहिदिन पछि खनखनका बुढाबुढी फर्किए । पाएका पदकहरु एयरपोर्टमा हातमा नै बोकेरै आएका थिए । आफन्त र नजिकका साथीभाईले सक्दो स्वागत गरे । खनखनका बुढाबुढी नै अझ बुढी खनखन असाध्यै प्रफुल्लित थिइन्, घमण्डले उनको अनुहार पुरिएको थियो । 


Monday, February 6, 2023

किसान, तरकारी र म

किसानले सडकमा तरकारी फ्याँके ।

न्यूनतम मूल्य पनि नपाएपछि किसानले सडकमा तरकारी पोखेर बिरोध जनाए ।

 तरकारीले ७ रुपैँया प्रतिकिलो भाउ पनि पाएपछि किसान निराश ।

‘टेलिभिजन, रेडियो, सामाजिक संजाल सबै यिनै समाचारले भरियो ।’

‘बिचरा !

लौन !

हेर !

खत्तम मेयर ।

खत्तम सरकार ।

खत्तम देश । 

Photo : From google 


चिया पसल देखि घर–घरको जमघटमा सुनियो । 

Thursday, November 15, 2018

आधा अझै बाँकी छ ।

            सम्बन्धमा गाँसिए वा सम्बन्ध गाँसियो । तर विवाह गरेका पटक्कै हैनन् किनकी दुवै महिला हुन् । सम्बन्धमा की छी भन्दा तल थिईन्, हुनसक्छ देवरानी–जेठानी, भदा बुहारी–फुपुसासु या बुहारी–सासु । कीको भरीलो शरीर उजेलो अनुहार झरझर्राउँदो अंगहरु भएकी सहयोगी र गुणी, छी हर बोली र अंगमा कपट र जालझेलले भरिएकी । 
छी – तिम्रो कपाल कति राम्रो । मलाई दिन्छौ ? 
    – तिम्रो दाहिने हात कस्तो सलक्क परेको । मलाई सलक्क परेको हात कस्तो मनपर्छ ।

Friday, August 28, 2015

पँधेर्नीका कुरा

;Gt] x/bd ;dfh;Fu 8/fpFYof] . ;dfhn] s'/f sf6\nf ls eg]/ ;w}+ ;ts{ /xGYof] . kmn:j?k afFRYof] sd, Hofbf dYof]{ . x/]s s'/fdf  ;dfhsf  ;fgfltgf  lgod  lyP  .  pm  oyf;Dej  ;a}nfO{ dfGYof] .
;dosf] qmd;Fu} p;sf] 3/df cfpg] wf/fsf] kfgLsf] d"n ;'Sof] . ca pm g'xfpg laxfg} glhs}sf] 9'Ë]wf/f hfg yfNof] . Ps lbg laxfg wf/fdf hfFbf clns k/}af6 p;sf] s'/f eO/x]sf] rfn kfof] .
æx}g Tof] df]/f] ;Gt], s] ljlw kfQ]sf] < Oq' s6\6' nufP/ g'xfpF5 eGof .Æ  – Pp6L y;'NnLn] b'O{ cf}+nf Pscsf{df 5'jfpFnf e}mF u/L kmTkmtfO{ .
æxf] t lg, nfh;/d kr]sf] df]/f] . x}g Û s] agfÚsf xf]nfg\ xf] < O{q' ;fg' /fd|f];Fu 5f]Kg klg g;Sg]=== .Æ – ;a} l5lNnP/ xfF:g yfn] dfgf}+ s;}n] sfps'tL nufO/x]sf] 5 .
æn oq} x'G5 xf] <Æ– kftnLn] km]l/ ykL cf}+nfsf] O{zf/fdf .
æ:jf:gL 3/df 5}g clg c?nfO{ b]vfÚsf] xf]nf lg ÛÆ – ufu|L tfGb} af]nL ufhnL .

Wednesday, November 5, 2014

ट्वीटे कथा

      डीभीजन थ्रीको बिजेता भएर डीभीजन टुमा प्रबेश गरेकोमा नेपाललाई बधाई छ । – एउटोले ट्वीट्यो ।
       दुइटोले आर टी गरेछ ।
       तुइटोले फेब गरेर छोड्यो ।
       साँच्ची कति रनले जितेछ ? – दुइटोले सोध्यो ।
      खै ६० भन्दा अलिकती बढि रनले हो के रे ।– चोइटोले उत्तर दियो ।
      दुइटोले फेब गर्यो । एउटोले आर टी गर्यो । तुइटोले पनि फेब नै गर्यो ।
     नेताहरुले क्रिकेट खेलाडीबाट केहि सिकुन । – दुइटोले ट्वीट लेख्यो । पहिलो र चोइटोले आर टी गरे । तुइटोले फेब । 
      अब नेताले क्रिकेट खेल्न गएर भएन होला त ।–पहिलोले जवाफ फर्कायो ।
     खेल्नु भनेको हैन सफलताको पो कुरा गरेको त ।– पुछारमा दुईटा थोप्लो सँगै अंग्रेजी सावाँ अक्षर लेखेर पठायो, चोइटोले ।
   कुरो क्रिकेटबाट, नेता, सरकार हुँदै सार्क सम्मेलन सम्म पुग्यो । यदाकदा अरुबाट पनि फेबहरु आउँदै थिए साथमा प्रश्न र उत्तर पनि । कहिले हाँसेकाे, कहिले जिस्क्याएकाे, कहिले रिसाएकाे चिह्नहरू पनि जाेडिँदै रहे ।

Monday, August 25, 2014

लघुकथा - "जड संवेदना"

                     रौतहटका सोझा किसान विश्वनाथ कुनै कामले देशको सबैभन्दा ठूलो सहर अर्थात् राजधानी काठमाडौं छिरेका थिए । सामान्य साक्षर उनी कुनै विशेष कामले राजधानीको बबरमहल नजिकबाट सिंहदरबार जाँदै थिए । एकसुरले हिँडिरहेका बेला कानै फुट्ला जस्तो ड्वाङ्ग आवाज आएपछि उनको हंसले ठाउँ छोड्यो ।

                      निकै बेरसम्म रनभुल्ल परेका विश्वनाथ न रुन सके न भाग्न । थरथर कामेर जहाँको तहीँ उभिरहेका उनलाई के गर्ने होसै भएन । बारुदको गन्ध  र  धुवाँ  मिसिएको  डरलाग्दो  वातावरणमा  उनको  होस  ठेगानमा थिएन ।
                     केहीबेरपछि अलिक सम्हालिएका विश्वनाथ घटनास्थलको नजिक अगाडि  बढे  ।  अगाडि  छियाछिया  भएका  केही  मृत  शरीर  लडिरहेका थिए । वातावरणमा घाइतेको कोलाहल व्याप्त थियो । के गर्ने के नगर्ने मनस्थितिमा रहेका उनले घटनास्थल हेर्न आएका दर्शकहरुले मोबाइलबाट तस्बिर खिचिरहेका देखे ।

                       विश्व पनि अघिल्तिर गए र खल्तीको मोबाइल झिकेर त्यसै गर्न थाले ।

                                                                           समाप्त

Sunday, September 16, 2012

बिश्वासको ब्यापार


                       “त्यही नौ सय पर्ने रहेछ, अब हजुर आफ्नो मान्छे । त्यही नौ सय दिएर लग्नुस न सर ।” – बील हेर्दै गार्‍हो माने जसरी बोले कपडा पसलको साहुजी । मेरा गाउँले पनि अनि उनको भाई मेरो मिल्ने साथी । बेलाबेलामा भाईको साथमा नयाँ डीजाईनका कपडा आयो भनेर पठाईदिन्थेँ त्यो पनि अफिसमै । म खुशीसाथ स्वीकार्थेँ र भनेको जति पैसा पठाईहाल्थेँ किनकी मलाई बिश्वास थियो कि उनले मलाई पक्कै ठग्दैनन् । 

                        “ब्यापार गर्ने मान्छेले नाफा नराखेर कहाँ हुन्छ र ? ल नौ सय पचास कटाउनुस् ।”– मैले हजार रुपैँयाको नोट दिएँ । मैले किनमेलको लागी पसल देखाउन लगेको साथी मुसुक्क हाँस्यो । मैले उस्लाई पनि पसल र साउजी चिनाईदिएँ । साथीले अब देखि सधैँ त्यही पसलमा सामान किन्ने बाचा गर्‍यो । हामी छुट्टीएर पसल नजिकै रहेको साथीको घरमा गयौँ । बाटोमा पसले र मेरो बिश्वासको निकै तारिफ गरेँ मैले ।

                        खाना खानु अगाडी मैले भर्खरै खरिद गरेर ल्याएको पाईन्ट साथीको भाईले पनि मन परायो । यसपटक पसलेको तारिफ र बिश्वासको पुल बाँध्यो मेरो साथीले । खाना खाएपश्चात उनीहरु पनि मेरै जस्तो पाईन्ट किन्न जाने निश्चीत भयो । म खाना खाएर एकछिन आराम गर्न बसेँ । साथीका दाजुभाई पसलमा गए । 

Wednesday, July 25, 2012

साँचो प्रेम

“म तिमीलाई माया गर्छु ।”


“तर म त गर्दिन त ।”


“के भयो त < म त तिमीलाई नै माया गर्छु ।”

“तिमीलाई थाहा छैन होला । बास्तवमा म तिमीलाई घृणा गर्छु ।”

“शायद त्यही भएर नै होला म तिमीलाई माया गर्छु किनकी बाँकी सबै मलाई माया गर्छु भन्छन् वा गर्छन । तिमी सबैभन्दा फरक छौ जो मलाई घृणा गर्छौ ।”

         सुनिन्छ, ती दुवैले एकअर्कासँग आनन्दसँग मायालु जिवन बिताउँदै छन् रे ।


समाप्त

Tuesday, June 19, 2012

परिक्षा



                       युरो कपको फाइनल जस्मा जर्मनी र स्पेन बिचको खेल भईरहेको थियो । कलेज पढ्ने चार बिद्यार्थीहरुले युरोकपको रमझममा भुलेर भोलिपल्टको महत्वपुर्ण परिक्षाको तयारी गर्न सकेनन् ।  चारै जनाको सल्लाहबाट एउटा जुक्ति निकाले । सो अनुसार उनीहरु फोहोरी भएर मुख पनि नधोई क्याम्पस प्रमुखकोमा गए ।



Monday, February 27, 2012

नक्कल



                                                                         रौतहटका सोझा किसान बिश्व कुनै कामले देशको सबैभन्दा ठुलो सहर अर्थात राजधानी काठमाडौँ छिरेका थिए । सामान्य साक्षर  उनी कुनै बिशेष कामले राजधानीको बबरमहल नजिक बाट सिहदरबार जाँदै थिए । एकसुरले हिडीरहेका बेला कानै फुट्ला जस्तो डवाङ्ग आवाज आएपछि उनको हंसले ठाँउ छोड्यो ।

Wednesday, February 15, 2012

लघुकथा – “छलफल”

(हाम्रै मेलम्ची, हाम्रै संबिधानसभा अनि हाम्रै काम गर्ने तरिका ।)        

                                                रङ्ग–रङ्गका प्लेट हातमा लिएर एउटा समुह गाईँ गुईँ गर्दै थियो । रहर भो भिडलाई बुझ्ने, नजिक गएँ म ।
सुनिदै थियो स्
 १० “नुन अलिक कडा हाल्नु पर्छ ।”

Saturday, January 14, 2012

एउटा डाक्टरको मनोवाद

                                                    “अब, म यो देशमा बस्न सक्दिन । लाग्छ यो मेरो देशनै हैन, नत्र, नत्र एउटा नेपालीको छोरो भएर पनि त्यहि ब्यबहार पाउन नसक्नु कहाँ हुन्छ र रु बल, मात्र बल भएपछि पुग्ने, निर्बलीयाहरुले बोलेको आवाज कसैले नसुन्ने । वा १ कस्तो गतिलो काम गरेछु मैले । चाहेको भए युरोप वा अमेरिकामा पनि त बस्न सक्थेँ म.......................” – डाक्टर रमेशले गालामा लागेको चोट सुम्सुम्यायो । चोटको पिडा सँगै उस्को देशभक्ति दुख्यो ।


                                                 “हैन, मैले के गल्ती गरेको थिएँ र रु एउटा नचाहिने ढिपी गर्ने बच्चालाई एक थप्पड लगाएको नै त हो । सुई लगाउनै पर्ने थियो अनि जतिसुकै फकाउँदा पनि केहि नलागेपछि एक थप्पड नै त लगाएको................

Thursday, November 17, 2011

हात्ती मेरो साथी

by Raju Dahal on बुधबार , नोभेम्बर 2, 2011 तारिख 8:28pm बजे
 
                                   हात्ती, हामी सबै साथीभाई उस्लाई हात्तीको नामबाटै ज्यादा चिन्ने गर्दथ्यौँ । कतिपय साथीहरुलाई त उस्को बास्तबीक नाम नै के थियो पत्तै थिएन । उस्को आहारा र जिउडाल अनुसार पुन न्वारान गरेका थियौँ हामीले । हुन त उस्को नामाकरण गर्ने वाक्य अरु पनि हुन सक्थे – हरिश्चन्द्र, कर्ण, दानबीर, सहयोगकुमार वा यस्तै यस्तै । आफुलाई मेटाएरै भएपनि अरुलाई सहयोग गर्नु अनि तीनका आखाँमा खुशी खोज्नु उस्को जिबनको लक्ष्य थियो । कैयौँ मान्छेलाई जिन्दगीका अप्ठ्यारा खाडलबाट झिकेर सहि बाटो देखाउने उस्को कामबाट हामी सबै गौरब महशुस गर्दथ्यौँ आखिर उ हाम्रो मिल्ने साथी थियो । समयको क्रमसँगै उस्को नाम र कामको चर्चा जताततै फैलन थाल्यो । हामी सबै खुशी थियौँ किनकी हात्ती धेरै खुशी थियो ।

Thursday, October 27, 2011

खराब


(शुभ दिपावली तथा तिहारको शुभ उपलक्ष्यमा सबैलाई शुभकामना सहित ...।)

                                   आजकल मलाई, म पागल हुन थालेको भ्रम भईरहेको थियो । कारण म कसैसँग मिल्न नसकेरै फगत एक्लो रहन्थेँ । मनको बह पोख्ने एउटा सज्जन साथी थियो खोज्दै जाँदा पागलखानामा भेटेँ । सोधेँ “तँ किन यहाँ ?”

Wednesday, October 19, 2011

चौथीको रात

                                                      आँगनको छेवैमा बोटले थेग्न नसक्ने गरी लटरम्म फलेको भोगटेको रुख थियो । खासै खाईहाल्ने बेला पनि नभएको त्यो भोगटे मनपराएर खाने कोही थिएन घरमा । गाउँभरकै त्यती एक बोटमात्रै भएकोले बाटोमा हिड्ने मान्छे र छिमेकीका आखाँ त्यतै ठोक्किन्थे ।

Saturday, October 15, 2011

"माता !" - एउटा सत्य कथा



“उहाँले त भुत भबिष्य सबै बताउनुहुन्छ ।” – मेरो साथीले भीडको बिचमा मुख खोल्यो ।

“हो, माताले सबै दिनदुखीको रक्षा गर्नुहुन्छ ।” – अर्की एक दुखी देखिने महिलाले भरोसापुर्वक बोलिन् । आशाको फुलहरु फुले मनमा, किनकी मसँग दुखको काँडाहरु थिए । हो ! साँच्चै काँडाका पहाड नै थिए । साथीको कर र आफ्नै रहरमा दुखबाट पार पाउन कालो पलाष्टिकको झोलामा केहि मुठी चामल र केहि पैसा पोको पारेर आएको थिएँ म ।

Thursday, September 29, 2011

लघुकथा -"पाप"


                                        “बाबा ! यो वातावरण प्रदुषण कसरी कम गर्न सकिन्छ ?” – सामाजीक शीक्षाको गृहकार्य गर्न लागेकी छोरीले प्रश्न गरी ।

Tuesday, September 27, 2011

पसले

                                                   उ मेरो सानैदेखिको साथी करिब ५ बर्ष जति अमेरिका बसेर यसपाली दशैँ मनाउन आएको । आज टीकाको दिन मलाई भेट्न आउँदैथियो तसर्थ म खुशीले फुलेल थिएँ । म न त अमेरिका जान सकेँ न त अरब तिर नै , एउटा सामान्य किराना पसल गरेर जिबीकोपार्जन गर्दैथेँ । खुशी थिएँ, यसर्थमा कि राम्रै चल्दथ्यो । पसल राम्रो चलेकै कारणले पनि म भबिष्यका सुखः कल्पीन लागीसकेको थिएँ ।

Sunday, September 25, 2011

प्रेमको अवसान

                           आज चौथो दिनको साँझ, हप्ता दिनको परिक्षा । ओहो मात्र तिन दिन बाँकी, अनी त ।
                                                  “तिमी बिनाको जिबन सोच्न पनि म सक्दिन................. ।”– अकस्मात, फोन बज्यो उनकै लागी राखेको टोन सहित, म खुशीले रमाएँ । फोन उनकै थियो । मेरी उनी सिर्फ मेरी । मोबाईलमै एक चुम्मा जडिदीएँ । मुटुको ढुकढुकी सम्हाल्दै मोबाईलमा बोलेँ –“हे.... हेल्लो ।”