स्थानीय स्तरको कार्यक्रम थियो । मुर्ख्याईँको कारणले गाउँको डन जस्तै बनेका कृष्ण दाई मञ्चको अघिल्लो लहरमा प्रमुख अतिथिको छेवैमा आएर ढसमस्स बसे । प्रमुख अतिथि सोहि नगरपालिकाको मेयर थिए ।
Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts
Tuesday, August 27, 2024
Monday, August 26, 2024
अवार्ड
विद्यालय संचालक खनखन प्रसादले सिँगापुर गएर अवार्ड थापे । खनखन प्रसाद मात्र हैन उनको श्रिमतीले समेत उत्कृष्ट अध्यक्षको पदक थापिन् । सामाजीक सञ्जालमा तस्विरहरु भरियो । बधाईका लहरहरु लेखिए देखिए र सुनिए ।
केहिदिन पछि खनखनका बुढाबुढी फर्किए । पाएका पदकहरु एयरपोर्टमा हातमा नै बोकेरै आएका थिए । आफन्त र नजिकका साथीभाईले सक्दो स्वागत गरे । खनखनका बुढाबुढी नै अझ बुढी खनखन असाध्यै प्रफुल्लित थिइन्, घमण्डले उनको अनुहार पुरिएको थियो ।
Monday, February 6, 2023
किसान, तरकारी र म
किसानले सडकमा तरकारी फ्याँके ।
न्यूनतम मूल्य पनि नपाएपछि किसानले सडकमा तरकारी पोखेर बिरोध जनाए ।
तरकारीले ७ रुपैँया प्रतिकिलो भाउ पनि पाएपछि किसान निराश ।
‘टेलिभिजन, रेडियो, सामाजिक संजाल सबै यिनै समाचारले भरियो ।’
‘बिचरा !
लौन !
हेर !
खत्तम मेयर ।
खत्तम सरकार ।
खत्तम देश ।
| Photo : From google |
चिया पसल देखि घर–घरको जमघटमा सुनियो ।
Thursday, November 15, 2018
आधा अझै बाँकी छ ।
सम्बन्धमा गाँसिए वा सम्बन्ध गाँसियो । तर विवाह गरेका पटक्कै हैनन् किनकी दुवै महिला हुन् । सम्बन्धमा की छी भन्दा तल थिईन्, हुनसक्छ देवरानी–जेठानी, भदा बुहारी–फुपुसासु या बुहारी–सासु । कीको भरीलो शरीर उजेलो अनुहार झरझर्राउँदो अंगहरु भएकी सहयोगी र गुणी, छी हर बोली र अंगमा कपट र जालझेलले भरिएकी ।
छी – तिम्रो कपाल कति राम्रो । मलाई दिन्छौ ?
– तिम्रो दाहिने हात कस्तो सलक्क परेको । मलाई सलक्क परेको हात कस्तो मनपर्छ ।
Friday, August 28, 2015
पँधेर्नीका कुरा
;Gt]
x/bd ;dfh;Fu 8/fpFYof] . ;dfhn] s'/f sf6\nf ls eg]/ ;w}+ ;ts{ /xGYof] . kmn:j?k
afFRYof] sd, Hofbf dYof]{ . x/]s s'/fdf
;dfhsf ;fgfltgf lgod
lyP . pm
oyf;Dej ;a}nfO{ dfGYof] .
;dosf]
qmd;Fu} p;sf] 3/df cfpg] wf/fsf] kfgLsf] d"n ;'Sof] . ca pm g'xfpg laxfg}
glhs}sf] 9'Ë]wf/f hfg yfNof] . Ps lbg laxfg wf/fdf hfFbf clns k/}af6 p;sf] s'/f
eO/x]sf] rfn kfof] .
æx}g
Tof] df]/f] ;Gt], s] ljlw kfQ]sf] < Oq' s6\6' nufP/ g'xfpF5 eGof .Æ – Pp6L y;'NnLn] b'O{ cf}+nf Pscsf{df 5'jfpFnf
e}mF u/L kmTkmtfO{ .
æxf]
t lg, nfh;/d kr]sf] df]/f] . x}g Û s] agfÚsf xf]nfg\ xf] < O{q' ;fg' /fd|f];Fu
5f]Kg klg g;Sg]=== .Æ – ;a} l5lNnP/ xfF:g yfn] dfgf}+ s;}n] sfps'tL nufO/x]sf]
5 .
æn
oq} x'G5 xf] <Æ– kftnLn] km]l/ ykL cf}+nfsf] O{zf/fdf .
æ:jf:gL
3/df 5}g clg c?nfO{ b]vfÚsf] xf]nf lg ÛÆ – ufu|L tfGb} af]nL ufhnL .
Wednesday, November 5, 2014
ट्वीटे कथा
डीभीजन थ्रीको बिजेता भएर डीभीजन टुमा प्रबेश गरेकोमा नेपाललाई बधाई छ । – एउटोले ट्वीट्यो ।
दुइटोले आर टी गरेछ ।
तुइटोले फेब गरेर छोड्यो ।
साँच्ची कति रनले जितेछ ? – दुइटोले सोध्यो ।
खै ६० भन्दा अलिकती बढि रनले हो के रे ।– चोइटोले उत्तर दियो ।
दुइटोले फेब गर्यो । एउटोले आर टी गर्यो । तुइटोले पनि फेब नै गर्यो ।
नेताहरुले क्रिकेट खेलाडीबाट केहि सिकुन । – दुइटोले ट्वीट लेख्यो । पहिलो र चोइटोले आर टी गरे । तुइटोले फेब ।
अब नेताले क्रिकेट खेल्न गएर भएन होला त ।–पहिलोले जवाफ फर्कायो ।
खेल्नु भनेको हैन सफलताको पो कुरा गरेको त ।– पुछारमा दुईटा थोप्लो सँगै अंग्रेजी सावाँ अक्षर लेखेर पठायो, चोइटोले ।
कुरो क्रिकेटबाट, नेता, सरकार हुँदै सार्क सम्मेलन सम्म पुग्यो । यदाकदा अरुबाट पनि फेबहरु आउँदै थिए साथमा प्रश्न र उत्तर पनि । कहिले हाँसेकाे, कहिले जिस्क्याएकाे, कहिले रिसाएकाे चिह्नहरू पनि जाेडिँदै रहे ।
Monday, August 25, 2014
लघुकथा - "जड संवेदना"
रौतहटका सोझा किसान विश्वनाथ कुनै कामले देशको सबैभन्दा ठूलो सहर अर्थात् राजधानी काठमाडौं छिरेका थिए । सामान्य साक्षर उनी कुनै विशेष कामले राजधानीको बबरमहल नजिकबाट सिंहदरबार जाँदै थिए । एकसुरले हिँडिरहेका बेला कानै फुट्ला जस्तो ड्वाङ्ग आवाज आएपछि उनको हंसले ठाउँ छोड्यो ।
निकै बेरसम्म रनभुल्ल परेका विश्वनाथ न रुन सके न भाग्न । थरथर कामेर जहाँको तहीँ उभिरहेका उनलाई के गर्ने होसै भएन । बारुदको गन्ध र धुवाँ मिसिएको डरलाग्दो वातावरणमा उनको होस ठेगानमा थिएन ।
केहीबेरपछि अलिक सम्हालिएका विश्वनाथ घटनास्थलको नजिक अगाडि बढे । अगाडि छियाछिया भएका केही मृत शरीर लडिरहेका थिए । वातावरणमा घाइतेको कोलाहल व्याप्त थियो । के गर्ने के नगर्ने मनस्थितिमा रहेका उनले घटनास्थल हेर्न आएका दर्शकहरुले मोबाइलबाट तस्बिर खिचिरहेका देखे ।
केहीबेरपछि अलिक सम्हालिएका विश्वनाथ घटनास्थलको नजिक अगाडि बढे । अगाडि छियाछिया भएका केही मृत शरीर लडिरहेका थिए । वातावरणमा घाइतेको कोलाहल व्याप्त थियो । के गर्ने के नगर्ने मनस्थितिमा रहेका उनले घटनास्थल हेर्न आएका दर्शकहरुले मोबाइलबाट तस्बिर खिचिरहेका देखे ।
विश्व पनि अघिल्तिर गए र खल्तीको मोबाइल झिकेर त्यसै गर्न थाले ।
समाप्त
Sunday, September 16, 2012
बिश्वासको ब्यापार
“त्यही नौ सय पर्ने रहेछ, अब हजुर आफ्नो मान्छे । त्यही नौ सय दिएर लग्नुस न सर ।” – बील हेर्दै गार्हो माने जसरी बोले कपडा पसलको साहुजी । मेरा गाउँले पनि अनि उनको भाई मेरो मिल्ने साथी । बेलाबेलामा भाईको साथमा नयाँ डीजाईनका कपडा आयो भनेर पठाईदिन्थेँ त्यो पनि अफिसमै । म खुशीसाथ स्वीकार्थेँ र भनेको जति पैसा पठाईहाल्थेँ किनकी मलाई बिश्वास थियो कि उनले मलाई पक्कै ठग्दैनन् ।
“ब्यापार गर्ने मान्छेले नाफा नराखेर कहाँ हुन्छ र ? ल नौ सय पचास कटाउनुस् ।”– मैले हजार रुपैँयाको नोट दिएँ । मैले किनमेलको लागी पसल देखाउन लगेको साथी मुसुक्क हाँस्यो । मैले उस्लाई पनि पसल र साउजी चिनाईदिएँ । साथीले अब देखि सधैँ त्यही पसलमा सामान किन्ने बाचा गर्यो । हामी छुट्टीएर पसल नजिकै रहेको साथीको घरमा गयौँ । बाटोमा पसले र मेरो बिश्वासको निकै तारिफ गरेँ मैले ।
खाना खानु अगाडी मैले भर्खरै खरिद गरेर ल्याएको पाईन्ट साथीको भाईले पनि मन परायो । यसपटक पसलेको तारिफ र बिश्वासको पुल बाँध्यो मेरो साथीले । खाना खाएपश्चात उनीहरु पनि मेरै जस्तो पाईन्ट किन्न जाने निश्चीत भयो । म खाना खाएर एकछिन आराम गर्न बसेँ । साथीका दाजुभाई पसलमा गए ।
Wednesday, July 25, 2012
साँचो प्रेम
“म तिमीलाई माया गर्छु ।”
“तर म त गर्दिन त ।”
“तर म त गर्दिन त ।”
“के भयो त < म त तिमीलाई नै माया गर्छु ।”
“तिमीलाई थाहा छैन होला । बास्तवमा म तिमीलाई घृणा गर्छु ।”
“शायद त्यही भएर नै होला म तिमीलाई माया गर्छु किनकी बाँकी सबै मलाई माया गर्छु भन्छन् वा गर्छन । तिमी सबैभन्दा फरक छौ जो मलाई घृणा गर्छौ ।”
सुनिन्छ, ती दुवैले एकअर्कासँग आनन्दसँग मायालु जिवन बिताउँदै छन् रे ।
समाप्त
Tuesday, June 19, 2012
परिक्षा
युरो कपको फाइनल जस्मा जर्मनी र स्पेन बिचको खेल भईरहेको थियो । कलेज पढ्ने चार बिद्यार्थीहरुले युरोकपको रमझममा भुलेर भोलिपल्टको महत्वपुर्ण परिक्षाको तयारी गर्न सकेनन् । चारै जनाको सल्लाहबाट एउटा जुक्ति निकाले । सो अनुसार उनीहरु फोहोरी भएर मुख पनि नधोई क्याम्पस प्रमुखकोमा गए ।

Monday, February 27, 2012
नक्कल
रौतहटका सोझा किसान बिश्व कुनै कामले देशको सबैभन्दा ठुलो सहर अर्थात राजधानी काठमाडौँ छिरेका थिए । सामान्य साक्षर उनी कुनै बिशेष कामले राजधानीको बबरमहल नजिक बाट सिहदरबार जाँदै थिए । एकसुरले हिडीरहेका बेला कानै फुट्ला जस्तो डवाङ्ग आवाज आएपछि उनको हंसले ठाँउ छोड्यो ।
Wednesday, February 15, 2012
लघुकथा – “छलफल”
(हाम्रै मेलम्ची, हाम्रै संबिधानसभा अनि हाम्रै काम गर्ने तरिका ।)
रङ्ग–रङ्गका प्लेट हातमा लिएर एउटा समुह गाईँ गुईँ गर्दै थियो । रहर भो भिडलाई बुझ्ने, नजिक गएँ म ।
सुनिदै थियो स्
१० “नुन अलिक कडा हाल्नु पर्छ ।”
रङ्ग–रङ्गका प्लेट हातमा लिएर एउटा समुह गाईँ गुईँ गर्दै थियो । रहर भो भिडलाई बुझ्ने, नजिक गएँ म ।
सुनिदै थियो स्
१० “नुन अलिक कडा हाल्नु पर्छ ।”
Saturday, January 14, 2012
एउटा डाक्टरको मनोवाद
“अब, म यो देशमा बस्न सक्दिन । लाग्छ यो मेरो देशनै हैन, नत्र, नत्र एउटा नेपालीको छोरो भएर पनि त्यहि ब्यबहार पाउन नसक्नु कहाँ हुन्छ र रु बल, मात्र बल भएपछि पुग्ने, निर्बलीयाहरुले बोलेको आवाज कसैले नसुन्ने । वा १ कस्तो गतिलो काम गरेछु मैले । चाहेको भए युरोप वा अमेरिकामा पनि त बस्न सक्थेँ म.......................” – डाक्टर रमेशले गालामा लागेको चोट सुम्सुम्यायो । चोटको पिडा सँगै उस्को देशभक्ति दुख्यो ।
“हैन, मैले के गल्ती गरेको थिएँ र रु एउटा नचाहिने ढिपी गर्ने बच्चालाई एक थप्पड लगाएको नै त हो । सुई लगाउनै पर्ने थियो अनि जतिसुकै फकाउँदा पनि केहि नलागेपछि एक थप्पड नै त लगाएको................
“हैन, मैले के गल्ती गरेको थिएँ र रु एउटा नचाहिने ढिपी गर्ने बच्चालाई एक थप्पड लगाएको नै त हो । सुई लगाउनै पर्ने थियो अनि जतिसुकै फकाउँदा पनि केहि नलागेपछि एक थप्पड नै त लगाएको................
Thursday, November 17, 2011
हात्ती मेरो साथी
by Raju Dahal on बुधबार , नोभेम्बर 2, 2011 तारिख 8:28pm बजे
Thursday, October 27, 2011
खराब
(शुभ दिपावली तथा तिहारको शुभ उपलक्ष्यमा सबैलाई शुभकामना सहित ...।)
आजकल मलाई, म पागल हुन थालेको भ्रम भईरहेको थियो । कारण म कसैसँग मिल्न नसकेरै फगत एक्लो रहन्थेँ । मनको बह पोख्ने एउटा सज्जन साथी थियो खोज्दै जाँदा पागलखानामा भेटेँ । सोधेँ “तँ किन यहाँ ?”
Wednesday, October 19, 2011
चौथीको रात
आँगनको छेवैमा बोटले थेग्न नसक्ने गरी लटरम्म फलेको भोगटेको रुख थियो । खासै खाईहाल्ने बेला पनि नभएको त्यो भोगटे मनपराएर खाने कोही थिएन घरमा । गाउँभरकै त्यती एक बोटमात्रै भएकोले बाटोमा हिड्ने मान्छे र छिमेकीका आखाँ त्यतै ठोक्किन्थे ।
Saturday, October 15, 2011
"माता !" - एउटा सत्य कथा
“उहाँले त भुत भबिष्य सबै बताउनुहुन्छ ।” – मेरो साथीले भीडको बिचमा मुख खोल्यो ।
“हो, माताले सबै दिनदुखीको रक्षा गर्नुहुन्छ ।” – अर्की एक दुखी देखिने महिलाले भरोसापुर्वक बोलिन् । आशाको फुलहरु फुले मनमा, किनकी मसँग दुखको काँडाहरु थिए । हो ! साँच्चै काँडाका पहाड नै थिए । साथीको कर र आफ्नै रहरमा दुखबाट पार पाउन कालो पलाष्टिकको झोलामा केहि मुठी चामल र केहि पैसा पोको पारेर आएको थिएँ म ।
Thursday, September 29, 2011
लघुकथा -"पाप"
“बाबा ! यो वातावरण प्रदुषण कसरी कम गर्न सकिन्छ ?” – सामाजीक शीक्षाको
गृहकार्य गर्न लागेकी छोरीले प्रश्न गरी ।
Tuesday, September 27, 2011
पसले
उ मेरो सानैदेखिको साथी करिब ५ बर्ष जति अमेरिका बसेर यसपाली दशैँ
मनाउन आएको । आज टीकाको दिन मलाई भेट्न आउँदैथियो तसर्थ म खुशीले फुलेल
थिएँ । म न त अमेरिका जान सकेँ न त अरब तिर नै , एउटा सामान्य किराना पसल
गरेर जिबीकोपार्जन गर्दैथेँ । खुशी थिएँ, यसर्थमा कि राम्रै चल्दथ्यो । पसल
राम्रो चलेकै कारणले पनि म भबिष्यका सुखः कल्पीन लागीसकेको थिएँ ।
Sunday, September 25, 2011
प्रेमको अवसान
आज चौथो दिनको साँझ, हप्ता दिनको परिक्षा । ओहो मात्र तिन दिन बाँकी, अनी त ।
“तिमी बिनाको जिबन सोच्न पनि म सक्दिन................. ।”– अकस्मात, फोन बज्यो उनकै लागी राखेको टोन सहित, म खुशीले रमाएँ । फोन उनकै थियो । मेरी उनी सिर्फ मेरी । मोबाईलमै एक चुम्मा जडिदीएँ । मुटुको ढुकढुकी सम्हाल्दै मोबाईलमा बोलेँ –“हे.... हेल्लो ।”
“तिमी बिनाको जिबन सोच्न पनि म सक्दिन................. ।”– अकस्मात, फोन बज्यो उनकै लागी राखेको टोन सहित, म खुशीले रमाएँ । फोन उनकै थियो । मेरी उनी सिर्फ मेरी । मोबाईलमै एक चुम्मा जडिदीएँ । मुटुको ढुकढुकी सम्हाल्दै मोबाईलमा बोलेँ –“हे.... हेल्लो ।”
Subscribe to:
Posts (Atom)

