Showing posts with label बालगीत / गीत. Show all posts
Showing posts with label बालगीत / गीत. Show all posts

Saturday, July 6, 2013

पूर्वराजा ज्ञानेन्द्र शाहको - गीत


हिमाल पहाड तराई नेपाली जीवन अंग

एकता नै नेपाली प्राण अमृत रस–रंग
गाँसेका छौं अन्न जलले यही भूमिमा
छापेका छौ अटल हिमाल यही छातीमा
हाँसो खुसी नेपालीको नेपाल आमा मूल
बगैचामा रङ्गीचङगी विविध नेपाली फूल
यहाँकै उब्जाउने माटो छानेका फैली बाटो
यहाँ नै फाटो ल्याउने कुरैको वैरी बठो
हिमाल पहाड तराई नेपाली जीवन अंग
एकताको धागो छिने हुन्छौं भताभुङ्ग
(शाहले आफ्नो ६७ बर्ष पुगेको उपलक्ष्यमा लेखेको गीत ।)

Monday, July 30, 2012

गीत - "यादहरु"


जति जति बिर्सुँ भन्छु, बढ्दै जाने यादहरु ।
पराई लाग्छ उजेली यो, आफ्नो लाग्ने रातहरु ।।

मर्छु की के हो सम्झेर,
तिम्रै यादमा कल्पेर ।।

जति जति भाग्न खोज्छु पिछा लाग्ने यादहरु ।
रोकुँ भन्छु आँशु अब, भत्की दिन्छ बाँधहरु ।।

Friday, April 20, 2012

--गीत--


बेहोसी बेहोसी मै मन पराएको कुरा ।
भनिदिएँ उनकै यादमा मन हराएको कुरा ।।

Friday, October 7, 2011

गीत


म हाँसेको देखेर खुशि नसम्झिनु ।
म रुँदा तिमी कहील्यै दुखी नहुनु ।।

Monday, September 26, 2011

“गीत”

बिर्सेर पनि सकिन मैले
चाहेर पनि भुलीन मैले ।

तीमी नै तिमी मेरो जीन्दगीमा
तीम्रै याद केबल मेरो ढुकढुकीमा ।

Wednesday, September 21, 2011

गीत

माया गाँस्न जाँनिन मैले,
प्रीत साट्न जाँनिन ।।
भो मायाको कुरै नगर,
मैले हाँस्न जाँनिन ।।

Tuesday, April 26, 2011

बाल लोकगीत

१) एउटा कुरा, भन्छु म सबैलाई
पढ्नु लेख्नु जिन्दगी भरिलाई ।

                    माछी खोलामा, ए !! माछी खोलामा,
                    कलम छ खल्तिमा किताब झोलामा ।

(बालबालीकाको पालो) स्वस्थ्य रहने काईदा

टाउकोमा फोहोर भए, कपाल लट्टा पर्छ ।
जुम्राले घर बनाई, हाम्रो रगत चुस्छ ।।

Tuesday, March 8, 2011

बाल गीत (पुतली)



रङ्गी चङ्गी पुतली     
हेर फुलमा डुलेको । 

"भुत" ??? (साना साना नानी हरुको लागि)

हीजो हाम्रो घरमा, बत्ती जाने पालो थ्यो । 
जता फर्की हेरेनी, अधेँरो र कालो थ्यो ।।