Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Wednesday, October 15, 2025

ज्ञानको लडाईँ (उपजाति छन्द)

बाबा र आमा, गुरु र गुरुमा 

सपना अनेक, छरिएका ममा ।

शोक र भोक, दिन रात त्यागी

मलाई मान्छे, बनाउन्का लागि ।।

Thursday, August 29, 2024

मायामा


अक्षर र अक्षर जोडेर शब्द बन्नु पर्ने हो 

शब्द र शब्द जोडेर वाक्य हुनु पर्ने हो 

वाक्य र वाक्य जोडेर अनुच्छेद बन्नु पर्ने हो 

अनुच्छेदको जोडमा पाठ बन्नु पर्ने हो ।

तर मायामा, 

अक्षर अक्षर जोडेर काव्य बन्दिन सक्छ 

शब्द शब्द जोडेर महाकाव्य बन्न सक्छ 

एउटै हेराईमा एक हरफ कविता जन्मन्छ 

एकै मुस्कानले सिङ्गो पाठ बन्न सक्छ । 


Tuesday, April 14, 2020

बजाउँ सरकार बजाउँ

सरकार
ए सरकार
थाहा छ सरकार ?
हजुरको आज्ञा शिरोपर गर्दै
बिहान उठेर बजाएको तालीको आवाजले
एकाबिहानै भोक र कमजोरीले
रोइरहने मेरो काखे छोरी चुपचाप हेरिरही
अक्कनबक्क परेर हेरिरहेकी मेरी छोरी
पुनः रुन नपाउँदै
pic : copied
भान्छामा बजेका खाली भाँडाहरुको आवाजले
आँखा भरी आशा बोकेर मुख मिठ्याउँदै पर्खिरही
एउटा असहाय गरीब अध्याँरो छिँडीमा बसेर
लकडाउन डाउन हुने दिन पर्खेजस्तै
र लक डाउनका लकहरु झन झन कसिलो भएपछि
सुँक्कसुँक्क आफ्नो लकलाई सराप्दै
घोप्टे अँधेरोमा कुम्लो र कुटुरो च्यापेर
बेजोडी चप्पल भिरेर अनिश्चीत यात्रामा हिँडेजस्तै
मेरी छोरी रोदनको यात्रामा निस्कन मात्रै लागेकी थिई
नजिकै घरमा बजेको
सयौँ फुलका थुँगा हामी आवाज सुनेर चुप लागी
थाहा छ सरकार,
अभाव र भावले चिथोरीरहेको मानसपटलमा
हजुरको बजाउने सिद्धान्त नबुझेको म अबुझले

Thursday, January 21, 2016

कवि, कविता, असरफ र मान्छे

         हरेक देशकाे अाफ्नै कानुन, रिति थिती हुन्छ नै । नेपालमा हाड नातामा बिवाह गर्नु अपराध हाे जुन कुरा अन्य मुलुकमा लागु नहुन सक्छ । नेपालमा गाइ काटेर मासु खानु अपराध हाे जुन कुरा कैंयन मुलुकमा सामान्य हाे । यस अर्थमा हेर्दा ती टाढाका कविले त्यहाँकाे कानुनःत गल्ती गरेका छन् जस्काे सजाय पाउनै पर्छ । कवि भएकै नाताले उनले गरेकाे अपराधबाट उन्मुक्ती पाउनुपर्छ भनेर कसैले भन्छ भने त्याे सरासर गलत छ । हाे, मानवताकाे नाताले उनले पाएकाे सजाय गलत छ भने कुराे अर्कै हुन सक्छ । तर हाम्रा देशका कवि (भनिएका वा भनाइएका) हरू भने असरफ फयाद कवि भएकाे कारणले उनले सजाय पाउन नहुने पाङ्दु्रे तर्क गर्दै केटाकेटी खेल लाग्ने कार्यक्रम गर्दैछन् जुन हाँस्यास्पद छ । नेपालका कविहरूलाइ कविता सुन्ने सुनाउने रहर  धेरै हुने गर्दछ जुन केहि बर्ष अगाडि म अाफैँलाइ पनि हुने गर्दथ्याे ।  हाे कविता सुन्न सुनाउन बिषयबस्तु नै खड्केकाे भए केहि भन्नु  छैन, तै पनि हाम्रो देशमा बिषयबस्तुकाे कमि नै के थियाे हाेला र ? सरकार, नाकाबन्दी, तराइ अान्दाेलन, भुकम्प पिडितकाे बेहाल अादि अादि बिषयहरू नाकै मुन्तिर छरिएका थिए नै । 
             

         म देख्छु याे संसारमा अझ भनाैँ हाम्राे जस्ताे संसारमा मान्छे मात्रै भएर बाँच्न कति गाराे छ ?  पत्रकार, कवि, मानवअधिकारकर्मी जस्ता उपाधी नामकाे अगाडी भिडेपछि तीनलाइ जे गर्न पनि छुट छ अर्थात तीनकाे अनावश्यक रूपमा साथ दिएर बाेल्दिने मान्छे प्रशस्तै हुने गर्दछन् । अवस्था कतिसम्म बिजाेग छ भने - अाजै एकजना सामाजीक संजालमा असरफ बचाउन लागी पर्ने तीनपाते कवि (जिवनमा एकपटक जाे सुकै पनि कवि हुन्छ, जसरी हरेक बिरूवा सानाेमा उस्तै तिनपाते देखिन्छन्  । ) ले दर्शन दिए / दिइन । उनकाे तर्क सुन्दा लाग्थ्याे असरफ भन्दा महान र उनले जतिकाे राम्रो काम कसैले गरेका छैनन् । अझ उनकाे शब्द सापट लिएर भन्नु पर्दा - अाेली सरकारले गरेकाे अहिलेसम्मकाे सबै भन्दा नराम्रो काम रे । (??) उनले र उनकाे टीमले जसरी पनि असरफलाइ बचाएर छाेड्छन् रे (??) अरे वा ! कुन देशमा, किन, कसरी, के का लागि असरफले सजाय पाएका छन् भन्ने पनि थाहै नपाइ, अान्दाेलन ? (??) म लाजले टाउकाे हल्लाएर बसेँ । छेवैमा स्यामसाउकाे (स्यामसुङ) फाेनमा फेक कल उठाएर  भाग्नुभन्दा अन्य बिकल्प रहेन मेराे लागि । 

Monday, July 14, 2014

हामी

एक दिन सँगै हिँड्याैँ
एक रात सँगै बस्यौं
अर्को बिहान हामी छुट्टीयाैँ

अचेल,
ऊ आफ्नै बाटोमा
म आफ्नै बाटोमा

लाग्छ,
एकदिन हिँड्दा हिँड्दै
दोबाटोमा टुप्लुक्क भेट हुनेछ

अनि,
फेरि ती दिन दोहोरिएला की नाईं ?


                                                                       - राजु दाहाल

Sunday, June 23, 2013

मेरो अस्तित्व

                                                                           – राजु दाहाल
                             
मभित्र आगो छ
जसले पलपल 
तताइ रहन्छ मेरा सम्पूर्ण अवयवहरुलाई
र त, 
कहिले समाज देखि चिढिन्छु
कहिले आफैंदेखि मुर्मुरिन्छु
जब,
सुस्तामा घाउ लाग्छ
मेरो रगत तात्छ ।
बिमास्थलमा सुरक्षाकर्मि कुटिन्छन्
मेरो रगत उम्लन्छ 
मेरो देशलाई जव मैदानको भकुण्डो बनाउँछन् ठालुहरु
मेरो रगत बाफिन्छ........ 
×××
मभित्र पानी पनि छ 
जुन हरपल बगिरहन्छ 
यहि पानी,
पसिना भएर बग्नु पर्ने हो 
देशका कुना–कुनामा 
जीवन भएर लहलहाउनु पर्ने हो 
सृष्टिका मुना–मुनामा 
तर,
कलिला सपना र अनिश्चित गन्तव्य बोकेर 
काठमाडौं नै नटेकि बिदेशिएका पालुवाहरुको 
पीडाहरुले गिजोल्छ
दबाइएका आवाजहरुको मर्मले चिमोट्छ
तब,
म भित्रको पानी, हररात आँशु भएर बग्छ 
जब नेपालीलाई सपनाले पनि ठग्छ.......
×××

Saturday, June 8, 2013

"मान्छे भएर बाँचे"

टाउको उहि 
पैताला उहि 
टुलुटुलु टोलाईरहने आँखा उहि
हात उस्तै 
खुट्टा उस्तै
बकबक गरिरहने थुतुनो उस्तै
खुलाङ्ग त्यस्तै
गुप्ताङ्ग त्यस्तै
तलदेखि माथिसम्म सर्वाङ्ग उस्तै

साथी,
तिमी जिउँदो 
र आर्यघाटमा पुर्‍याईएको मुर्दामा
के फरक त ?
तिमी हसुर्न सक्छौ दगुर्न सक्छौ 
कमाउन सक्छौ अनि खर्चिन पनि 
मोज गरौला
मस्ति गरौला
अरुलाई खसालौला पखालौला

Monday, May 6, 2013

आग्रह


हड्डी कम पो भो की ?
चोकका कुकुरलाई, 
भुक्न थालेको सुन्दैछु ?

भुक, 
नङ्ग्रा भाँच, 
मुरमुराउ, 
लडिबुडी गर, 
कराउ,
रिसाउ
हात्तीलाई केहि फरक पर्दैन ।
हात्तीले त तमासेबाट सुनेको मात्र न हो ।
तिम्रा चर्तिकला मनोरञ्जन बनेको छ
देशमा मनोरञ्जनको कमि भएको बेला 
तिम्रो बेतमासको क्रन्दन सुन्न सबै तयार छन्
तमासे त जति नी पाईन्छ ।

मात्रै हात्ती बन्चित रह्यो भन्ने गुनासो हो
बाटो खोल्देउ तिम्रा गल्लीसम्म जाने
उ पनि रमाउन तयार छ ।

हात्तीलाई चिन्ता भो की ?
भन्ने लाग्छ भने
त्यो तिम्रो ठुलो भुल हो
उस्लाई तिम्रै कार्तिके गल्लीबाट भएर अगाडी बढ्नु छ

जहाँ तिमी जस्ता कुकुरहरु 
भुकिरहेका हुने छन नै

:P

Saturday, July 28, 2012

सपना


मेरो सपनाको चङ्गा


यादको लट्टाई हातमा छोडेर


बादलुको अनदेखि संसारमा


कतै गुमनाम भएको छ ।


म खोज्दै छु,


मेरो सपनाको धागो चुटाउने चङ्गा चालकलाई ।।

Saturday, July 21, 2012

पुतली र फूल


भन्नलाई भन्छन् 
देख्नलाई देख्छन् 
फूल पनि राम्रो 
अनि,
पुतली पनि 
असल हुनुको पीडा, सुन्दर हुनुको दुख
भोगेका छन् दुवैले

एउटा कथा,
नभनिएको नसुनिएको 
अनि, 
थाहा भएरै पनि बुझपचाईएको
हो............. त्यसरी नै,
फूलले पनि बुझ पचाउँदै गयो 
उस्को वरिपरी डुल्ने पुतलीको भावना

खै,
के घमण्ड थियो फूलमा
कुन अभिमान थियो उसलाई
आखिर झर्नु त छदैँ थियो 
फूलले पनि पुतली जस्तै 
पर्खेन,

Wednesday, July 11, 2012

कबिता- “भ्रम”


हो, 
अलिकती टुट्छ, 
म अर्को टुक्रा ल्याएर जोड्छु ।
अलिकती फुट्छ, 
म त्यही झुक्काउने आशाको लेप लेप्छु ।
यता जान्छ उताबाट तान्छु,
उता जान्छ यताबाट ल्याउँछु ।
चोरिन्छ म लुट्छु, 
लुटिन्छ म चोर्छु  ।

हा हा हा,

Tuesday, June 5, 2012

"आदर्श प्रेम" – हरिवंश राय वच्चन


प्यार किसीको करना, लेकिन –
कहकर उसे बताना क्या ।

अपनेको अर्पण करना पर–
औँरो को अपनाना क्या ।

Saturday, May 5, 2012

"अव्यक्त मनका चाहना"

अव्यक्त मनका चाहनाहरुलाई
बलात् दबाउँदा दबाउँदै
निमोठेर मनहरु सँगै
आँशुमा बगाउँदा बगाउँदै

एकदिन तिम्रा चाहनाहरु
तिमी सँगै खर्ल्याप्प
तिमीले खनेका खाडलहरु भित्र
स्वाट्ट छिर्नेछन् ।

जिवनका अन्तिम पलहरुमा
पक्ल्याक पक्ल्याक मुख बाउँदै गरेका
तिम्रा गिजे मुखहरुबाट
ब्यक्त गर्दा नसुनिएका

Monday, April 23, 2012

फूलको सम्बन्ध


हो मित्र हो, कुरो सत्य हो
जसरी,
रगतको रंग रातो
ओरालो बग्ने पानी
पूर्वबाट उदाउने सूर्य
नदेखिने त्यो हावा

Wednesday, April 18, 2012

“तिमी र म” – कविता

मेरा थोपा थोपा आँशुले
तप्प– तप्प
तप्प– तप्प
एउटा पोखरी बनाउँछ ।
कहिले चुपचाप कहिले हिक्क –हिक्क

म,
त्यही पोखरीको डिलमा बसेर
अतित हेर्न खोज्छु ।

Tuesday, April 3, 2012

जीबन

बिहान उठ्छु,
अन्जान जिबन


दिनभरि भौतारिन्छु, 
अनिश्चीत यात्रा

Wednesday, November 2, 2011

काठमाण्डौ (सुरेश नाचिज)


मरेको कयौँ दिनपछि
आँखा खोलेर हेर्दा
बाताबरणलाई तुषारोले ढाकेको थियो ।
झिंगाहरु भन्किराखेका थिए ।

Saturday, October 22, 2011

"तिमी म र बर्तमान"

( केहि बर्ष पहिले लेखेको कबिता आज आफ्नै जिन्दगीसँग हुबहु मिलेको देखेर चकित छु म ।)
अलिकती तिमी चुक्यौ,
तिमीले बुझेनौ ।

Saturday, October 1, 2011

तिमी र म

तिम्रो बोली राम्रो लाग्यो,
बोलिदिएँ म ।
तिम्रो हाँसो प्यारो लाग्यो
हाँसिदिएँ म ।

Sunday, August 14, 2011

"मेरो कथा ! सक्छौ भने सुनिदेउ !! मिल्ने भए लेखिदेउ !!!"

by Raju Dahal on बुधबार , जुलाई 14, 2010 तारिख 10:24बिहान बजे
कथै कथाको यो भिडमा,
म सँग एउटा अनौठो कथा
केही रहर,केही उमंग र धेरै ब्यथा
सक्ने भए सुनिदेउ, मिल्ने भए लेखिदेउ ।।