किसानले सडकमा तरकारी फ्याँके ।
न्यूनतम मूल्य पनि नपाएपछि किसानले सडकमा तरकारी पोखेर बिरोध जनाए ।
तरकारीले ७ रुपैँया प्रतिकिलो भाउ पनि पाएपछि किसान निराश ।
‘टेलिभिजन, रेडियो, सामाजिक संजाल सबै यिनै समाचारले भरियो ।’
‘बिचरा !
लौन !
हेर !
खत्तम मेयर ।
खत्तम सरकार ।
खत्तम देश ।
Photo : From google |
चिया पसल देखि घर–घरको जमघटमा सुनियो ।
संवेदनशील नेपाली, अझ एक माना बढि नै म । किसानको दुख र बिजोग सम्झेर एक दिन तरकारी पसलहरुको सानो सहर पछाडि छोड्दै खोला किनारतिरको तरकारी बारी तिर सोझिँए ।
दुई मुठा साग, करिब एक किलो काउली, अलिकति बकुल्ला, थोरै धनियाँ र एक किलो जति गोलभेँडा कसैले फालेको, किसान दिदीले सम्हालेको पोलिथिनमा हाल्न लगाएपछि खल्तीमा हात हाल्दै समाजसेवी पारामा गजक्क परियो । खल्तीमा र बेला बेलामा हत्केलामा मिचिएर उकुसमुकुस भएको दुईवटा सयको नोट हातमा समाएर 'बढिमा एक सय पचास पर्ला' तर यत्रो दुख गर्नुएको छ राख्नुस भनेर दुई वटै सय दिन पर्ला भनेर खुशी भइयो । भिडियो खिच्न त हुन्थ्यो तर छेउमा कोहि खिचिदिने नभएर हो कि किन हो ? होस् भनेर माया मारियो । मेरो पचासले किसानको दुख सबै कम हुन्छ भन्ने भावना हो वा के हो ? गज्जबको समातसेवी आनन्द आइरहेको थियो ।
कति भयो र ? भनेर सोध्दा पनि नसोधी तरकारी किसान दिदीलाई रु २०० थमाएर, भन्यवाद के भन्न भ्याएको थिएँ ।
हातमा पैसाका् पखेँटा खोल्दै दिदीले भन्नुभयो ‘पैसा पुगेन नी । साग मुठाको ३० ले ६०, काउली १००, ५० को बकुल्ला, ३० को धनियाँ अनि गोलभेँडा झण्डै डेढ किलो छ त्यसको ६० मात्रै दिनुस् । ६०, १००, ५०, ६०, ३० तिन सय भयो । एक सय पुगेन अझै ।’
टाउको रनन्न, दिमाग झनन्न भयो । किसानको उद्वार गर्न आएको म, मेरो उद्वार गर्नु पर्ने भयो । मुखबाट ख्याउटे बोली निस्क्यो – ‘कस्तो महंगो त ?’
मैले पनि मुस्कीलले सुनेजस्तो लाग्छ मेरो आवाज तर जवाफ किसान दिदीले नै दिनुभयो –‘अर्गानिक हो नी त यो ।’
खल्तीमा हात गयो तर तत्कालको आवश्यकता पुरा हुने गरेर केहि निस्केन । खल्तीको कुनै कुनाबाट अस्ति दाँत कोट्याएर राखेको सिन्को मात्र आयो हातमा । आयो के घोच्यो । खाली पर्स सम्झेर पैसा घरमै छुटेको बहाना पार्दा काउलीसँग सम्बन्ध बिच्छेद पश्चात बाँकी तरकारी मेरो साथमा आए । बोनसमा किसान साउनीको हेय दृष्टि ।
पश्चाताप पलायो, पसलमा रु १०० मा पाइने ३ के जी तरकारी छोडेर आएकोमा ।
मन अमिलो भयो, चित्त दुख्यो । अलिकति अर्गानिक नामको औषधीले सेकिएला कि जस्तो भयो । बारीतिर फर्केर हेरेँ किसान साउजी ढाडमा यामानको जर्किन बोकेर स्प्रे गर्दै थिए बाक्लै बाक्लै लगातार...................................
राजु दाहाल (माघ २३, २०७९)
मलाई त्यस्सै समातसेवि, अर्गानिक, बिदेशको जागिर कमाइ काड छोडेर आको , छातिमा गोली थापेर ल्या'को ब्यबस्था भनेको सुन्दा ज्वरो आउनी हो र ? नौटंकिका घरहरुलाई चाकाँ हलाको मुसल ठोस्न नपुइएको
ReplyDelete