Showing posts with label केहि फरक. Show all posts
Showing posts with label केहि फरक. Show all posts

Sunday, July 7, 2013

सनकको यात्रा


“गोपाल आज बौलाहा यात्रामा निस्कम् ।” – मैले गोपाललाई फोन गरेँ । चलचित्रको कार्यशालाबाट भर्खरै घर फर्किएका गोपालको लागि यो प्रश्न अस्वाभाविक थियो । 

“लौ कता जाने यार ।” – गोपालले सोध्यो ।

“ठेगान छैन यार, जे जे पागलपन गर्न सकिन्छ गर्ने गरि जाउँ । भिजौँ, अझै गाडीमा होईन मेरै स्कुटीमा जाने । शायद दोलालघाट तिर गइन्छ की ।” – मैले योजनाको हलुका खाका तेस्र्याएँ ।

“ल मेरो क्लास छ यार ।” 

“ह्या गोली मार्देउ क्लास स्लास ।”

“हैन यार बरु क्लास सकाएर जाने । म साँढे दुई बजे स्वयम्भुबाट हिड्न सक्छु । म कक्षा सकिने बित्तीकै फोन गर्छु नि ।” 

म दोधारमा र बिना योजना चुपचाप बसिरहेको छु घरमै ।

“केहि बिशेष छ कि त्यतीकै हो बुढा मान्छे ? मलाई अलिक अप्ठेरो छ यार ।” – मोबाईलको अनुहारमा सन्देश देखियो दिउँसो १:२३ मा ।

“ठिकै छ पछि जाउँला नी त ।” – मेरो योजना तुहियो ।

“म एक घण्टामा कल गर्छु है ।” – गोपालको सन्देश पढेपछि म चुपचाप ओछ्यानमा ढल्किएँ ।

करिब तीन बजे मोबाईलको आवाजले ध्यान तान्यो । गोपाल आउने भएछन् । म उठेर तयार भएँ त्यही बिचमा गोपालले सातदोबाटो आईपुगेको सन्देश पठाए । हतार हतार म कोटेश्वर निस्केँ । चोकमा गएर पर्खेँ तर झण्डै आधा घण्टा कुराए गोपालले मलाई । भन्थे उनी पनि अर्को तर्फ अर्थात पारी आधा घण्टा नै कुरे रे ?

पछाडी ल्यापटप सहितको झोला बोकेर लामालामा गुन्द्रुके कपालका धनि गोपाल सबैको ध्यान तान्दै चोकमा आईपुगे । 

हामी बाटो लाग्यौँ करिब करिब सूर्यबिनायक पुगेपछि याद भो सवारीका कुनै कागजपत्र थिएन न त सवारी अनुमतिपत्र नै अनि हामी बन्यौ कुनै परिचय पत्र बिनाका । हाम्रो परिचय फगत हाम्रो अनुहार । पागलपनको यात्रा शुरु भइसकेको पत्तो पायौँ हामीले । 

“जहाँ समाउँछ त्यहीँ छोड्ने पछि गएर ल्याउने । अब के गर्नु त ?” – आपदलाई हलुकासँग लिदैँ बोलेँ म । 

बाटोमा पानी परेको छ साथमा रेनकोट छ तर ओढेका छैनौँ । भक्तपुरमा पेट्रोल भरेर हामी साँगा हुँदै बनेपा कटेर धुलिखेल पुग्यौँ । साँच्चै भन्दा बिपी राजमार्गको बारेमा धेरै सुनेर पनि नमोबुद्ध जानेबाटोबाट नकटेको म नेपालथोकसम्म पुग्न चाहन्थेँ  । नयाँ ठाउँ नया यात्रा, नयाँ मान्छे मेरो यात्राको उदेश्य थियो । गोपाललाई नेपालथोक र भकुण्डेबेशींको बारेमा बताउँदै गएको थिएँ । गोपालको मन दोलालघाट जुन शुरुको योजना थियो त्यतै जाने थियो । म यात्रालाई बिना योजना सनकको यात्रा बनाउन चाहन्थेँ त्यसैले पनि नेपालथोक रोजेको थिएँ ।

Monday, June 10, 2013

"कस्सम ! भीखको भोट हालिन्न"

म सोच्छु र अनुभव गर्छु म स्वतन्त्र देशको नागरिक हुँ । संसारले मानेको पनि छ तर हाम्रो देशको नितीनिर्माण गर्ने तहमा बसेका लगायत देश चलाउने भनिएका नेताहरुको कारण हामी स्वतन्त्र नागरिक नभएर छिमेकी देशको खेलौना, प्रान्त वा  उपनिवेश भएजस्तो महशुस हुन्छ । सुस्ता लगायतका ठाउँमा सिमाना मिचिन्छ यिनीहरुमा चिन्ता देखिन्न बरु त्यसैलाई सदुपयोग गरेर एकुन्टा भाषण ठोकेर दुईचार भोट बढाएर आउँछन् । अन्तराष्ट्रिय बिमानस्थलमा अराजक चिनियाँहरुद्धारा सुरक्षाकर्मि पिटिन्छन् एकैछिनमा दुतावासको आदेशानुसार बिना कार्यबाहि फिर्ता पठाईन्छन् । लाग्छ यी देश हाँक्ने भनिएकाहरुको र नितिनिर्माण गर्ने तहमा बसेकाहरुको रगत पनि पानी जस्तै चिसिएको छ । जुन पटक्कै तात्दैन ।

भर्खरै निर्वाचनमा चाहिने सामग्री बिभिन्न देशसँग माग्ने निर्णय भयो अझ माग्ने सामग्रीको तालिका यसरी बनाईयो हाम्रो देश चलाउने र चलाउने निति नियम बनाउनेहरुसँग घृणा भरिएर आएको छ । हामी सामान्य भन्दा सामान्य जनताहरुलाई पनि थाहा छ नेपालमा हुने परिवर्तनहरु कसरी र कस्को ईशारामा हुन्छन् भनेर । देश चलाउनेहरु कसको चाहनाअनुसार बदलिन्छन् भनेर ? हुन पनि सँधै अर्काको आश गरेर र अर्काको ढोकामा मागेर खानेहरुलाई आफ्नो निर्णय गर्ने र स्वाभीमानी बन्ने अधिकार र नैतिकता नै कहाँ हुन्छ र ? के हामीले नेपालमै खोज्न बनाउन र जोहो गर्न सक्ने कुराहरु नमाग्न सक्दैनौ ? के निर्वाचनमा गाडी नमागेर भएकै गाडी उपयोग गर्न सक्दैनौ ? धेरै ईन्धन अर्को ५०० जना चालक लगायतका खर्च नगराउन सक्देनौँ ? पहिलेको मतपेटिकालाई प्रयोग गर न ? नत्र बनाउन लगाउ देशमै अरु मतपेटिकाहरु देशकै श्रोतसाधन लगाएर ।

Sunday, May 26, 2013

"इजरायल र उषा ओली सम्बन्धमा"

केहि दिन अगाडीको कुरा हो सधैँ झैँ म मुहार पुस्तिका अर्थात फेसबुक हेर्ने क्रममा थिएँ । ईजरायलमा रहनु भएका दिदीबहिनी र साथीभाई सबैले एउटा अन्तवार्तामा केन्द्रित रहेर गाली गलौज तथा बिरोधमा उत्रनुभएको थियो । बिद्धान तथा देश बिदेश घुमेका सबै साथीहरुले एकत्रित भएर गाली गरेको देखेपछि त्यहाँ पक्कै केहि नराम्रो भएकै हुनुपर्छ भनेर मेरो मनले ठहर गर्‍यो । अन्तवार्ता हेर्न खोजेँ तर इन्टरनेटको गति कम र रात पनि छिप्पीसकेको कारण हेर्न सकिँन । भोलिपल्ट बिहान उठेर हेरेँ । उषाजीको बोलाईमा कसैलाई आक्षेप लगाइएको थिएन बरु आँट गरेर आफुलाई परेको पीडा सुनाइएको थियो । उनी कुनै नौटंकीमा काम गर्ने वा कुटनीती गर्ने मान्छे नभएकोले बोल्दा कुटनितिक भाषा थिएन अलिक नमिठो लाग्थ्यो बोलेको कुराहरु । हुन पनि काम गर्ने मान्छेहरु धेरै मिलाएर बोलन नजान्ने पनि हुन सक्छन नी ?
Lila Rijal नबोलौ भन्दा पनि बोलौ बोलौ लाग्यो उषाको भनाइ लाइ ठीक भन्ने साथी संग प्रस्नएती धेरै महिला अनि पुरुष साथीहरुले काम नपाएर तेतिकै हल्ला मात्र गरेका हुन यसको मतलब सबै बेकुफ हुन ? या मेरो सोचाई सर्बे सर्ब हो भन्ठान्नु परो या ठुलो देखिनु नत्र उषालाई सपोर्ट गर्नुको तुक मैले बुझिन तपैहरुका श्रीमती बहिनि बिदेशमा दुख गरेर काम गर्छन पैसा पठाउछन अनि अरु कसैले इज्जत बेचेर कमाएका हुन भनेर भानिदियोस तेतिखेर के भन्नु हुन्छ ? तेतिखेर भन्ने मान्छे नै ठीक कि बिबेक पनि प्रयोग गर्नुहुन्छ ? त्यो ठाउमा बसेर सोच्नोस हो उनले भनेका केहि कुरा सत्य छन काम छाडेर अपार्टमा बसेर काम खोजिरहदा इम्लोएरले तेस्तो मान्छे लान मन गर्थे मोटा मोटा बुडा बुडी हेर्न पातला साना मान्छेले उचाल्न सक्दैनन भनेर अलि बढी पैसा दिएर दरा भए काम छिट्टै दिन्थे तर जबरजस्ती थिएन नि किन कहाँ लगिएका हुन भन्ने नै नबुझ्ने ले बोल्नु चाही किन नि ? यहाँ महिलाहरुको अस्मिता माथिको प्रस्न जो मिडियाले सार्बजनिक ठाउमा वकालत गर्न प्रोत्साहन गर्छ जसले जे भन्यो त्यहि प्रसारण गर्ने ? ........हुनत तेस्ता पागलको कुरालाइ लिएर कत्ति टाउको दुखाउनु आफू जो जस्तो अरुलाई आफूजस्तै देख्छ |

मलाई कसैको पक्षपाती गर्नु छैन । एकातिर परिवार र आफ्नो देश छोडेर कहाँ कहाँ कहिल्यै नसोचेको र नजानेको मान्छेको सेवा सुश्रुषा गर्न जानुभएको चेलिहरु अर्कोतिर अनेक हण्डर खाएर बालगृह चलाउँदै साथमा अस्पतालको क्यान्टिन चलाईरहेकी अर्कि चेली । जिव्रो नचपाई भन्दा देश र समाजको लागी केहि बढि योगदान दिएकी उषा ओलि र इजरायलमा रहेरै पनि देशको आपत बिपदमा सहयोग गरिरहने धेरै चेलि । 

Sunday, May 5, 2013

प्रथम राष्ट्रिय खुला गजल प्रतियोगीता २०७० बारे


गएको बैशाख १८ स्रष्टा चौतारी, कुन्ता डण्ड प्रतिष्ठान,  प्रारम्भ ईन्ष्टिच्युट एण्ड आर्ट सेन्टर लगायतका आयोजकहरु द्धारा गरिएको यस प्रतियोगीतामा सर्वप्रथम नेपाल भरिका गजल मात्रै समावेश गराउने भनिए अनुरुप गरिएको तर जितु नेपाल गाउँले, निर्दोष प्रेम लगायत केहि साथीहरुको लगातारको अनुरोध र गुनासो पश्चात संयोजकको हैसियतमा गर्न सक्ने काम अर्थात विना प्रतिस्पर्धा बाचन मात्रै गर्ने भन्ने निर्णय मैले लिएको थिएँ ।


र प्रतिष्पर्धा अगाडी कुन्ता दण्डका अध्यक्ष रमेश दाई लगायत अन्य आयोजक लगायतका साथीहरुबाट प्रवासका साथीहरुलाई पनि प्रतिष्पर्धामा सामेल गराउँ । उहाँहरुलाई पनि खुशी लाग्नेछ भन्ने कुरा आएपछि सबैको सरसल्लाहमा नियम परिवर्तन गरेका हौँ । जुन कुरा आयोजकले बनाएको नियम र फेसबुकको ईभेन्टमा पनि राखिएको नियममा उल्लेखित छ जसअनुसार आयोजकले जुनसुकै बेला नियम परिवर्तन गर्न सक्नेछ र त्यो सबै सहभागीलाई मान्य हुनेछ । 


साहित्यलाई गाउँ गाउँ सम्म लैजाऔँ भन्ने उदेश्य अनुरुप कार्यक्रम काठमाडौको बत्ति मुनिको अधेँरो लाग्ने गोठाटार १ मा राखियो जहाँ धेरै साथीहरु पुग्न नै सक्नुभएन । ईभेन्ट र ब्यक्तिगत सम्पर्कमा आएर कार्यक्रममा आउने वचन दिनुभएका करिब ३०० साथीहरु मध्य आधा पनि उपस्थित हुनसक्नुभएन । आयोजकले योजना बनाउँदा ठुलो संख्यामा सहभागी र दर्शक हुँदा कार्यक्रम ब्यवस्थीत नहुने भएकाले समय र स्थान अलिक टाढा पारिएको थियो । तर त्यही गलत ठाउँ र समयले नै कार्यक्रमलाई केहि खल्लो अवश्य बनाएको हो । र त्यो खल्लोपनको जिम्मा म संयोजक भएको नाताले जिम्मा लिन्छु ।

Saturday, April 20, 2013

जुन बोकेर भिमढुङ्गा

                                                             - राजु दाहाल 
यहाँ धेरै मान्छेहरुमा मन हराएको छ, थाहै नदिई पत्तै नदिई । मन हराउनु भन्दा पनि हराएको थाहै नपाउनु डरलाग्दो कुरो रहेछ । हराएको मनको बारेमा थाहै नपाई अनि सोच्दै नसोची जिन्दगी गुजारी रहेछन् यहाँ अनेक मान्छेहरु । यहाँ अत्यन्तै थोरै मात्र छन् जस्लाई आफ्नो मन हराएको वास्तवीकताको ज्ञात छ । मन बिहिन ती मानवाकृती मन भएकाहरुको मनलाई पनि निकाल्न र हराईदिन चारै प्रहर जताततै तल्लिन छन् । के शहर ? के गाउँ ? जताततै मन तोड्नेहरुको कुँडुलो देखिन्छ । 
उकालिँदै (सबै फोटोहरु पछि नयाँ बर्षमा खिचिएको हो ।)हाम्रो सौभाग्य दाजु प्रतीक ढकाल, अमर न्यौपाने, गोपाल अर्यालहरु सँग 

ओहो ! कस्तो अनमोल रहेछ मन ?


मन मात्रै हैन । अन्य धेरै कुराहरु हराएको छ यहाँ । हराएको धेरै कुरा मध्य नेपाल र नेपालीले भेटिरहने काठमाडौँको नभेटिने र धेरैलाई पत्तै नभएको भीमढुङ्गा गा बी स पनि रहेछ । काठमाडौँलाई एउटा छेउबाट तान्दै लगेर उचालिएको भीमढुङ्गा । सार्वजनीक सवारी वा निजी सवारी जे जेमा यात्रा गरेपनि एकाध घण्टाको यात्रामा पुगीने भीमढुङ्गाले सुदुरको पहाडी जिल्ला झल्काउँछ तर त्यहीँबाट सर्वाङ्ग देखिने काठमाडौँको क्रकिंटे कुरुप अनुहारले भने काठमाडौँ छेउ भनेर सम्झाईहाल्छ । 

Wednesday, April 10, 2013

"हिंस्रक मान्छेहरुबाट चितुवाको निर्मम हत्या"


       यो संसार  यो धर्ती मान्छेको लागी मात्रै हैन । हरेक जिवले बाँच्न पाउनु पर्छ यहाँ । तर मान्छेले बाँच्न नै कहाँ दिएको छ र ? निर्धालाइ रमाईलो र मनोरन्जनको लागी मार्ने मान्छेले बलियोलाई आफु निर्धक्क हुन र शक्ति देखाउन मार्ने गरेको छ ।


घोडेजात्राको दिन गोठाटार गावीसको १ नं वडाको एयरपोर्ट नजिकै चितुवा जात्रा भईरहेको थियो । एउटा झाडीमा लुकेको चितुवालाई सयौँ मान्छेहरुको लाठी र ढुङ्गा सहितको भिडले घेरिरहेको थियो । भीड कोलाहल सहित कहिले कता त कहिले कता दौडिरहेको थियो ।

भर्खरै चिडियाखानाबाट चितुवालाई नियन्त्रण गर्न आएको एउटा टोलीको एक सदस्य डार्ट गर्न  नजिकै गएको बेलामा  चितुवाको झम्टाइमा परेर घाईते भएका थिए । मान्छेहरुका आक्रोश थियो प्रहरी प्रशासन प्रतिकी उनीहरुले गोली चलाएनन् ।

Tuesday, March 19, 2013

एक मुठी अतित - १

 
      कहिलेकाहीँ जिन्दगी कति रमाईलो लाग्छ त कहिले अनौठो अनि कहिले नरमाईलो पनि । हुन त अतित सम्झेर के नै गर्न सकिन्छ र ? तर कति कुरा अनौठा लाग्छन् अलिकती लाज अलिकती पश्चाताप अनि  अलिकती गर्व । आहा ! ती दिनहरु न चाहेर बदलिन्छन् न नचाहेर सम्हालिन्छन् ।

      आज एउटा दैनिक पत्रिकाको मोबाईल भर्सन खुसुक्क हेर्दा हेर्दै एकैपटक हुत्याएर केहि बर्ष अगाडी पुर्‍याईदियो मलाई । पहिलो दिपक राज गीरीको छोरी हिरोईन बन्ने अनि दोश्रो नायक अर्जुन कार्की सगरमाथा चढ्न हिँडे भन्ने समाचार । 

             त्यसबेला नाचेरै हिरो बनेका दिलिप रायमाझि र शुसील क्षेत्रीको लोकप्रियताले काठमाडौँका गल्ली गल्लीमा नृत्य र अभिनय स्कुल हरु च्याउ सरि उम्रदै थिए । नरेशले चलाउने आँगन भन्ने नृत्य कार्यक्रम नेपाल टेलिभिजनको चल्तिको कार्यक्रम थियो । 

              भर्खरै एस एल सी सकेको एउटा अल्लारे केटो एकदिन घुम्दै बागबजार गयो । बागबजारको मध्यभागमा रहेको एउटा घरको पहिलो तल्लामा छिरेर संगीत सिक्ने फारम भरेर फर्कियो रु ५० तिरेर । अर्को दिन बिहानै गार्मेन्टमा कपडाका कार्टुन बोकेर कमाएको रु ५०० बोकेर संगीत सिक्न गएको त्यसलाई आफु ठुलो गायक भएको भ्रम भइसकेको थियो । एयरपोर्टको कालिमाटीडोल देखि लुखुर लुखुर हिडेँर बागबजार पुगेको त्यो संगीत सिकाउने शिक्षकसँगै सारेगमको तालमा कराउन थाल्यो, उस्को छेउमा हाल संगीतको दुनियाँमा केहि नाम कमाईसकेकी काभ्रेपलाञ्चोककी श्वेता उप्रेती लगायतका साथीहरु थिए । अरुको त याद गरेन तर ऊ भने सारेगमको एक जप लगाउँदा बसेको मान्छे थाहै नपाई उठ्नै लागेको पोजिशनमा पुगीसकेको हुनेरहेछ ।
     पहिलो दिन त त्यतीकै बित्यो तर उसलाई थाहा भईसकेको थियो संगीत मेरो लागी भएपनि म संगीतको लागी होईन भनेर । पैसा तिरीइसकेको थियो फिर्ता हुने सम्भावना थिएन । अत त्यही दिन संगीतको समुहबाट नाम कटाएर नृत्यको समुहमा नाम समाबेश भयो । नृत्य सिकाउने मुख्य प्रशिक्षक थिए राजेश के सी अनि सहायकहरुमा राजेश जी कै धर्मपत्नी लक्ष्मी के सी लगायत रत्न र अर्को एकजनाको नाम भुलेछ थिए ।

Sunday, March 3, 2013

चिट्ठी तिमीलाई - ४



प्रीय तिमी,

निकै दिनपछि म तिमीलाई सम्बोधन गर्न गैरहेको छु । बिर्सेको त हैन तर किन किन सम्झन पनि मन लाग्दैन । सम्झना आए पनि म तिम्रो सम्झनालाई नजर अन्दाज गर्न अभ्यस्त भईसकेको छु ।

खै किन किन आज म बिल्कुल एक्लो महशुस गर्दैछु । भीडको बिचमा पनि एक्लो, फगत एक्लो । आज बिहान नराम्रो सपना देखिएछ, बितिसकेका हजुरबा सपनामा पनि बितिसकेका थिए तर अन्तिम सद्गत गर्नु अगाडी बिउँझेर सँगै घर फर्के । मलाई टड्कारै याद छ, हतार हतार हजुरबाको मलामी गएको थिएँ म सपनामा । एउटा समुद्रजस्तो ठाउँमा सफा पानीमा डुबाएर राखिएको थियो हजुरबाको लास । हेर्दा हेर्दै हलुका आँखा खुले अनि मुख पनि । केहि बेरमा हजुरबा डुबेको पानीबाट फुत्तै उठे र किनारमा आएर बसे । ‘बाबु मेरो त कमिज पनि सबै हिलो भएछ । हिँड घर जाउँ ।’ भनेर डोर्‍याएर हिँडे ।

सपनाबाट बिउँझे निकै बेर सोचेँ । खै किन किन डर लाग्यो र अनौठो पनि । त्यतीखेरबाट नै मेरो कान भित्र र टाउकोको भित्री भाग नराम्रोसँग दुख्न शुरु भयो । सकेसम्म सहेर बसेँ, दिनभर दुखाई सहेर दुई दुईवटा महत्वपुर्ण मिटिङ सकेँ । दिनभर मलाई कसैको सहारा चाहिएको थियो । म कसैलाई मेरो पीडा सुनाउन चाहन्थेँ । दिनभर तिम्रो फोन लगाएँ अनेक प्रयास गरेँ तर एउटा फोन अफ थियो अनि अर्कोमा धेरै प्रयासका बाबजुद पनि उठेन, सन्देश पठाएँ जवाफ आएन । 

Sunday, August 12, 2012

पाठक : केहि सम्झनाहरु



समय त्यो रहेन, रहनु हुँदैन पनि थीयो । एउटा समय थियो जस्तो सुकै किताब बजारमा आए पनि पाठक चुपचाप पढ्थे । किताबको बारेमा त्यती धेरै कुराहरु बाहिर आउँदैन थिए । पाठकको मनको कुराहरु आउने माध्यमहरु अत्यन्तै कम हुन्थे । आज बिभिन्न संचार माध्यमहरु सँगै फेसबुक, ट्वीटर अनि ब्लगहरुको माध्यमबाट पाठकहरुले आफ्नो बिचार पोख्न अनि किताबको बारेमा धारणाहरु राख्न पाउँछन् ।

म यो लेखमा तीनवटा किताबको प्रसङ्ग उटाउँदैछु : 

Thursday, August 2, 2012

रक्षाबन्धन, ब्राम्हण र


दृश्य १ : पशुपती मन्दिर अगाडी कलिको मन्दिर जाने तिर ओर्लने बित्तीकै एकजना अधबैसेँ गज्जबले टुप्पी राखेका, धोती र गन्जी लगाएर बसेका मोटा मोटा ब्राम्हण छन् । उनको ब्राम्हण ब्यक्तित्वले गर्दा होला अन्त भन्दा निकै भिड छ त्यहाँ ।

दृश्य २ : पुलको पारी तर्ने बित्तीकै अर्का एकजना पहेँलो धोती र कुर्तामा नेपाली ढाका टोपी लगाएर एकजना युवक बसेका छन् । उनको अगाडी राखेका बिभिन्न सरसामान र ढस्सा हेर्दा गज्जबका ब्राम्हण लाग्छन् । निकै लामो लाईन छ, वरिपरिका अन्य ब्राम्हणहरु टुलुटुलु हेर्दैछन् । 

दृश्य ३ : “साठी सत्तरी कटेकाले जाँडहरु खान्नन्, त्यहीँ जान पर्छ ।” – आवाज तर्फ नजर फ्याकेँ । एकजना बुढा मान्छे छेउमा बुढिलाई राखेर जनै, डोरो, टिका ईत्यादि लिएर बसेका थिए । 

दृश्य ४ : भर्खरै जुँगाको रेखी बसेका एकजना भाई नदि किनारमा बसेर पुजाको सम्पूर्ण सर्दाम लिएर बसेका थिए । उनको पोशाक र ढर्रा हेर्दा लाग्थ्यो कतै बेदाश्रम तिर पढेर आएका होलान् । 

Thursday, July 26, 2012

चिट्ठी तिमीलाई - ३



प्रिय तिमी,

  जिन्दगी जति दिन बाँच्यो त्यती नै नयाँ – नयाँ अनुभव साँच्न पाईने रहेछ । म खुशी छु यसर्थ की कुनै दिन जिन्दगी समाप्त गर्ने चाहनालाई दबाउन सकेँ । जिन्दगीमा कोही र केहि पनि सबै थोक होईन रहेछ । साँच्चै भन्दा तिम्रो अनुपस्थितीमा म बाँच्न सक्छु भन्ने नै सोचीन मैले । समय र तिमी मिलेर मलाई एक्ल्यायौ । खुशी छु भनौँ सिक्दैछु खुशी हुन ।

जति आफ्नो पेरिफेरिबाट बाहिर निस्कदैँछु त्यती नै नयाँ नयाँ अनुभवहरु प्राप्त गर्दैछु । केहि यस्ता मान्छेहरु पनि फेला परेका छन् जस्को लागी म आफ्नो ज्यान सजिलै सुम्पन सक्छु । हुन त जिन्दगी भर मैले नभोगेको बेवास्ता पन र हेपाई पनि पाएको छु । तिमी भन्थ्यौ म संसारको सबैभन्दा जटिल तर सोझो मान्छे र असल पनि । तर आजकल एउटा साथीलाई देखेर अनि भेटेर लाग्छ म भन्दा पनि असल, सरल र राम्रा मान्छे रहेछन् संसारमा । हो म त्यही मान्छेको एउटा छोटो प्रेम कथा सुनाउँदैछु तिमीलाई जुन शुरु हुनु भन्दा अगाडी नै अन्त्य भएको थियो ।

Thursday, July 19, 2012

चिट्ठी तिमीलाई - २


प्रिय तिमी,

                     मनमा हजारौँ बिचारहरु नमज्जाले मडारिन्छन् । जिन्दगी जति बुझ्दै जान्छु नी त्यती नै स्तब्ध हुन्छु म । खोजे जस्तो हुन्न रहेछ अनि जति खोज्दै गयो त्यती नै हराउँदै जाने रहेछ जिबन । जति जिवन भेट्छु त्यती नै उल्झन बढ्दै जान्छ । हरेक मान्छेहरु अनेक उल्झनमा अल्झेर उकुस मुकुस भईरहेको पाउँछु । उल्झन हटाउने उद्धेश्यमा मान्छेहरु झन् झन् फन्दामा परिरहेका भेट्छु ।

तिमी भन्थ्यौ नी म ठूलो मान्छे हुन सक्दिन भनेर आज म भन्छु मलाई ठूलो मान्छे बन्नु छैन । अनि कुनै सपना पनि पाल्नु छैन । मलाई अरुको अगाडी हाँसेर एकान्तमा बसेर रुनु छैन । अनि दुनियाँको अनेक गाँठो फुकाएर आफु अल्झिरहनु पनि छैन । किनकी मैले धेरै ठूलो मान्छेहरु भेटेको छु अनि तिनलाई बेरेका जालोहरु पनि जुन जति चाहेरै पनि कहिल्यै तोड्न सक्दैनन् उनीहरु ।

कति भ्रममा छ मान्छे ।
 आफ्ना कमजोरी अनि पीडाहरु लुकाउन कति कोशिस गर्छ मान्छे । 
आफुलाई खुशी देखाउन कति प्रयास गर्छ मान्छे । 
नहिच्कीचाई एक मुठी हाँसो हाँस्न पाउँदैन मान्छे । 
बाँच्ने बहानामा पल पल मर्छ मान्छे ।  
आफु अनि जिन्दगी भुलाउन कतिसम्म कोशिस गर्छ मान्छे । 
जिन्दगी देखि भाग्न अनेक कार्य गर्छ मान्छे ।

Saturday, July 7, 2012

चिट्ठी तिमीलाई


प्रिय तिमी,

                  खै के भनेर सम्बोधन गरौँ । कस्तो कस्तो लागीरहेछ ती मिठा अतितहरु सँगै तितो एक बर्ष सम्झेर । अ अतित सम्झेर बाँच्न अनि हाँस्न चाहन्छु  तर हरेक हसाँई र बँचाईलाई बितेको बर्षले आँशु र रोदनमा बदलिदिन्छ ।

लागेको पनि थिएन र सोच्न पनि त सकेको थिईँन तर हेर्दा हेर्दै एक बर्ष बितेछ । बितेको बर्षका दिन, घण्टा अनि पलहरु कसरी बाँचे अनि कसरी सहेँ ? मलाई नै थाहा छ र यो पनि थाहा छ तिम्रो लागी पनि सजिलो भएन । 

त्यो दुर्घटीत असार यसपाला मरेछ, साला ! फर्केर पनि आएन । म पहिले झैँ हाँस्न, नाच्न अनि बाँच्न चाहन्छु तर प्रयास पनि गर्छु तर आफैँलाई एउटा अभिनय नमिलेको नाटक झैँ लाग्छ । 

म कहाँ भुल्न सक्छु र ? म म हुनुमा तिम्रो कति ठुलो योगदान छ । मेरा हर चिजबिज र मैले फेर्ने श्वासमा तिम्रै रोजाई र तिम्रै स्पर्श छ । 

मलाई थाहा छ आजकल मेरा पाईलाहरु गलत बाटोमा छन् । तिम्रै छायाँ र प्रतिरुपको खोजाईमा कैयन तिमीलाई धोका दिएको छु मैले । मेरा भावना, मेरो अस्तित्व, मेरा सपना अनि मेरा स्वाभीमानहरु खोक्रा भएका छन् मेरो मन जस्तै ।

Tuesday, July 3, 2012

गोरु र गुरुहरुको सम्झना

                                                    आज गुरु पुर्णिमा, जानी नजानी प्रत्यक्ष अनि अप्रत्यक्ष धेरै जनाबाट धेरै कुरा सिकिएछ जिवनमा । ट्वीटरमा एउटा साथीले भनेझैँ हस्तरेखा देखि हस्तमैथुन सम्मका गुरुहरु थिए मेरो जिवनमा पनि । हात समाएर लेख्न सिकाउने यमुना मिस, गुलेली चलाउन सिकाउने कैले, रुख चढ्न सिकाउने राजन दाई, पौडी खेल्न सिकाउने श्री दाई, काठमाडौँको रात्रि जिवनमा घुलाउने यम दाई, काठमाडौँ वरिपरि र राजमार्गका यौनालय घुमाउने हरि दाई आदि आदि । जस्ले जे सिकाए पनि मैले के के जानेँ भन्ने कुरो जिवनमा महत्वपूर्ण हुँदोरहेछ ।
          

                       झुक्केरै सहि एउटा चरा मारेपछि जिन्दगी भर गुलेली चलाईन मैले, शायद त्यो चराले छट्पटिएर आफ्नो ज्यान दिएरै पनि मलाई केहि सिकाएर गयो त्यसपछिका बर्षमा कुनै पनि जीव जनावरलाई पिडा दिएको देख्न सक्दिन राजन दाईले कहिले हौसला दिदैँ कहिले प्रतिस्पर्धा गराउँदै रुख चढाउने बानी नलगाएको भए निकै कुरामा काँतर नै हुनेथिएँ डुबेर पानी खाँदा पनि डिलबाट चुपचाप हेरेर नबसेका भए कहिल्यै पनि पौडीन सक्दैन थिएँ होला तसर्थ पनि श्री दाईले जे गरे ठीकै गरे काठमाडौँको रात्री जीवनबाट अनभिज्ञ मलाई काठमाडौँको सबैजसो रात्री जीवनमा घुलाएर वास्तवीक काठमाडौँ देखाए यम दाईले, हुन त्यसपछी बिग्रन पनि सक्थेँ तर त्यसैबाट सिको लिएर अगाडीको बाटो तय गरेँ मैले मान्छेलाई मान्छे भन्दा अरु बर्गीकरण गर्न नजान्ने मलाई  भक्तपुरको जगाते, कोटेश्वर, ठमेल, सामाखुशी, रानीवन, बानेश्वर लगायतका यौनालयसँग परिचीत गराएर हरि दाईले ठुलो गुन लगाए त्यसपछि मैले मान्छे मान्छेको भिन्नता महशुस गर्न पाएँ त्यही ज्ञान सदुपयोग गर्दै त्रीभुवन विश्वबिद्यालय अन्तर्गत डिप्लोमा तेस्रो बर्षको पर्यटन बिषयमा नेपालमा यौन पर्यटन भन्ने बिषयमा फिल्ड रीपोर्ट तयार पारेँ परिणाम आज पनि मान्छेलाई कम बिश्वास गर्छु रुपको भ्रममा पर्दिन

                   माथिका अप्रत्यक्ष गुरुहरुबाट फरक्क फर्किएर हामीले भन्ने जान्ने गरेका वास्तवीक गुरुहरुलाई हेर्दा मनमा कतै पनि सन्तुष्टि पलाउँदैन स्कुले जिवनमा कक्षामा जो जान्ने त्यसैलाई बढि ध्यान दिएर कमजोरहरुको आत्मसम्मानमा ठेस पु र्‍याउने गुरुहरु आज पनि सबैतिर छन् नै जान्नेलाई झनै जान्ने तुल्याउने नजान्नेलाई झन झन कमजोर बनाउने गुरुहरुलाई दया भन्दा अरु के नै गर्न सकिन्छ < राम्री केटीहरुलाई कोठामा एक्लै बोलाएर सिकाउने केहि गुरु अझै मनको कुनै कुनामा दानवी चेहरा लिएर उभिएकै छन् बिभिन्न बहानामा केटीहरुको अङ्गप्रत्यङ्ग समाउने गुरुहरु बेलाबेला मनको कुनामा झुल्कीन्छन् नै कलेज जिवनमा पनि जवसम्म हाम्रा पाखुरा बढेनन् तबसम्म बेवास्ता नै हुन्थ्यो गुरुहरुबाट पद, शक्ति, रुप लक्ष्मीकै पछि लागेका भेटिन्थे प्रायः गुरुहरु जव हाम्रा साथमा ती कुरा भए गुरु असल थिए जव थिएनन् गुरु खराबै रहे