Sunday, May 5, 2013

प्रथम राष्ट्रिय खुला गजल प्रतियोगीता २०७० बारे


गएको बैशाख १८ स्रष्टा चौतारी, कुन्ता डण्ड प्रतिष्ठान,  प्रारम्भ ईन्ष्टिच्युट एण्ड आर्ट सेन्टर लगायतका आयोजकहरु द्धारा गरिएको यस प्रतियोगीतामा सर्वप्रथम नेपाल भरिका गजल मात्रै समावेश गराउने भनिए अनुरुप गरिएको तर जितु नेपाल गाउँले, निर्दोष प्रेम लगायत केहि साथीहरुको लगातारको अनुरोध र गुनासो पश्चात संयोजकको हैसियतमा गर्न सक्ने काम अर्थात विना प्रतिस्पर्धा बाचन मात्रै गर्ने भन्ने निर्णय मैले लिएको थिएँ ।


र प्रतिष्पर्धा अगाडी कुन्ता दण्डका अध्यक्ष रमेश दाई लगायत अन्य आयोजक लगायतका साथीहरुबाट प्रवासका साथीहरुलाई पनि प्रतिष्पर्धामा सामेल गराउँ । उहाँहरुलाई पनि खुशी लाग्नेछ भन्ने कुरा आएपछि सबैको सरसल्लाहमा नियम परिवर्तन गरेका हौँ । जुन कुरा आयोजकले बनाएको नियम र फेसबुकको ईभेन्टमा पनि राखिएको नियममा उल्लेखित छ जसअनुसार आयोजकले जुनसुकै बेला नियम परिवर्तन गर्न सक्नेछ र त्यो सबै सहभागीलाई मान्य हुनेछ । 


साहित्यलाई गाउँ गाउँ सम्म लैजाऔँ भन्ने उदेश्य अनुरुप कार्यक्रम काठमाडौको बत्ति मुनिको अधेँरो लाग्ने गोठाटार १ मा राखियो जहाँ धेरै साथीहरु पुग्न नै सक्नुभएन । ईभेन्ट र ब्यक्तिगत सम्पर्कमा आएर कार्यक्रममा आउने वचन दिनुभएका करिब ३०० साथीहरु मध्य आधा पनि उपस्थित हुनसक्नुभएन । आयोजकले योजना बनाउँदा ठुलो संख्यामा सहभागी र दर्शक हुँदा कार्यक्रम ब्यवस्थीत नहुने भएकाले समय र स्थान अलिक टाढा पारिएको थियो । तर त्यही गलत ठाउँ र समयले नै कार्यक्रमलाई केहि खल्लो अवश्य बनाएको हो । र त्यो खल्लोपनको जिम्मा म संयोजक भएको नाताले जिम्मा लिन्छु ।


तर सबैकुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ नै । गजलका हस्तिहरु र त्यही गजल लेखेर कपाल फुलाएका आदरणीय निर्णायकज्युहरु लगायत बरिष्ठ साहित्यकारहरुको अगाडी एक्लै नै किन नहोस गजल सुनाउनु पाउनु अहोभाग्य सम्झन्छु म र साँच्चै नै उहाँहरुको पदचाप पछ्याइरहेका हामीहरुले उहाँको अगाडी आफ्ना सिर्जना वाचन गर्न पाउनु एउटा ठुलो मौका नै हो ।  


कार्यक्रममा नेपालबाट १५ जना र बिदेशबाट आएका २२ गजल सुनाईएको थियो । निकै संख्यामा आएका अन्य गजल कतिपय प्राबिधिक त कतिपय बनोटको कारणले बाचन गर्न सकिएन । प्रतियोगितामा अमेरिका, बेलायत देखि नजिकै भारतसम्मका १५ देशहरुबाट गजलहरु प्राप्त भएको थियो ।


आदरणीय निर्णायकज्युहरुले कार्यक्रममा वाचन भएका ३७ वटा गजलबाट पहिलो, दोस्रो र तेस्रो छान्नु पर्ने थियो । तर अरु पनि उत्कृष्ट गजलहरु आएकोले राम्रा पाँच गजलहरुको छनोट गरियो । हामी आयोजकहरु ४ जनालाई मात्रै नगद पुरस्कार उपलब्ध गराउन तयार भएर बसेको अवस्थामा ५ जनालाई पुरस्कृत गर्नु पर्ने अवस्था आयो । नजिकै स्टेशनरी नभएको र तत्कालै पुरस्कार रकम तयार पार्न पर्ने भएकोले प्रथम घोषित पुरस्कार तत्काल हस्तान्तरण गर्न पर्ने नभएकोले त्यही खामलाई प्रयोग गरियो । जुन सानो कुरालाई साथीहरुले पहाड बनाउन खोज्नु भयो । 

अन्तमा,
निर्णयको कुरामा हामी आयोजक र गजलमा पाईलो सार्दै गरेकाहरु आदरणिय निर्णायकज्यूहरुको पक्षमा छौँ र कुनै पनि अवस्थामा परिवर्तन गर्नको लागि तयार छैनौँ । 


अझै पनि जो कसैलाई प्रतियोगिताको बारेमा गुनासो रहेमा र आयोजकको तर्फबाट कमजोरी रहेमा सम्पुर्ण रुपमा म संयोजक दोषी छु र माफि चाहन्छु ।


बिशेष गरि आदरणिय निर्णायकज्यूहरुमा पर्न गएको असुबिधाको लागी म लज्जित छु ।

कार्यक्रममा वाचन भएका गजलहरु क्रमशः प्रकाशित गरिने छ । 

प्रमाणपत्र, अन्य पुरस्कार र गालीको लागी म हाजिर छु । 
सम्पर्क : ९८४१२३४३९ (बिहान र बिदाका दिन मात्रै) E-mail : rara_dd@hotmail.com  

यो ब्लग लेख्ने बेलाको समयसम्ममा दुई जना आदरणीय साथीहरुले माफ मागिसक्नु भएको छ उहाँहरु प्रति म आभारी छु । र एकजना साथीले फेसबुक नै बन्द गरेको र एकजनाको प्रतिक्रिया आईसकेको छैन ।

                                           धन्यबाद
                                         राजु दाहाल


4 comments:

  1. केहि बाँदर प्रवृतीका मान्छेहरु को कारण केहि गर्न खोज्नेहरुलाइ पनि समस्या पर्छ नै ।। केहि छैन कुकुर कराउँदै गर्छ हात्ती लम्कँदै गर्छ ।। We are with you raju ji Keep it up...

    ReplyDelete
  2. ढिलै भए पनी अलिकति गल्ति महसुस त भएछ नी तै पनी खाट्टी कुरा अझै पर्दा पछी नै राख्नु भएको रहेछ केहि चै उजार गर्नु भएछ प्रथम हुने लाइ रकम दिनु नपर्ने अर्थात ढिलो दिदा हुन्छ भनेर नीति र नियम सबै को घाटी रेटेर हजारौ गजलमा कलम चलाउनेको हरुलाई आखा चिम्लेर घोषणा गर्नु भए छ खुशी लाग्यो !नजिकै स्टेशनरी नभएको र तत्कालै पुरस्कार रकम तयार पार्न पर्ने भएकोले प्रथम घोषित पुरस्कार तत्काल हस्तान्तरण गर्न पर्ने नभएकोले त्यही खामलाई प्रयोग गरियो । जुन सानो कुरालाई साथीहरुले पहाड बनाउन खोज्नु भयो । यहा वाट पनी केहि झल्कियो | यो सामाजिक संजालमा बिरोधको आवाज उठाउने एउटा म पनी हु तपाइले गल्ति तपाइले अन्तरआत्मा वाट नै खेद प्रकट गर्नु भएको हो भने म नी ती आफ्ना तिखा कटाक्ष व्यंगात्मक रचना वाट नियम मिचेको बिरोध गर्दा अन्जानैमा निर्णायक ज्युमा केहि असहजता पर्न गएको खण्डमा माफी माग्न तयार छु मैले निर्णयको बिरोध गरेको होइन नियम बिपरित राता रात प्रबासी गजल लाइ नी प्रतिस्प्रधामा उतार्ने अनि केहि रकम दिनु नपर्ने अर्थात तत्काल हस्तान्तरण गर्नु नपर्ने ती कन्जुस आयोजकको बिरोध मात्र गरेको हु कसैले नी कर लाएको थिएँन प्रतियोगिता संचालन गर्नुस भनेर दानी र सहयोगी साहित्यको उथ्थान को सामाजिक कार्यकर्ता हुदै आफ्नो गलत कार्यको बिरोध मात्र हो

    ReplyDelete
    Replies
    1. लु भो नसिकाम जे जे गर्न मन लाग्छ गरम मित्र ।। म मुर्खहरुलाइ धेरै सम्झाउन सक्दिन र तपाइलाइ कसैले पनि अधिकार दिएको पनि छैन प्रतियोगिताको बारेमा बोल्नको लागी । मैले पटक पटक सम्झाउने प्रयत्न गरेको नै हो । आयोजकको अधिकारको बारेमा अनि निर्णायकज्यूहरुको अधिकारको बारेमा .........

      Delete
  3. जीतु खड्का गाउले
    निर्णय तपाईं हरुको हो अन्तिम फैसला तपाईं हरुकै हो
    काफिया दोहोरिएको गजल प्रथम हुन्छ भने गजलको नियमले दिन्छ भने केही भन्दिन म नत्र हचुवाको भरमा निर्णय गर्दा गुनासो गर्नु पाईन्छ हामीले......

    ReplyDelete

Thank You very much. Raj