Monday, February 27, 2012

नक्कल



                                                                         रौतहटका सोझा किसान बिश्व कुनै कामले देशको सबैभन्दा ठुलो सहर अर्थात राजधानी काठमाडौँ छिरेका थिए । सामान्य साक्षर  उनी कुनै बिशेष कामले राजधानीको बबरमहल नजिक बाट सिहदरबार जाँदै थिए । एकसुरले हिडीरहेका बेला कानै फुट्ला जस्तो डवाङ्ग आवाज आएपछि उनको हंसले ठाँउ छोड्यो ।



                                                         निकै बेरसम्म रनभुल्ल परेका बिश्व न रुन सके न भाग्न थरथरी कामेर जहाँको तहिँ उभिरहेका उनलाई के गर्ने होसै भएन । बारुदको गन्ध र धुवाँ मिसीएकोले डरलाग्दो बातावरणमा उनको होस ठेगानमा थिएन ।


                                                        केहि बेरपछि अलिक सम्हालिएका बिश्व घटनास्थलको नजिक अगाडी बढे । अगाडी छिया छिया भएका केहि मृत सरिर लडिरहेका थिए भने घाईतेको कोलाहल त्यस्तै थियो । के गर्ने के गर्ने मनस्थितीमा रहेका उनले घटनास्थल हेर्न आएका दर्शकहरुले मोबाइलबाट तस्बिर खिचीरहेका देखे बिश्व पनि अघिल्तीर गए र खल्तीको मोबाईल झिकेर त्यसै गर्न थाले...........।  


                                                                                          समाप्त


(यो सत्य घटनाले मलाई गज्जबले प्रहार ग¥यो । सरल भाषामा लेखेको माथिको घटनालाई गहिरीएर बुझ्ने हो भने सारै नमिठो लाग्छ । आज हरेक घटना दुर्घटनालाई मनोरन्जनको रुपमा लिने प्रचलन बढ्दो छ । मानबीयता, सदासयता र सहयोगको बदलामा खल्तीबाट किसीम किसीमको मोबाइल निकाल्दै दर्दनाक घटनाहरु कैद गरिरहेका हुन्छन् । यो कस्तो सोख अनि सोझा सिधा बिश्वहरु जस्लाई मोबाईलको ब्लुटुथ पनि चलाउन आउँदैन उनीहरुले के सिके त ??)

2 comments:

Thank You very much. Raj