Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Monday, August 26, 2024

अवार्ड

          विद्यालय संचालक खनखन प्रसादले सिँगापुर गएर अवार्ड थापे । खनखन प्रसाद मात्र हैन उनको श्रिमतीले समेत उत्कृष्ट अध्यक्षको पदक थापिन् । सामाजीक सञ्जालमा तस्विरहरु भरियो । बधाईका लहरहरु लेखिए देखिए र सुनिए ।

केहिदिन पछि खनखनका बुढाबुढी फर्किए । पाएका पदकहरु एयरपोर्टमा हातमा नै बोकेरै आएका थिए । आफन्त र नजिकका साथीभाईले सक्दो स्वागत गरे । खनखनका बुढाबुढी नै अझ बुढी खनखन असाध्यै प्रफुल्लित थिइन्, घमण्डले उनको अनुहार पुरिएको थियो । 


Monday, February 6, 2023

किसान, तरकारी र म

किसानले सडकमा तरकारी फ्याँके ।

न्यूनतम मूल्य पनि नपाएपछि किसानले सडकमा तरकारी पोखेर बिरोध जनाए ।

 तरकारीले ७ रुपैँया प्रतिकिलो भाउ पनि पाएपछि किसान निराश ।

‘टेलिभिजन, रेडियो, सामाजिक संजाल सबै यिनै समाचारले भरियो ।’

‘बिचरा !

लौन !

हेर !

खत्तम मेयर ।

खत्तम सरकार ।

खत्तम देश । 

Photo : From google 


चिया पसल देखि घर–घरको जमघटमा सुनियो । 

Tuesday, April 14, 2020

बजाउँ सरकार बजाउँ

सरकार
ए सरकार
थाहा छ सरकार ?
हजुरको आज्ञा शिरोपर गर्दै
बिहान उठेर बजाएको तालीको आवाजले
एकाबिहानै भोक र कमजोरीले
रोइरहने मेरो काखे छोरी चुपचाप हेरिरही
अक्कनबक्क परेर हेरिरहेकी मेरी छोरी
पुनः रुन नपाउँदै
pic : copied
भान्छामा बजेका खाली भाँडाहरुको आवाजले
आँखा भरी आशा बोकेर मुख मिठ्याउँदै पर्खिरही
एउटा असहाय गरीब अध्याँरो छिँडीमा बसेर
लकडाउन डाउन हुने दिन पर्खेजस्तै
र लक डाउनका लकहरु झन झन कसिलो भएपछि
सुँक्कसुँक्क आफ्नो लकलाई सराप्दै
घोप्टे अँधेरोमा कुम्लो र कुटुरो च्यापेर
बेजोडी चप्पल भिरेर अनिश्चीत यात्रामा हिँडेजस्तै
मेरी छोरी रोदनको यात्रामा निस्कन मात्रै लागेकी थिई
नजिकै घरमा बजेको
सयौँ फुलका थुँगा हामी आवाज सुनेर चुप लागी
थाहा छ सरकार,
अभाव र भावले चिथोरीरहेको मानसपटलमा
हजुरको बजाउने सिद्धान्त नबुझेको म अबुझले

Wednesday, October 8, 2014

"अाउ नयाँ बाटो बनाउँ"

ए विर्खे दाई
ए हर्के भाई 
ए डाँडाघरे दिदी
ए तल्ला घरे बहिनी 
नढाँटी भन् आज,
आशै आशमा अझै कति अधमरो बाँच्छौ ?

भरेको गाँस आशमा
भोलिको बास आशमा
वर्तमानको निराशा पिउँदै 
भविष्यको आशामा जिन्दगी डोहोर्‍याउँदै 
खै, कहिले सम्म जिन्दगी लतार्छौ ? 

ती गैराघरे माईली दिदी 
सन्तान नहुनुको पीडामा सबै मन्दिर धाउँदैछिन होली
माता र पीता सबैको दैलो चाहर्दैछिन होली
तल्लाघरे दाजु जागिरको आशमा
डाँडाघरे कान्छो बिदेशको आशमा
परकी मिठे छोरा निको पार्न
तलका रामजी कमाइ दोब्बर पार्न
सखारै भगवान बनाइ टोपलिएका अनगिन्ती माताका शरण पर्छन 
पीताका पाउमा घोप्टन्छन् ।

ए ठुली थाहा छ,
सम्पुर्ण सुखी यो संसारमा कोहि पनि छैन 
समुद्रमा उछाल आइरहन्छ, सगरमाथा पनि काँपीरहन्छ 
चन्द्रमामा ग्रहण लाग्छ, सुर्यलाई बादलले छेक्छ
तिम्रो दशा कटाउने नाममा, तिम्रो खुशी फर्काउने नाममा
ती माता पीता अचेल शहरमा सुखसयल पिउँदै छन्

तिम्रो रगत चुसेर महलमा जिन्दगी जिउँदै छन् ।