विद्यालय संचालक खनखन प्रसादले सिँगापुर गएर अवार्ड थापे । खनखन प्रसाद मात्र हैन उनको श्रिमतीले समेत उत्कृष्ट अध्यक्षको पदक थापिन् । सामाजीक सञ्जालमा तस्विरहरु भरियो । बधाईका लहरहरु लेखिए देखिए र सुनिए ।
केहिदिन पछि खनखनका बुढाबुढी फर्किए । पाएका पदकहरु एयरपोर्टमा हातमा नै बोकेरै आएका थिए । आफन्त र नजिकका साथीभाईले सक्दो स्वागत गरे । खनखनका बुढाबुढी नै अझ बुढी खनखन असाध्यै प्रफुल्लित थिइन्, घमण्डले उनको अनुहार पुरिएको थियो ।

