Monday, August 26, 2024

अवार्ड

          विद्यालय संचालक खनखन प्रसादले सिँगापुर गएर अवार्ड थापे । खनखन प्रसाद मात्र हैन उनको श्रिमतीले समेत उत्कृष्ट अध्यक्षको पदक थापिन् । सामाजीक सञ्जालमा तस्विरहरु भरियो । बधाईका लहरहरु लेखिए देखिए र सुनिए ।

केहिदिन पछि खनखनका बुढाबुढी फर्किए । पाएका पदकहरु एयरपोर्टमा हातमा नै बोकेरै आएका थिए । आफन्त र नजिकका साथीभाईले सक्दो स्वागत गरे । खनखनका बुढाबुढी नै अझ बुढी खनखन असाध्यै प्रफुल्लित थिइन्, घमण्डले उनको अनुहार पुरिएको थियो । 



केहि दिन भइसकेको थियो । बुढी खनखन बाटोमा भेटिइन् । उनैले कुरा उठाएर बधाई दिन बाध्य पारिन् । 

 मैले सोधेँ : ‘कुन अवार्ड पो थाप्नु भएको रे हजुरले सिगापुरमा ?’ 

निकै बेरको प्रयासमा पनि उनले त्यस अवार्डको नाम भन्न सकिनन् । 

‘अनि के काम गरे वापत पाउनु भएको रे ?’ मैले सहज बनाउन प्रयास गरेँ ।

तर अवस्था परिस्थीती सहज भएन किन की के लागि पुरस्कार पाएको नै थाहा थिएन उहाँलाई ।

‘धेरै धेरै बधाई छ । अब दुबई पनि जानुहुन्छ होला नी पुरस्कार थाप्न ?’

                               अवस्था सहज बनाउने मेरो अन्तिम अस्त्र ।


No comments:

Post a Comment

Thank You very much. Raj