Showing posts with label नाटक / बालनाटक. Show all posts
Showing posts with label नाटक / बालनाटक. Show all posts

Wednesday, October 12, 2011

गजल- (अनन्त लम्साल)

जब बाटो बेग्लै हिँड्ने बात निक्लियो !                                   
जीवन बाट सारा मधूमास निक्लियो ।।

छाती भित्र यस्तो  राँको दन्कियो कि !
आँशु ऊम्लि आँखाबाट बाफ निक्लियो ।

Friday, May 6, 2011

नाटक : २ “छोराछोरी”


(एकपटक एउटा लोभी मान्छे थियो । एक दिन पल्लो गाउँको मान्छे लोभीको घरमा आयो । )

छिमेकी : हजुर नमस्कार

लोभी : नमस्कार – नमस्कार, के छ आरामै हुनुहुन्छ ?

छिमेकी :आरामै छु हजुर ।

नाटक : १ “लोभ”


                    (कुनै एक गाँउमा शुसान्त नाम गरेका एकजना लोभी मान्छे बस्दथे । उनी जसरी हुन्छ आफ्नो पैसा जोगाउने धुनमा लागिरहन्थे । बिहान बेलुकै खाना खाने बेला कुनै न कुनै छिमेकीकोमा पस्दथे । छिमेकीहरु उसको बानी देखि रिसाए पनि अगाडी केहि भन्न सक्दैनथे । मुखले ठिक्क पारेर शुसान्तलाई खानेकुरा खान दिन्थे । उ हरेक दिन यसै गथ्र्यो, कसै न कसैको घरमा ङिच्च दाँत देखाउँदै पुगिहाल्थ्यो । एकदिनको कुरा हो एकाबिहानै शुसान्त पेट मिच्दै डाक्टरकोमा पुगे ।)

Tuesday, April 26, 2011

बाल लघु नाटक "थर्मस"

एकजना गाँउले सहर गयो र फर्कदाँ थर्मस किनेर फर्कियो । गाँउलेहरु थर्मसका बारेमा केहि पनि जान्दैनथे ।
सबैजना M उ हेर लाहुरे आयो ।
सबैजना M नमस्कार लाहुरे दाई .
लाहुरे M नमस्कार हजुर, नमस्कार .
पहिलो M अनि लाहुरे दाई कहिले आयौ <
लाहुरे M  चाहिने, भर्खरै आउदैँ छु ।
दोश्रो M अनि, परदेशको हालचाल  के छ नि <
लाहुरे M चाहिने सब राम्रो छ हजुर ।
तेश्रो M हामीलाई के छ त दाजु कोशेली <
लाहुरे M बागमारा चुरोट छ हजुर यी ।
चौथो M अनि दाजु कहिले फर्कने <
लाहुरे M चाहिने, छिट्टै फर्कन्छु हजुर ।
पाँचौ M दाजु चिया पिउँ <
लाहुरे M हैन हजुर, चाहिने अब तातो के खाने यस्तो गर्मिमा ।
छ्रैटौँ M अनि, रमेशको हालखबर के छ नी दाजु ।
लाहुरे M गज्जब हजुर , गज्जब== चाईने खाको छ, पेको छ ।
          सबैजना थर्मसमा हेर्दैM
सबैजना M के हो यो <
लाहुरे M चाहिने यो थुरमस हो, शहराँ किनेर ल्याको । पसलेले भनेको यसमा तातो चिजलाई राखे तातै र  चिसो राखे चिसै राख्छ रे ।सबैजना M ओहो यस्तो राम्रो चिज हो यो <
लाहुरे M अनि, त्यत्तीकै १२ सय हालेको हो त <
सबैजना M आहा,  अनि तिमीले के हाल्यौ त यस्मा <
लाहुरे M मैले यसमा चाहिने तीन कप तातो चिया र दुईवटा आईसक्रिम हालेको छु ।