स्थानीय स्तरको कार्यक्रम थियो । मुर्ख्याईँको कारणले गाउँको डन जस्तै बनेका कृष्ण दाई मञ्चको अघिल्लो लहरमा प्रमुख अतिथिको छेवैमा आएर ढसमस्स बसे । प्रमुख अतिथि सोहि नगरपालिकाको मेयर थिए ।
Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts
Tuesday, August 27, 2024
Monday, February 6, 2023
किसान, तरकारी र म
किसानले सडकमा तरकारी फ्याँके ।
न्यूनतम मूल्य पनि नपाएपछि किसानले सडकमा तरकारी पोखेर बिरोध जनाए ।
तरकारीले ७ रुपैँया प्रतिकिलो भाउ पनि पाएपछि किसान निराश ।
‘टेलिभिजन, रेडियो, सामाजिक संजाल सबै यिनै समाचारले भरियो ।’
‘बिचरा !
लौन !
हेर !
खत्तम मेयर ।
खत्तम सरकार ।
खत्तम देश ।
| Photo : From google |
चिया पसल देखि घर–घरको जमघटमा सुनियो ।
Thursday, November 15, 2018
आधा अझै बाँकी छ ।
सम्बन्धमा गाँसिए वा सम्बन्ध गाँसियो । तर विवाह गरेका पटक्कै हैनन् किनकी दुवै महिला हुन् । सम्बन्धमा की छी भन्दा तल थिईन्, हुनसक्छ देवरानी–जेठानी, भदा बुहारी–फुपुसासु या बुहारी–सासु । कीको भरीलो शरीर उजेलो अनुहार झरझर्राउँदो अंगहरु भएकी सहयोगी र गुणी, छी हर बोली र अंगमा कपट र जालझेलले भरिएकी ।
छी – तिम्रो कपाल कति राम्रो । मलाई दिन्छौ ?
– तिम्रो दाहिने हात कस्तो सलक्क परेको । मलाई सलक्क परेको हात कस्तो मनपर्छ ।
Friday, October 12, 2012
मेरी उनी
“ओहो ! कस्ती राम्री देखीएकी ?”
“तपाईँकै लागी त हो नी ।” – लाडीदैँ बोली ऊ ।
“ल, कस्तो राम्रो लिपस्टिक लाएकी ?”
“तँपाइकै लागी त हो नी ।” – अनुहार ऐनामै फर्केको थियो उस्को ।
“वा ! कति राम्रो गुलाबी साडी ?”
Friday, July 20, 2012
बुद्धु
रातको ९:३० हुनै लागेको छ, म आफ्नो स्कुटी चलाएर बिस्तार बिस्तार घर फर्कदैँ थिएँ । मन उसैको कब्जामा थियो । खै किन किन केहि दिन देखि म नजानिदोँ किसीमले वन साईड लभरको भुमिकामा फिट भईसकेछु ।
कोटेश्वर अलिक अगाडीको सालिक छेउको अध्याँरो ठाउँमा पुग्दा एउटा दृश्यले तान्यो मलाई । एकजना केटी मान्छेलाई केहि मान्छे मिलेर जवरजस्ति एउटा सरकारी नम्बर प्लेट भएको गाडीमा राख्ने प्रयास गर्दै थिए । मैले अलिक पछाडी नै स्कुटी रोकेर हेरेँ केटी मान्छे गाडीमा बस्न मानिरहेकी थिईन् । कहाँबाट के आँट आयो कुन्नी मैले स्कुटी अगाडी बढाएर नजिकै पुगेर बेस्कन लगातार हर्न बजाएँ । मान्छेहरु कोही गाडीमा बसे त कोही अगाडी बढे । गाडी बिस्तारै केही अगाडी पुग्यो ।
त्यही मौकामा मैले त्यो केटी मान्छेलाई स्कुटरको पछाडी बस्न आग्रह गरेँ । उनी बसेपछि बिस्तारै अगाडी बढाएँ तर रोकिएको सरकारी गाडीले अगाडी गएर बाटो छेक्यो मैले स्कुटर घुमाएर गलत साईडबाटै कोटेश्वर तीर अगाडी बढाएँ, केहि केटाहरु कराउँदै थिए । अर्को साईड अर्थात भक्तपुर तीरको बाटो छिराएर कोटेश्वर चोकमा गएर रोकेँ । केटी मान्छे निकै डराएको जस्तो लागीरहेको थियो । एकछिन रोकेर अनुहार हेरेँ लामो र गोरो अनुहार अनि आधुनीक पहिरनमा निकै खुलेकी लाग्थीन उनी ।
Saturday, January 28, 2012
कथा शिर्षक “टुल्कुको निबन्ध”
बाबाले भन्नुहुन्छ धेरै पढेर मास्टर बन्नु अनि आमाले भन्नहुन्छ सरकारी जागीर खानु । तर म धेरै पढेर सुकुम्बासी बन्न चाहन्छु, हामीलाई पढाउने सरको आफ्नो साईकल पनि छैन । उहाँले लगाउने कपडा र मेरा बाले लगाउने कपडामा खासै अन्तर छैन । सरकारी जागीर खाने मान्छेहरु पनि हाम्रो गाउँमा धेरै छन्, तल्लाघरे काका हुलाकमा जागीर खान्छन्, माथि गुयँली चौरका ठुल्दाई पनि पुलिस छन् । उनीहरु चाडबाडमा घर आउँदा खासै केहि पनि राम्रो देख्दिन, टिका लगाउन जाँदा १० रुपैँया मात्र दिन्छन् अनि देउसी खेल्दा पनि बढिमा ५० मात्रै हो ।
Friday, November 25, 2011
यो कस्तो प्रेम भाग २
by Raju Dahal on Sunday, नोभेम्बर 20, 2011 तारिख 7:40pm बजे
हातमा हात, एकअर्काको साथ
गुनगुन बात, अनि यौवनको मात ।
Wednesday, November 23, 2011
यो कस्तो प्रेम भाग १
Saturday, October 8, 2011
*******फूलपातीको असर*******
‘‘के के तयारी गरिस् त हौ साइला ?‘‘ मेरा नयन एकोहोरो छोरी खोज्न
भौँतारिइरहेका थिए, एक्कासी अन्तरे काकाको प्रश्नले विथोलिन पुग्यो ।
प्रातकालमा हामी बाबु छोरी बीच ‘को पहिले मामु छुने?‘ प्रतियोगीता हुन्थ्यो
। तत्पश्चात लुकामारी । त्यहाँ एक विल्कुलै स्वस्थ्य सर्त थियो । जो हार्छ
ऊ लुकामारीको डुम हुनु पर्ने ।
Saturday, September 24, 2011
“उपाय” एउटा सत्य घटना
“माता मैले यो बिस्कुट ल्याएको छु । यस्लाई म मेरो सौतालाई लगेर खान दिन्छु । मेरो सौता टाढा भाग्ने वा मर्ने गरेर मन्त्र जगाईदिनु न । अनि यो चुरोटमा पनि जगाईदिनु म मेरो बुढालाई जसरी भएपनि लगेर खान दिन्छु । बुढालाई मेरै पटि बनाईदिनु ।” – उस्ले एकै स्वासमा भनिसकी ।
Tuesday, July 5, 2011
“दोषी को ?”
बुध राजधानीको कुनै नाम चलेको बिद्यालयमा कक्षा १० मा पढ्दथ्यो । उ बिद्यालयकै सबैभन्दा अनुशासित केटो थियो । पढाईमा पनि सबैभन्दा अगाडी थियो । बिद्यालय भित्र र बाहिरका हरेक अतिरीक्त क्रियाकलापहरुमा सधैँ अगाडि रहन्थ्यो । साथी भाईसँग मिलेर रमाउनु, सबैलाई आदर र माया गर्नु, आफ्नो काम इमान्दारीताको साथ पालना गर्नु, समयको महत्वलाई राम्ररी बुझ्ने, सबै आधुनिक प्रबिधीको संचालनमा पोख्त उ समाज र बिद्यालयमा पनि उदाहरणीय बनिसकेको थियो ।
Tuesday, June 28, 2011
नजितीने युद्धहरु
by Raju Dahal on मंगलवार , जुन 28, 2011 तारिख 7:24साँझ बजे
हरेक साँझ जस्तै म आजपनि थाकिसकेको छु दिनभरको युद्धले । बिहान उठ्यो अघिल्लो दिन दिनभर हसुरेको खाली पार्ने युद्ध, हुन पनि नुन खाए पनि सुन खाए पनि सबै फ्याँक्नै पर्ने कस्तो नियती । जुन युद्धमा हार्नु अर्थात पछाडी हुनु भनेको सबैभन्दा पिडादायी हुन्थ्यो र अझ बिजेता घरबेटि परे भने त हारको पिडा बयान गर्नै गारो हुने गर्थ्यो । मान्छे सुःख र शान्ती फेला पार्न नसकेर जंगल देखि बंगला सम्म पुग्छन् । कोहि कचौरा बोकेर माग्छन् त कोही कचौरा चोरेर भाग्छन्, कोहि मर्छन त कोहि मार्छन । सुखःको खोजमा मान्छे जिन्दगी भर दुखः भोग्छन् ।
Friday, June 24, 2011
कथा: जस्तो रोप्यो त्यस्तै फल्छ
( यहाँहरुको प्रतिक्रीया, सुझाव र सल्लाहको आशामा)
by Raju Dahal on शुक्रबार , जुन 24, 2011 तारिख 12:33बिहान बजे
आईतबार आँगनमा मात्रै टेकेको आईतमायाको बाख्राको पाठोले अधिँयाको आधा भन्दा बढि अलैँची खायो भनेर नचाहिने निहुँ झिकेर कल गरि दुई चार सय हात पारी ।
सोमबार सोभीतेकी स्वास्नीलाई सोभीते त सोमबारे बजार तिर सुराको सुरमा सुसेली हाल्दै सोममायासँग हिँडेको भन्ने नभएको कुरो लगाएर दुईको झगडा पारी ।
Saturday, June 11, 2011
धार्मिक यात्रा १
(मन्दिरमा हुने सत्य तर कटु घटनाहरुलाई अलिकति कथात्मक रुप दिएर लेख्ने प्रयासमा छु । अरु मन्दिरको यात्राको बारेमा अर्को अंङ्कमा लेख्नेछु । )
मैले उस्लाई धार्मीक बनाउनु पर्ने थियो, किन की उ आजकल नास्तिक भएको अनुभव गर्दै थिएँ म । मैले मनमनमा अठोट गरेँ म यसलाई एकै हप्तामा आस्तिक बनाईदिन सक्छु । उस्ले मेरो कुरा नमान्ने प्रश्नै थिएन । अब भतिजोलाई लिएर काकाको नास्तिक बाट आस्तिक बन्ने यात्राको शुरुवात भयो ।
पहिलो दिन :
Monday, April 11, 2011
कथा “शंका”
सोमबार , मार्च 28, 2011 तारिख 12:17बिहान बजे
Subscribe to:
Posts (Atom)
