Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Tuesday, August 27, 2024

समाजसेवी

स्थानीय स्तरको कार्यक्रम थियो । मुर्ख्याईँको कारणले गाउँको डन जस्तै बनेका कृष्ण दाई  मञ्चको अघिल्लो लहरमा प्रमुख अतिथिको छेवैमा आएर ढसमस्स बसे । प्रमुख अतिथि सोहि नगरपालिकाको मेयर थिए । 

Monday, February 6, 2023

किसान, तरकारी र म

किसानले सडकमा तरकारी फ्याँके ।

न्यूनतम मूल्य पनि नपाएपछि किसानले सडकमा तरकारी पोखेर बिरोध जनाए ।

 तरकारीले ७ रुपैँया प्रतिकिलो भाउ पनि पाएपछि किसान निराश ।

‘टेलिभिजन, रेडियो, सामाजिक संजाल सबै यिनै समाचारले भरियो ।’

‘बिचरा !

लौन !

हेर !

खत्तम मेयर ।

खत्तम सरकार ।

खत्तम देश । 

Photo : From google 


चिया पसल देखि घर–घरको जमघटमा सुनियो । 

Thursday, November 15, 2018

आधा अझै बाँकी छ ।

            सम्बन्धमा गाँसिए वा सम्बन्ध गाँसियो । तर विवाह गरेका पटक्कै हैनन् किनकी दुवै महिला हुन् । सम्बन्धमा की छी भन्दा तल थिईन्, हुनसक्छ देवरानी–जेठानी, भदा बुहारी–फुपुसासु या बुहारी–सासु । कीको भरीलो शरीर उजेलो अनुहार झरझर्राउँदो अंगहरु भएकी सहयोगी र गुणी, छी हर बोली र अंगमा कपट र जालझेलले भरिएकी । 
छी – तिम्रो कपाल कति राम्रो । मलाई दिन्छौ ? 
    – तिम्रो दाहिने हात कस्तो सलक्क परेको । मलाई सलक्क परेको हात कस्तो मनपर्छ ।

Friday, October 12, 2012

मेरी उनी


“ओहो ! कस्ती राम्री देखीएकी ?”

“तपाईँकै लागी त हो नी ।” – लाडीदैँ बोली ऊ ।

“ल, कस्तो राम्रो लिपस्टिक लाएकी ?”

“तँपाइकै लागी त हो नी ।” – अनुहार ऐनामै फर्केको थियो उस्को ।
Husband Wife Love Clip Art

“वा ! कति राम्रो गुलाबी साडी ?”

Friday, July 20, 2012

बुद्धु


                        रातको ९:३० हुनै लागेको छ, म आफ्नो स्कुटी चलाएर बिस्तार बिस्तार घर फर्कदैँ थिएँ । मन उसैको कब्जामा थियो । खै किन किन केहि दिन देखि म नजानिदोँ किसीमले वन साईड लभरको भुमिकामा फिट भईसकेछु । 


कोटेश्वर अलिक अगाडीको सालिक छेउको अध्याँरो ठाउँमा पुग्दा एउटा दृश्यले तान्यो मलाई । एकजना केटी मान्छेलाई केहि मान्छे मिलेर जवरजस्ति एउटा सरकारी नम्बर प्लेट भएको गाडीमा राख्ने प्रयास गर्दै थिए । मैले अलिक पछाडी नै स्कुटी रोकेर हेरेँ केटी मान्छे गाडीमा बस्न मानिरहेकी थिईन् । कहाँबाट के आँट आयो कुन्नी मैले स्कुटी अगाडी बढाएर नजिकै पुगेर बेस्कन लगातार हर्न बजाएँ । मान्छेहरु कोही गाडीमा बसे त कोही अगाडी बढे । गाडी बिस्तारै केही अगाडी पुग्यो ।

त्यही मौकामा मैले त्यो केटी मान्छेलाई स्कुटरको पछाडी बस्न आग्रह गरेँ । उनी बसेपछि बिस्तारै अगाडी बढाएँ तर रोकिएको सरकारी गाडीले अगाडी गएर बाटो छेक्यो मैले स्कुटर घुमाएर गलत साईडबाटै कोटेश्वर तीर अगाडी बढाएँ,  केहि केटाहरु कराउँदै थिए । अर्को साईड अर्थात भक्तपुर तीरको बाटो छिराएर कोटेश्वर चोकमा गएर रोकेँ । केटी मान्छे निकै डराएको जस्तो लागीरहेको थियो । एकछिन रोकेर अनुहार हेरेँ लामो  र गोरो अनुहार अनि आधुनीक पहिरनमा निकै खुलेकी लाग्थीन उनी ।

Saturday, January 28, 2012

कथा शिर्षक “टुल्कुको निबन्ध”

                                              बाबाले भन्नुहुन्छ धेरै पढेर मास्टर बन्नु अनि आमाले भन्नहुन्छ सरकारी जागीर खानु । तर म धेरै पढेर सुकुम्बासी बन्न चाहन्छु, हामीलाई पढाउने सरको आफ्नो साईकल पनि छैन । उहाँले लगाउने कपडा र मेरा बाले लगाउने कपडामा खासै अन्तर छैन । सरकारी जागीर खाने मान्छेहरु पनि हाम्रो गाउँमा धेरै छन्, तल्लाघरे काका हुलाकमा जागीर खान्छन्, माथि गुयँली चौरका ठुल्दाई पनि पुलिस छन् । उनीहरु चाडबाडमा घर आउँदा खासै केहि पनि राम्रो देख्दिन, टिका लगाउन जाँदा १० रुपैँया मात्र दिन्छन् अनि देउसी खेल्दा पनि बढिमा ५० मात्रै हो ।  

Friday, November 25, 2011

यो कस्तो प्रेम भाग २

by Raju Dahal on Sunday, नोभेम्बर 20, 2011 तारिख 7:40pm बजे
                                            हावाको झोक्का सँगै स्थान बदल्नुपर्ने अनि मान्छेका पैतालामा कुल्चीएर रहनुपर्ने, बढ्दो उमेरका पालुवाहरु यीनै बुढा र असहाय पातहरुलाई जिस्काएर हाँसीरहेको भान हुन्थ्यो । तर प्रेमील जोडीहरु तिनै खसेका पातहरुको चकटी र ओछ्यान बनाएर बस्दा र पल्टीदाँ पक्कै पनि ती पातलाई सन्तुष्टि मिल्दो हो अनि नव पालुवाले छिटै बोटबाट झर्ने चाहना गर्दो हो । यी प्रेमी जोडीहरु कति निर्भीक अनि कती मस्त
                             हातमा हात, एकअर्काको साथ
                              गुनगुन बात, अनि यौवनको मात ।

Wednesday, November 23, 2011

यो कस्तो प्रेम भाग १


                                              रात करिब करिब अनिँदो बित्यो, बिहान युगौँ सरि लाग्यो । सत्र चोटी सत्र लुगा फुकाल्दै र लगाउँदै गरेर तयार पारेँ आफैँलाई, आज मेरो बिबाह जो हुँदै थियो । त्यो स्वर, स्वरको माधुर्यता,  मेरो जिबन, मेरो प्राण, मेरो मुटुको धड्कन आज साक्षात अवतरीत हुँदैथियो मेरै सहरमा ।

Saturday, October 8, 2011

*******फूलपातीको असर*******

    ‍                                                                       ‘‘के के तयारी गरिस् त हौ साइला ?‘‘ मेरा नयन एकोहोरो छोरी खोज्न भौँतारिइरहेका थिए, एक्कासी अन्तरे काकाको प्रश्नले विथोलिन पुग्यो । प्रातकालमा हामी बाबु छोरी बीच ‘को पहिले मामु छुने?‘ प्रतियोगीता हुन्थ्यो । तत्पश्चात लुकामारी । त्यहाँ एक विल्कुलै स्वस्थ्य सर्त थियो । जो हार्छ ऊ लुकामारीको डुम हुनु पर्ने ।

Saturday, September 24, 2011

“उपाय” एउटा सत्य घटना


                                      “माता मैले यो बिस्कुट ल्याएको छु । यस्लाई म मेरो सौतालाई लगेर खान दिन्छु । मेरो सौता टाढा भाग्ने वा मर्ने गरेर मन्त्र जगाईदिनु न । अनि यो चुरोटमा पनि जगाईदिनु म मेरो बुढालाई जसरी भएपनि लगेर खान दिन्छु । बुढालाई मेरै पटि बनाईदिनु ।” – उस्ले एकै स्वासमा भनिसकी । 

Tuesday, July 5, 2011

“दोषी को ?”


                                                   बुध राजधानीको कुनै नाम चलेको बिद्यालयमा कक्षा १० मा पढ्दथ्यो । उ बिद्यालयकै सबैभन्दा अनुशासित केटो थियो । पढाईमा पनि सबैभन्दा अगाडी थियो । बिद्यालय भित्र र बाहिरका हरेक अतिरीक्त क्रियाकलापहरुमा सधैँ अगाडि रहन्थ्यो । साथी भाईसँग मिलेर रमाउनु, सबैलाई आदर र माया गर्नु, आफ्नो काम इमान्दारीताको साथ पालना गर्नु, समयको महत्वलाई राम्ररी बुझ्ने,  सबै आधुनिक प्रबिधीको संचालनमा पोख्त उ समाज र बिद्यालयमा पनि उदाहरणीय बनिसकेको थियो ।

Tuesday, June 28, 2011

नजितीने युद्धहरु

by Raju Dahal on मंगलवार , जुन 28, 2011 तारिख 7:24साँझ बजे
                                   
                                                           हरेक साँझ जस्तै म आजपनि थाकिसकेको छु दिनभरको युद्धले । बिहान उठ्यो अघिल्लो दिन दिनभर हसुरेको खाली पार्ने युद्ध, हुन पनि नुन खाए पनि सुन खाए पनि सबै फ्याँक्नै पर्ने कस्तो नियती । जुन युद्धमा हार्नु अर्थात पछाडी हुनु भनेको सबैभन्दा पिडादायी हुन्थ्यो र अझ बिजेता घरबेटि परे भने त हारको पिडा बयान गर्नै गारो हुने गर्थ्यो । मान्छे सुःख र शान्ती फेला पार्न नसकेर जंगल देखि बंगला सम्म पुग्छन् । कोहि कचौरा बोकेर माग्छन् त कोही कचौरा चोरेर भाग्छन्, कोहि मर्छन त कोहि मार्छन । सुखःको खोजमा मान्छे जिन्दगी भर दुखः भोग्छन् ।          

Friday, June 24, 2011

कथा: जस्तो रोप्यो त्यस्तै फल्छ

(  यहाँहरुको प्रतिक्रीया, सुझाव र सल्लाहको आशामा)

                                                      by Raju Dahal on शुक्रबार , जुन 24, 2011 तारिख 12:33बिहान बजे

                                     आईतबार आँगनमा मात्रै टेकेको आईतमायाको बाख्राको पाठोले अधिँयाको आधा भन्दा बढि अलैँची खायो भनेर नचाहिने निहुँ झिकेर कल गरि दुई चार सय हात पारी ।

                                   सोमबार सोभीतेकी स्वास्नीलाई सोभीते त सोमबारे बजार तिर सुराको सुरमा सुसेली हाल्दै सोममायासँग  हिँडेको भन्ने नभएको कुरो लगाएर दुईको झगडा पारी ।

Saturday, June 11, 2011

धार्मिक यात्रा १

    
                   (मन्दिरमा हुने सत्य तर कटु घटनाहरुलाई अलिकति कथात्मक रुप दिएर लेख्ने प्रयासमा छु । अरु मन्दिरको यात्राको बारेमा अर्को अंङ्कमा लेख्नेछु । )
                    मैले उस्लाई धार्मीक बनाउनु पर्ने थियो,  किन की उ आजकल नास्तिक भएको अनुभव गर्दै थिएँ म । मैले मनमनमा अठोट गरेँ म यसलाई एकै हप्तामा आस्तिक बनाईदिन सक्छु । उस्ले मेरो कुरा नमान्ने प्रश्नै थिएन । अब भतिजोलाई लिएर काकाको नास्तिक बाट आस्तिक बन्ने यात्राको शुरुवात भयो ।
पहिलो दिन :

Monday, April 11, 2011

कथा “शंका”

सोमबार , मार्च 28, 2011 तारिख 12:17बिहान बजे
                                         “तिमीलाई अचेल कहाँ भेटुँ , पहरामा भेँटु वा छहरामा भेँटु ........................... ...। ” लामो समय पछि उनलाई भेट्ने तिर्सना मनमा सलबलाउँदो छ , यसैको कारणले गर्दा हो वा ?? बिहान देखिनै यो गित त्यसै त्यसै ओठमा झुन्डिराखेको छ, सुनीको ।