Showing posts with label शिक्षण. Show all posts
Showing posts with label शिक्षण. Show all posts

Monday, August 26, 2024

अवार्ड

          विद्यालय संचालक खनखन प्रसादले सिँगापुर गएर अवार्ड थापे । खनखन प्रसाद मात्र हैन उनको श्रिमतीले समेत उत्कृष्ट अध्यक्षको पदक थापिन् । सामाजीक सञ्जालमा तस्विरहरु भरियो । बधाईका लहरहरु लेखिए देखिए र सुनिए ।

केहिदिन पछि खनखनका बुढाबुढी फर्किए । पाएका पदकहरु एयरपोर्टमा हातमा नै बोकेरै आएका थिए । आफन्त र नजिकका साथीभाईले सक्दो स्वागत गरे । खनखनका बुढाबुढी नै अझ बुढी खनखन असाध्यै प्रफुल्लित थिइन्, घमण्डले उनको अनुहार पुरिएको थियो । 


Monday, November 3, 2014

डा. राम (पी एच डी), सीनीयर डीस वासर (द ईण्डीएन ढावा.................)

रामे डाक्टर भएछ । पी एच डी डाक्टर ।
पढाइको सर्बोच्च खुड्कीलो ।
यसो हेर्दा बोल्दा पत्यार लागेन तर नपत्याउँ पनि कसरी ? प्रमाणपत्र उसको साथमा छ अनि लामो लामो कोट र टोपी लगाएको तस्वीर भीत्तामा ।

काम गर्ने बिचार गर्यो । शिक्षणबाट केहि सिकेको र जानेको थिएन ।
शिक्षण पेशा ? आए पो ।
निराश जिन्दगीबाट ।

रामेले, कतै सुनेको, पढेको वा चोरेको थियो –
          शिक्षण बराबर सिकाई ।
       औपचारीक, अनौपचारीक र अनियमीत – शिक्षाका प्रकार ।