Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Friday, May 10, 2013

टुक्रा टुक्रा शेरहरु


तिम्रो तस्बिर धुजा धुजा पारी रोएँ सपनामा ।
मन भरि याद सारा थुपारी रोएँ बिपनामा ।।



घस्दा घस्दै चिल्लो, यसरी घसिएछ ।
चिल्लो छ दृश्यमा, अनुहार धसिएछ ।।



जलाएर आफ्नै चोखो मुटु, तिम्रो मायाको शीतल छहारी खोजेँ
ढलाएर आफ्नै स्वप्न महल, तिम्रो मनको त्यो झुपडी रोजेँ
।।

प्रथम राष्ट्रिय खुला गजल प्रतियोगिता २०७० मा समाबेश भएको "गजल "


मलाई मेरो सगरमाथा हिमाल चाहिन्छ
अखण्ड यो मातृभूमि बिसाल चाहिन्छ ।।

       मेची काली मिचिदैँ छ राता रात यहाँ 
       दक्षिण तर्फ सबै ठाउँ पर्खाल चाहिन्छ ।।

            चार जात छत्तिस बर्ण फूलका थुङ्गालाई
            एकताको माला गाँस्ने संजाल चाहिन्छ ।।

                अलिसान महल हैन झुप्रै भए हुन्छ 
                आँखी झ्याल बार्दली र टुँडाल चाहिन्छ ।।  
                              
         राष्ट्रिय खेल राष्ट्रियता जोगाउनु छ मैले                                                 डन्डी बियो साथै मलाई बाघचाल चाहिन्छ ।।

                                                                                                                           जीतु खड्का गाउँले
                                                                                                                              मोरङ, उर्लाबारी
                                                                                                                           (हाल – साउदी अरब)

(आगामी प्रतियोगिताहरु गरिरहनको लागी प्रेरणा दिने ब्यक्तित्वको रुपमा लिन्छु म उहाँलाई _

Sunday, May 5, 2013

गजल ३

(स्रष्टा चौतारी र कुन्ता डण्ड प्रतिष्ठानले आयोजना गरेको प्रथम राष्ट्रिय गजल प्रतियोगिता २०७० मा तेस्रो स्थान हासिल गरेको गजल ।)

                                                                - प्रमेश कँडेल
                                                                - चितवन (हाल : काठमाडौं)
सोचाइ बदलियोस यो मन बदलियोस 
गजल यस्तो सुनाउ जीवन बदलियोस 

                  मरुभुमीमा खेती कहाँ सजिलो छ !
                  धर्ति बदलिनेछ गगन बदलियोस 


उस्कै भलो होला भनि सम्झाएथेँ
मुना बदलिइन मदन बदलियोस्

                शहरमा हामीलाई आरोप छन अनेक
                भगवान्! तिन्का पहिरन बदलियोस 


 सरकार बदलिए, बिचार बदलिएन    
 नेताका दिमाग उस्तैछन,बदलियोस 

              यहाँका जनता सुनेरै मख्ख पर्छन 
              बानी हो अन्धो समर्थन,बदलियोस 

~प्रमेश 

Friday, May 3, 2013

गजल

(स्रष्टा चौतारी र कुन्ता डण्ड प्रतिष्ठानले आयोजना गरेको प्रथम राष्ट्रिय गजल प्रतियोगिता २०७० मा प्रथम स्थान हासिल गरेको गजल ।) 
                                          - भगवती कँडेल
                                          - हाल : ईजरायल
भन्दैछ ऊ यति धेरै कुशल बनाउँछु ।
साँच्चै अब तिमीलाई गजल बनाउँछु ॥
                       ऊ पनि त मान्छे न हो देखाउँछ रङ्ग

                      भन्छ ‘मस्जिद,चैत्य तोड्छु देवल बनाउँछु ।
पाषाण मुटु बोकेर जो हिँडिरहेका छन्

भन्छन् ढुङ्गो पगालेर तरल बनाउँछु ।
                      हिलै-हिलो हुन्छ भने उभिएको ठाउँ

                      अब मैँले जिन्दगीलाई कमल बनाउँछु ।
दु:खको ‘नि दु:ख होला जरुरीमा राख्दा

‘बाठी बन्छु दु:खलाई म अम्मल बनाउँछु ॥
                            धन्यबाद 


Friday, April 26, 2013

गजल दोहोरी

सिधा यी बाटो पनि सधैं भीर लागिरहन्छ ।
परदेशमा बसेर देशकै पीर लागिरहन्छ । - दिनेश राज ज्ञवाली

भगवानसँग आस्था त कहिल्यै हैन छैन । 
लडेको मान्छे उठ्दा ढुँगामा शीर लागिरहन्छ । दिनेश राज ज्ञवाली

देशलाई खाँदैछन् टुक्रा टुक्रा पारी सबै
त्यो सम्झिंदा मुटुमा झिर लागिरहन्छ । करुण थापा

बाटो, बत्ती, तेल, नून, पानी केही छैन
कमजोर रहेछ हामी सबको तकदीर लागिरहन्छ । करुण थापा


रुँदैछिन् बुढी आमा शहीद छोरो गुमाएर 
खालि तस्बीरमा उसको अबीर लागिरहन्छ । करुण थापा

सुनाएको थियो गजल उस्ले छोडी जाने बेलामा
अहिले पनि गजल सुन्दा मुटुमा तिर लागीरहन्छ ।। - राजु दाहाल

Tuesday, December 4, 2012

गजल ७५ - "भनेर ढाटेँ"


चिसो छ सीरानी भन्यौ तिमीले, पोखिएछ पानी भनेर ढाटेँ ।
आँशु सँगै हाँसो किन हो भन्यौ, यस्तै हो बानी भनेर ढाटेँ ।।

तस्विर तिम्रै आखाँ भरि थियो, हर धड्कनमा तिम्रै मात्र नाम
छामेर मुटु कोही छ की भन्यौ, छिन एउटी नानी भनेर ढाटेँ ।।

लेख्दै थिएँ म पोख्दै थिएँ, सम्बन्ध हाम्रो उतार्दै थिएँ 
हेरेर सोध्यौ के लेख्यौ भनि, थियो एक कहानी भनेर ढाटेँ ।।


टेक्दैनन् खुट्टा चल्दैनन् हात, संसार देख्छु मधुरो सारा
ठोक्कियौ किन भनेर सोध्यौ, बाँकी छ जवानी भनेर ढाटेँ ।।

देखेर तिमी दौडेर आएँ, लुकी लुकी धेरै दिन पछ्याएँ 
खेरेर सोध्यौ कता हो भनी, पल्लो गाउँ जानी भनेर ढाटेँ ।।

Monday, October 15, 2012

गजल - ७४


आँखा त्यहीँ छोडी हिँडे, तिमीलाई देखेपछि ।
 गन्तव्य  नै  बदलियो,  तिमीलाई भेटेपछि ।।

तिम्रो   चाह  सधैँ भरी,  साथ तिम्रै  मात्र रहुँ 
   म नै कहाँ रहन्छु र ? अस्तित्व यो मेटेपछि ।।

माया  भन्दा  पर  पनि, अर्को ठूलो संसार छ
 कहाँ देख्न सक्छु सारा, हत्केलाले छेकेपछि ।।

आधार तिम्रो मायाको, स्वार्थको सुई माथी 
 थाहा पाएँ बल्ल आज, पैतालाले टेकेपछि ।।

आँखा त्यहीँ छोडी हिँडे, तिमीलाई देखेपछि ।
 गन्तव्य  नै  बदलियो,  तिमीलाई भेटेपछि ।।

Saturday, September 8, 2012

गजल - ७३ (सम्झनामा)


परेलिको संघार नाघी, हर्षाश्रु झरेको रैछ ।

मेरो मुटु मलाई छोडी, बसाईँ सरेको रैछ ।।



दुखेर छाती चसक्क, दवा पानी गरेँ कती

तिम्रो याद तीर बनी, कलेजीमा गडेको रैछ ।


Sunday, September 2, 2012

गजल - ७२


दिन   ढल्दै थियो, मुटु बल्दै थियो । 
हर पेगको बेगमा, आँत जल्दै थियो ।।

उठाएको   प्याला, तिमी भुल्नलाई 
अतित छचल्केर, मन गल्दै थियो ।। 

Tuesday, August 14, 2012

गजल ७१


दिन   ढल्दै   रह्यो,  मुटु  बल्दै   गयो
हर पेगको वेगमा, आँत  जल्दै गयो ।।

उठाएँ   प्याला  यो, भुल्नलाई   तिमी
अतित छचल्कीयो, मन गल्दै  गयो ।।

Tuesday, July 24, 2012

Gajal by - चीत्रा सिंह


आपको भुल जाए हम, इतने तो बेवफा नहीँ ।

आपसे क्या गीला करेँ, आपसे कुछ गीला नहिँ ।।


शिशा–ए दिल को तोडना, उनका तो एक खेल हे,

हमसे ही भुल हो गई, उनकी कोई खता नहिँ ।।


कास वो अपने गम मुझे, दे दे तो कुछ सुकुन मिले,

वो कितना बदनसिब हे, गम भी जीसे मिला नहिँ ।।

Thursday, July 5, 2012

गजल- ७०


हुँ  भिखारी   मायाको म, हातभरि नोट पाएँ  ।
कता तिर छोपुँ हजुर ? लाज ढाक्न कोट पाएँ ।।

फुलको  साथ  लोभ  गरी  काँडासँग  मीत लाएँ ।
के को आफ्नो हुन्थ्यो वैरी ? औलाभरि चोट पाएँ ।।

Thursday, June 7, 2012

गालिबका केहि शेरहरु - १



रहिए अब ऐसी जगह चलकर, जहाँ कोई न हो 
हम सुखन कोही न हो और हम जबाँ कोई न हो 
बेदर–ओ–दिवार सा इक घर बनाया चाहिये 
कोइ हमसायः न हो और पास्बाँ कोई न हो 
पडिए गर बिमार, तो कोई न हो तिमारदार
और अगर मर जाइये, तो नौहः ख्वाँ कोई न हो  

Wednesday, April 11, 2012

गजल - ६९


फूल दिएर मन साट्ने, अपरम्पार यो माया ।
जती बाँड्यो उती बढ्ने, उपहार यो माया ।।

Friday, April 6, 2012

गजल - ६८


आफ्नै माया लाग्न छोड्यो, किन नजिक हुन्छौ तिमी ।
मेरै मलामी खुशी छु म, किन व्यर्थै रुन्छौ तिमी ?।।


माया पनि चिन्दीन म, जान्दीन कुनै जालझेल
आफ्नै अस्तीत्व गुजुल्टीराछ, किन जाल बुन्छौ तिमी ?।।

Wednesday, March 28, 2012

******गजल***** ६७




शुन्यतामा आवाज सुन्छु, कस्तो प्रेम मेरो यो .
आँखा भरि जवाफ दिन्छु, कस्तो प्रेम मेरो यो <

Friday, February 24, 2012

गजल-६६

गज्जबको त्यो धार थियो, सिद्धयाउने मार थियो ।
सहि बसेँ प्रहार सारा, त्यहीँ मेरो संसार थियो ।।

Sunday, February 5, 2012

गजल - ६५

पलहरु बाँच्न खोज्दै, मरिरहेको मान्छे ।
माथि तिर बढ्न खोज्दै, झरिरहेको मान्छे ।।

Saturday, November 19, 2011

गजल ६४


कुराकानी सकीए के भो , एउटा बात बाँकी नै छ ।
दिन बिते के को चिन्ता, सीङ्गो रात बाँकी नै छ ।।

Monday, November 7, 2011

गजल ६३

यस्तो यौटा कहानी होस, जसमा पीडाको नाम नहोस ।।
गजबको त्यो ठाउँ बनोस, जसमा प्रेमीको काम नहोस ।।