सम्बन्धमा गाँसिए वा सम्बन्ध गाँसियो । तर विवाह गरेका पटक्कै हैनन् किनकी दुवै महिला हुन् । सम्बन्धमा की छी भन्दा तल थिईन्, हुनसक्छ देवरानी–जेठानी, भदा बुहारी–फुपुसासु या बुहारी–सासु । कीको भरीलो शरीर उजेलो अनुहार झरझर्राउँदो अंगहरु भएकी सहयोगी र गुणी, छी हर बोली र अंगमा कपट र जालझेलले भरिएकी ।
छी – तिम्रो कपाल कति राम्रो । मलाई दिन्छौ ?
– तिम्रो दाहिने हात कस्तो सलक्क परेको । मलाई सलक्क परेको हात कस्तो मनपर्छ ।
– आहा ! तिम्रो खुट्टा कस्तो बलियो रहेछ । एउटा मलाई दिए पनि हुने नी ।
यसरी अनेक निुहँ पार्दै, कहिले तारिफ गर्दै त कहिले धम्क्याउँदै छीले कीका सबै अंगहरु माग्दै गई । उता कीले भने कपाल दिनेबेला फेरि आउँछ भन्ने सोचेर, एक एक वटा हात खुट्टा माग्दा एउटाले जिविका हुने सम्झेर दिँदै गइन् । छीले छलकपट गरेर माग्दै गर्दा कीका सबै अंगहरु आधा बाँकी रहे ।
अब भने सन्तुष्ट र खुशी भई भन्ने कीको चाहना विपरित छीको अनुहार र व्यवहारमा आशक्ती, असन्तुष्टि अझै झल्किरहेको देखेर की अलमल्लमा परी । आधा शरीर दिएर दुखाई र पीडाले तिलमिलाएकी कीले स्वभावको विपरित प्रश्न गरी – यहाँलाई अब त पुग्यो होला नी, हैन ?
आशाविपरित जवाफ आयो, छीबाट ।
– अँ खै के भन्नु ? आधा त अझै तिमीसँगै बाँकी छ ।
****
No comments:
Post a Comment
Thank You very much. Raj