आँगनको छेवैमा बोटले थेग्न नसक्ने गरी लटरम्म फलेको भोगटेको रुख थियो । खासै खाईहाल्ने बेला पनि नभएको त्यो भोगटे मनपराएर खाने कोही थिएन घरमा । गाउँभरकै त्यती एक बोटमात्रै भएकोले बाटोमा हिड्ने मान्छे र छिमेकीका आखाँ त्यतै ठोक्किन्थे ।
गणेश चौथी, खासमा यो चौथीमा बिगार गर्नेले सामान्य रुपमा अरुलाई ज्यादै असर नपार्ने गरी मनाउनु पर्ने हो । तर कहाँ र ? बदमासी गर्नेले एउटा हद नराखी अपराध नै गर्ने । तिनै गणेश चौथी मनाउनेहरुको डरले घरबाहिर भएका सबै सामानको थान्को लगाईयो । अब बाँकी भएको डर भनेको त्यही भोगटेको रुख थियो तर चोर्लान भनेर होईन की मर्लान भनेर किनकी बिगत निकै दिनदेखी त्यो रुखका एउटा बिषालु सर्पले आफ्नो बासस्थान बनाएको थियो ।
बेलुकी आठ बजेतिर बाहिर केहि सर्याङ सुरुङ र आवाज आएको सुनेपछि झ्याल खोलेर भोगटेको बोटमा टर्चको उज्याले देखाईदिएँ । सबै कुलेलम ठोके मैले पख पख भन्दा भन्दै पनि एउटा रुखमा चढेको मान्छे फाल हानेर तल पछारियो । टर्च बालेर निकै बेरसम्म हेर्दा पनि नउठेपछि नराम्रो आशंकामा म झ्याल छोडेर तल गएँ तर म पुग्नु अगावै उठेर भागीसकेछ । रुखकै छेवैमा दुईवटा पलाष्टिकका बोरा लडिरहेका थिए ।
त्यसपछि पनि धेरै समुहहरु आए भोगटे चोर्न, हरेक पटक उज्यालो देखाईदिन्थेँ सर्पले नडसोस भनेर अनि कति भाग्ने समुहहरुलाई टिपेर लैजाउ पनि भन्थेँ, भन्थेँ “लैजाओ लैजाओ, सकेको लैजाओ । लगेर खाओ नभाग ।”
रातको ११:०० बज्दा पनि सबै चौथी हान्नेहरु भाग्दा र र आफैँलाई पनि निद्राले छोप्दा मैले झ्याल बाहिर एउटा बत्ती लगेर झुण्ड्याईदिएँ र सुतेँ । भोलिपल्ट बिहान हेर्दा भोगटे र रुख जस्ताको तस्तै थियो ।
तर गाउँभर हल्ला थियो “मदनेले रातभर नसुतेर चौथी खेल्नेलाई लखेट्यो रे टर्च बालेर ।”
समाप्त
yo katha padhepa6i maile mera Balai samjhe kinaki hamra Bale hami Dashainma jada khan hun6 bhaner Naspati Skoole Keta Ketilai chorna nadikan rakheka rahe6an.
ReplyDelete