Sunday, May 26, 2013

"इजरायल र उषा ओली सम्बन्धमा"

केहि दिन अगाडीको कुरा हो सधैँ झैँ म मुहार पुस्तिका अर्थात फेसबुक हेर्ने क्रममा थिएँ । ईजरायलमा रहनु भएका दिदीबहिनी र साथीभाई सबैले एउटा अन्तवार्तामा केन्द्रित रहेर गाली गलौज तथा बिरोधमा उत्रनुभएको थियो । बिद्धान तथा देश बिदेश घुमेका सबै साथीहरुले एकत्रित भएर गाली गरेको देखेपछि त्यहाँ पक्कै केहि नराम्रो भएकै हुनुपर्छ भनेर मेरो मनले ठहर गर्‍यो । अन्तवार्ता हेर्न खोजेँ तर इन्टरनेटको गति कम र रात पनि छिप्पीसकेको कारण हेर्न सकिँन । भोलिपल्ट बिहान उठेर हेरेँ । उषाजीको बोलाईमा कसैलाई आक्षेप लगाइएको थिएन बरु आँट गरेर आफुलाई परेको पीडा सुनाइएको थियो । उनी कुनै नौटंकीमा काम गर्ने वा कुटनीती गर्ने मान्छे नभएकोले बोल्दा कुटनितिक भाषा थिएन अलिक नमिठो लाग्थ्यो बोलेको कुराहरु । हुन पनि काम गर्ने मान्छेहरु धेरै मिलाएर बोलन नजान्ने पनि हुन सक्छन नी ?
Lila Rijal नबोलौ भन्दा पनि बोलौ बोलौ लाग्यो उषाको भनाइ लाइ ठीक भन्ने साथी संग प्रस्नएती धेरै महिला अनि पुरुष साथीहरुले काम नपाएर तेतिकै हल्ला मात्र गरेका हुन यसको मतलब सबै बेकुफ हुन ? या मेरो सोचाई सर्बे सर्ब हो भन्ठान्नु परो या ठुलो देखिनु नत्र उषालाई सपोर्ट गर्नुको तुक मैले बुझिन तपैहरुका श्रीमती बहिनि बिदेशमा दुख गरेर काम गर्छन पैसा पठाउछन अनि अरु कसैले इज्जत बेचेर कमाएका हुन भनेर भानिदियोस तेतिखेर के भन्नु हुन्छ ? तेतिखेर भन्ने मान्छे नै ठीक कि बिबेक पनि प्रयोग गर्नुहुन्छ ? त्यो ठाउमा बसेर सोच्नोस हो उनले भनेका केहि कुरा सत्य छन काम छाडेर अपार्टमा बसेर काम खोजिरहदा इम्लोएरले तेस्तो मान्छे लान मन गर्थे मोटा मोटा बुडा बुडी हेर्न पातला साना मान्छेले उचाल्न सक्दैनन भनेर अलि बढी पैसा दिएर दरा भए काम छिट्टै दिन्थे तर जबरजस्ती थिएन नि किन कहाँ लगिएका हुन भन्ने नै नबुझ्ने ले बोल्नु चाही किन नि ? यहाँ महिलाहरुको अस्मिता माथिको प्रस्न जो मिडियाले सार्बजनिक ठाउमा वकालत गर्न प्रोत्साहन गर्छ जसले जे भन्यो त्यहि प्रसारण गर्ने ? ........हुनत तेस्ता पागलको कुरालाइ लिएर कत्ति टाउको दुखाउनु आफू जो जस्तो अरुलाई आफूजस्तै देख्छ |

मलाई कसैको पक्षपाती गर्नु छैन । एकातिर परिवार र आफ्नो देश छोडेर कहाँ कहाँ कहिल्यै नसोचेको र नजानेको मान्छेको सेवा सुश्रुषा गर्न जानुभएको चेलिहरु अर्कोतिर अनेक हण्डर खाएर बालगृह चलाउँदै साथमा अस्पतालको क्यान्टिन चलाईरहेकी अर्कि चेली । जिव्रो नचपाई भन्दा देश र समाजको लागी केहि बढि योगदान दिएकी उषा ओलि र इजरायलमा रहेरै पनि देशको आपत बिपदमा सहयोग गरिरहने धेरै चेलि । 

मलाई थाहा भईसकेको थियो उषा ओलीको बिरोध गर्नेहरु उनलाई अन्तवार्तामा देखिएजस्तै सामान्य कुर्ता सुरुवालमा सलको सप्को हालेर रुँदै रुँदै अन्तवार्ता दिने सामान्य अक्षर चिनेकी गँवार ठानेका हुन भनेर । तर वास्तविकता त्यस्तो थिएन । शिक्षित, चलाख र आफ्नो काम कर्तव्य बुझेकि चेलि थिईन उषा ओली ।

Diwakar Bashisthaनारी भएर नारीको धज्जी उडाउने, उषा होइनौ तिमि ! तिमि कलंक हौ आमा, दिदी , बहिनीको नाममा !! लुकाउनुको इज्जत देखाउनुको इज्जत छुट्टयाउने खुबी पनि देखाउन सक्छौ !

भन्नुहुन्नथ्यो लेख्नुहुन्नथ्यो आफु वा आफ्ना काम गरेको ठाउँको बारेमा आएका सामान्य अभिब्यक्ति पनि पचाउन गारो पर्ने मान्छेहरुले उषालाई बेश्या, पागल जस्ता शब्दहरु प्रयोग गर्न हुन्नथ्यो । राती राती फोन गरेर मनपरि गाली गर्न हुन्नथ्यो । सोच्नु पथ्र्यो अनि उषा ओलीको कुरा जान्न खोज्नु पथ्र्यो अन्य बाटोहरु अपनाउनुपथ्र्यो । पैसा कमाएको बलमा उषालाई सिद्धयाईदिन्छु वा छोड्नु हुन्न जस्ता शब्द प्रयोग गर्न हुन्नथ्यो पैसाको बलमा आएका घमण्डहरु कम गर्नु पथ्र्यो । नेपालमा बसेका उषा वा हामीहरुजस्ता मान्छे मान्छे नै हैनम् वा यिनीहरुसँग केहि सामथ्र्य छैन भन्ने भ्रम पाल्नुहुन्नथ्यो । अझ हास्याँस्पद त ईमेज च्यानल बन्द गर्ने वा च्यानललाई माफि माग्न लगाउने भन्ने कुरो हो । कसैको बाउको सम्पत्ती हैन अनि दुई चारजनाले भन्दैमा माफि माग्ने खुद्रा पसल पनि हैन ईमेज च्यानल । उस्ले पनि त हेरेरै अनि बुझेरै अन्तवार्ता लिएको रहेछ त ?

Rudra Dhakal Nepaliउषा ओली लाइ ......साम-दाम-दण्ड-भेद !!!!! अपनाएर भए पनि हामी इजरायली कामदार संग माफी माग्ने बनाइन्छ....अरु कुरा जानिदैन.....हामी इजरायली कामदारहरुको धर्यता संग खेल्ने प्रयास कसैले पनि नगरुन...!!!!!.....हामी इजरायली कामदारहरुले....चाहेको बखत जस्तो सुकै पनि सहयोग पनि गर्न सक्छौ भने.....चाहेको बखत हामी जस्तो सुकै संग पनि लड्न सक्छौ....यो कुरा को ज्ञान होस्....!!!!...हाम्रा सहयोगी मन हात हरु ...सधै सहयोगी नै बनुन....नकी.....कसैलाई लाइ....हाम्रो मन बिष्पोट भएर ति सहयोगी हातहरुले मुक्का हान्नु नपरोस....जय हामी इजरायली कामदार एकता ... जय पाथिभरा...जय जय जय !!!!

अत्यन्तै आक्रामक, असभ्य र तल्लो स्तरका गाली गलौज आउन थालेपछि अनि इजरायललाई देवताको राज्य बनाउन खोजेपछि हामी (जो सोच्न सक्छौँ) धेरैले सोच्न बाध्य भयौँ दालमा केहि कालो छ ? लोडसेडिङ्ग, बेफुर्सदि अन्य च्यानल, ईन्टरनेट आदिको कारणले एकदमै कम मान्छेले हेरेको भिडियो बिरोध गर्ने नाममा साथीहरुले नै बढि भन्दा बढि प्रचार प्रसार गरे । पहिलो कुरो वास्ता नगरेको भए हुने दोस्रो कुरो हामी जस्ता इजरायलमा कार्यरत चेलिहरुको नजिक रहेका हरुलाई वास्तविकता बुझ्न लगाएको भए हुने र तेस्रोमा सभ्य भाषा प्रयोग गरेर बिरोध गरेको भए हुने । संसारमा कहिँ पनि केहि नसोचेका घटना दुर्घटनाहरु घट्छन सबैभन्दा राम्रो सुरक्षा कानुन भएको देश अमेरिकामा बेलाबेलामा बिद्यालयहरुमा गोलीकाण्ड भएर सयौँ बिद्यार्थी मारिन्छन् । मोनिका र क्लिन्टनको जस्तो घटना हुन्छन् । संसारमा हुन सक्दैन भन्ने कुरो केहि पनि हुँदैन । 

मायाँ आले स्यालले बाघको छाला ओदेर आफुलाई बाघ हु बन्ने महजुज गरे जस्तै आफुलाई मै हुँ भन्ने उषा ओलिको बानि,
आफु पानी माथिको ओबानो बन्ने आफ्नै दिदी बहिनी दाजु भाई लाई बद्नामिको खोल ओदाउने उषा ओलिको बानि,आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने दुनियाको सामु आँशु खसालेर प्रभाब पारर्ने उषा ओलिको बानि,आफ्नो घमन्डले आफ्नो घर बार आफैले तोदिन् अरु सोझा दिदी बहिनी लाई पनि आफु जस्तै ठानिन् उषा ओलिको बानि
समाझ सेबी बन्छु भनी नाम कमाउने आशमा अगाडी सर्ने आफ्नै देशका आफ्नै समाजका दिदी बहिनी माथी खोइरो खन्दै हिड्ने उषा ओलिको बानि
तिम्रो घमन्ड तिम्रो बाउलाई देखायौ तिम्रो श्रीमानलाई देखायौ किनकी ति तिम्रा आफ्नो निजी बाबु श्रीमान थिए तर हामी तिम्रा निजी हैनउ सहेर बस्ने कुरो हुँदैन !
""
""इजरायली कामदार एकता जिन्दा बाद ""

केहि इजरायलबासी नेपाली वा इजरायल प्रेमी नेपालीले ईजरायल नै नगएको शंका पनि ब्यक्त गरे । मुम्बई कोठी अथवा कुबेतबाट फर्केर आएको शंका गरे । उषाको ईज्जत, आत्मसम्मान सबैकुरालाई चुनौती दिए । तिनीहरुले उषा ओलीको ठाउँमा आफुँलाई राखेर हेरुन त कस्तो लाग्छ उनीहरुलाई ? म लगायत केहि साथीहरुले संयमीत हुन आग्रह गर्दा हामी नै उनीहरुको कोपभाजनको शिकार भयौँ ।

Indira Prasai गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, इजरायलको भनाईप्रति मेरो पनि पू्र्ण सहमति आफ्नो घरपरिवारको आर्थिक सुरक्षा खातिर आफ्ना लालाबाला छोडेर परदेशिएका दिदीबैनीको चरित्रमा असर पर्ने कुरा बोल्ने पनि नारी नै हुनु निकै दुखदायी कुरा हो युगौयुगदेखि पुरुषहरुले परदेशिएर आयआर्जन गर्दै घरको गर्ज टार्दै आएका हुन् अहिलेको युगमा नारीले पनि पुरुषसरहको क्षमताको विकास गर्न पाउनु महत्त्वपू्र्ण कुरा हो आर्थिक सुरक्षाको प्रत्याभूति नहुञ्जेल अरु कुनै कुराले नारीको अस्तित्व रक्षा हुन नसक्ने कुरा युगौयुगदेखिका भोक्ताले जानिआएको सत्य हो ।मुलुकभित्र आयआर्जनको समुचित व्यवस्था नहुँदा पुरुषमात्र नभएर नारीहरु पनि विदेशिनु उनीहरुको रहर नभएर वाध्यता नै पनि हो आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न थालेका कारण नै अहिले गाँउ समाजमा छोरीको जातलाई हेर्ने दृष्टिकोणमा समेत व्यापक परिवर्तन आएको देखिन्छ वैदेशिक रोजगारीमा गएका महिलाकै कारणसमेत जोडिनाले हिजोआज गाँउगाँउको अनुहार फेरिएको समग्र देशकै अनुहार फेर्न रेमिट्यान्स पनि थपिँदो यस्तो अवस्थामा वैदेशिक रोजगारीमा जाने महिलाहरुप्रति आँच आउने विचार फैलाउने जोसुकै व्यक्ति वा जुन सुकै निकाय पनि महिला विरोधीतत्वका रुपमा चिनिन्छन् एकपटक फेरि पनि महिला हक अधिकारलाई कुण्ठित पार्ने कुचेष्टा कसैले नगरुन् भन्ने चेतावनी दिन चाहान्छु साथै यस्ता कुचेष्टाहरुका विरुद्धमा सम्पूर्ण नारीजाति नारीजातिप्रति प्रेम, माया सम्मान गर्ने पुरुषजातिहरुसमेतलाई एकबद्ध हुन आह्वान गर्छु

शनिबार बिहानै उमा सुबेदि दिदीले फोन गर्नुभयो मैले लेखेको केहि शब्दमा आपत्ती जनाउनुभयो र बढिरहेको बिबादलाई मत्थर बनाउन के गर्ने भन्ने सल्लाह भयो । पहिले ईजरायल गएकै कन्फर्म हुन पाए हुने थियो भनेपछि म तयार भएको खाना छोडेर  सरासर उषा ओलीजीलाई भेट्न उहाँको कार्यस्थल गएँ । बालगृहमा पुग्दा मैले जान छोडे भन्दा निकै सुध्रिएको पाएँ अनि कुराकानीको क्रममा केहि गलत बुझाईहरु टुङ्गियो पनि । उहाँको कार्यस्थलमा पहिलो पटक गएको थिएँ र लामो समयसम्म कुरा पनि पहिलो पटक गरेको थिएँ । तै पनि म उहाँको बालगृहमा नयाँ आएका १० जना चेपाङ्ग बाहेकका अरु बच्चालाई अत्यन्तै राम्ररी चिन्छु र सबैसँग घुलमिल पनि छु ।
नारी आवाजको बिज्ञप्ती  जस्ले बुद्ध जयन्तिको दिन टेबल राखेर उषा ओलीको बिरुद्ध मुद्दा हाल्न हस्ताक्षर संकलन गरेको थियो ।

कुराकानी पछि थाहा भयो उहाँ यो बिरोध प्रति अनभिज्ञ हुनुहुन्न रहेछ आफुले नभ्याए पनि अरुमार्फत सबैका कुराहरु जम्मा गरेर सुरक्षित राख्नुभएको रहेछ । मैले जान्न चाहेको कुरा बिना हिचकिचाहट प्रष्ट पार्नुभयो उहाँले । ई.सं. २००५ मा जानु भएको रहेछ भन्ने कुरो उहाँसँग रहेको टिकट र राहदानीले प्रष्ट भएँ म । त्यतीखेर आएपछि उहाँले भोगेको कुरा र फर्केर आउनुपर्ने कारण बारे सगरमाथा टेलिभिजनले अन्तवार्ता पनि गरेको रहेछ । 

बलीन्द्र ढकाल तपाईं हरु किन तर्सित हुनुहुन्छ यहाँ उशा माथि भयको कुरा पो चलिराकोछ यदी उनि माथि साइद यस्तो परेको भए यत्ती धेरै लगनी खर्चेर बिदेसमा गएको तुरुन्तै फर्किनु पर्नी कुनै कारण भएर तेत्तिकै फर्किनिन होलिन उनिले अफु माथि परेको कुरा दर्साएकिछिन यहाँता अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा पनि तर्सिन्छ भनेको जस्तै भयो !!!

अब ८ बर्ष अगाडी इजरायल कस्तो थियो होला ? त्यो त म यसै भन्न सक्दिन तर अहिलेको स्थितीमा जस्तो पक्कै थिएन । दुतावास थिएन, संघसंस्था थिएन बिभिन्न मिडिया र सोसियल मिडिया थिएन । धेरै मान्छे मारेर र मरेर आएपछि जसरी केहि नेताहरुले अहिले ढुक्कले कमाईरहेका छन् । त्यसरी नै धेरै चेलिहरुले दुख पएपछि आजको राम्रो र सुरक्षित अवस्थामा पो आएको हो कि ईजरायल । जसरी पार्टीमा ज्ञात अज्ञात मान्छेहरुको रगत बगेर यहाँसम्म आयो त्यसरी नै उषा ओलीजस्ता चेलिहरुले दुखः पाएर अवस्था सुधारिँदै यहाँसम्म आएको पो हो कि ?
Bhagawati BasnetWednesdayhttps://fbstatic-a.akamaihd.net/rsrc.php/v2/y2/r/K0srxReVLKP.png
"बोल्न पायो भनेर प्याच नबोल्नु,खाना पायो भनेर क्वाप्प नखानु "भनेझैँ उषाजीले इजरायलको बारेमा बोल्नु भएको केहि बाक्यहरुले हामी इजरायलमा बस्ने नेपालीहरुको आक्रोसित बनाएको ! त्यो स्वाभाविक पनि हो !दुखजिलो गरेर आफ्नो परिवार समाज देशलाई नै ेवा दिइ रहेका नेपाली दिदीबहिनीहरुको आत्मा सम्मानमा ठेस पुर्याउने काम भएको ! अब हामीले यस समस्याको समाधानतिर लाग्नुको साटो आफूलाई मनमा लागे जति मनपरि बोल्दै,लेख्दै हिड्नु पनि बुद्द्दिमानी होइन ! इजरायलबाट फर्कनु भएको साथीहरु इजरायलको एम्बेसीसँग कुरा हुदैछ ! यस बिषयमा सबैको ध्यानाकर्षण भएको त्यसैले उहाँ पनि एउटा महिला नै हो त्यसैले उहाँलाई नै मन परी बोलेर आफ्नै बेइजत नगरी सबैले धर्यशील भएर समस्याको समाधानतिर लागौ !!

उषा ओलीजीले धेरै चित्त दुखाउनुभयो तर कसैप्रति नकारात्मक धारणा देखाउनु भएन । “मैले आफुलाई परेको साँचो घटना पनि सुनाउन नपाउने भएँ है । प्रजातन्त्र अझ गणतन्त्र आएको मुलुकमा आफ्नो सत्यकुरा बताउँदा किन यस्तो भोग्न पर्ने ?” – उहाँको सबैलाई प्रश्न थियो ।

Santosh Sitaula  नेपाल जादैछु , मा गएर यसको ब्यबस्था गर्दिन्छु


सत्य तथ्य कुरा बताउँदा र गल्ती नै नगर्दा अनि प्रष्ट हुने अवसरै नदिई ब्यक्तिहरु अनि बिभिन्न संघसंस्थाहरु सबैले यो घटनामा जसरी र जुन तहसम्म उत्रेर बिरोध गरे यसबाट हामी समाजमा रहेका निष्पक्ष मान्छेहरुले के बुझ्ने ? उहाँहरुको र उहाँहरुको परिवार बिचको असमझदारी, अविश्वास  वा ........?


इजरायल मा बस्नु भएका वा यो घटनामा बिरोध गर्ने नाममा गाली गलौजमा उत्रनुभएका सबै चेलि र महानुभावहरुले जसरी एकल तरिकाले बिरोध र कानुनी कार्यवाहिको दुहाई दिनुभएको थियो । हतियार उल्टने क्रममा छ अब मुद्दाको अर्थात कानुनी तरवार यहाँहरु तिरै सोझिदैँछ । गाली गलौज तथा मानहानि मुद्दा चलाउने तयारी हुँदैरहेछ उषा ओलीजीको तर्फबाट, जानी नजानी गल्ती यहाँहरुबाटै भएका छन् । 

आफ्नो बिल्कुल आफ्नो पीडा बताउँदा त्यो पनि सत्य कुरा बताउँदा सबैलाई चित्त दुख्नुको कारण के हुन सक्छ ? ईजरायलमा बस्नेहरुको बेईज्जती ? होईन पक्कै होईन । अर्को कुरा ईज्जत बेच्ने वा नेपालमै ईज्जत बेच्ने भन्ने सवालमा अरुको कुरा आएको छैन । हो, उषा ओलीले उनको हकमा के गर्ने भनेर रोज्न सक्ने कुरा थियो त्यो । उनले जे भोगिन जे देखिन त्यो कुरा आयो त्यो पनि करिब ९ बर्ष अगाडीको कुरा । कोहि अमेरिका वा युरोपमा भोकभोकै परे रे ? के अरु धन र शानले जिन्दगी बिताएकाहरुले त्यसलाई नमान्ने ? अष्ट्रेलियामा धेरै नेपाली चेलीहरु बाध्य भएर देहब्यापारमा लागे तर सबै त लागेका छैनन् नी ? कुरो र कुलो जता लगे पनि जान्छ । म ठोकुवा गरेर भन्छु उनको उदेश्य कसैको मानहानि वा ईज्जतमा हानि गर्ने थिएन । चरिमाया मुम्बईको कोठीमा बेचिएर नेपालमा फर्केर कती धेरै राम्रो कामहरु गरिरहेकि छिन् । के भारतमा जाने र बस्ने सबै नेपाली कोठीमा जाने हुन त ? 


Suresh K Sharma यी आईमाईको कुरा सुन्दा यीनले आफ्नो लोग्नेलाई पनि ढाटेर अरु कुनै देश गई इजरायल भनि धाक लगाएको पछि सत्य कुरा थाहा पाई लोग्नेले पनि यसलाई छोडेको जस्तो l ढाँटेको कुरा काटेर मिल्दैन भनेको जस्तो यीनलाई इजरायलको बारेमा % पनि थाहा नभएको प्रस्ट देखिन्छ l

मलाई सबैभन्दा चित्त नबुझेको कुरा – इजरायलमा बस्ने चेलि तथा साथीभाईहरुले फुर्सद निकाल्न सक्नुहुन्छ नेटमा धेरै बस्नुहुन्छ अनि पैसा राम्रो कमाउनु हुन्छ होला ? तर उहाँहरुलाई कस्ले अधिकार दियो की उषा खाडी वा कुबेत गएर आएकि हो भन्ने ? के त्यहाँ गएका नेपाली चेलिहरुलाई आक्षेप लगाउन खोजेको ? के त्यहाँ देहब्यापार अथवा नराम्रो काम मात्रै हुन्छ ? संकुचित मानसिकता हटाउनुस् । अभिमान र घमण्डको चक्रब्युह तोडेर बाहिर आउनुस ।


Dharmendra Khadka यहाँ सहि समाचार प्रसारण गरेर जनतालाइ सुसिचित गर्ने भन्दा पनि कसरि आपनो कार्यक्रम सकेर आफ्नो गोजी भर्ने तिर अहिले को अधिकांश मिडियाहरु लागेको छन्| पत्रपत्रिका जनताको बौद्धिक ऐना हुन् पर्ने, जसले आवश्यकता आकांक्षाको प्रतिबिम्ब गरोस | पत्रकारितालाइ नाफा दिने व्यवसाय, जीवन यापनको सामान्य साधन बनाउनु नपर्ने, लेखक, पत्रकारले बाच्ने लेखने सम्भावना पाउनका लागि कमाउनु पर्छ तर कदापी कमाउनका लागि बाच्नु लेखनु हुन्न | तर के गर्ने यहाँ यस्तो छैन ....... सबैलाइ पैसा चाहिएको ....उषाको कथा पनि यो भन्दा फरक हैन .......आफ्नो घर बार रामरी चलाउन नसक्ने ले अनाथ आश्रम कसरि चलाउने हो ..... सुन्दा पनि अचम्म लाग्छ !!!

अर्को कुरा सबैको पीर देखियो कि ईजरायलमा यस्तो भएको थियो भनेर उषा ओलीले भन्दा, परिवारले के भन्लान् ? समाजले के भन्ला ? सिधा भन्दा शंका गर्लान वा नराम्रो भन्लान भन्ने डर देखियो । तर तिनको ब्यबहारले उषाको परिवारमा परेको असर, भर्खरै हर्टअट्याक भएर ठीक भएकि उषाकी आमाको रातोदिनको रोदन, उषाको छोरीमा परेको प्रताडना । र आत्महत्या गर्नेकुरा सम्म मनमा आएकि स्वयं उषाको कुरा कस्ले सुन्ने उनको बेदना कस्ले बुझ्ने ? के उषाको परिवार परिवार हैन ? भोली उषा वा उनको आमालाई केहि भएको खण्डमा त्यसको जिम्मेवार को ? उनको सामान्य शब्दले त्यत्रो असर पर्ने साथीहरुलाई त्यत्रो मान्छे लागेर गरेको गालीबेईज्जतीले कति असर परेको छ सोच्न पनि सकिन्न । उनले निराशामा केहि गरे वा आफ्नो काम छोडे २५–३० जना बच्चा बेसहारा हुन्छन् । उषाजिको वरिपरि बसेर – “आमा नरुनुस न । हामी छौँ नी ।” भनेर बच्चाहरुले भन्दा मैले पनि आँशु थाम्न पटक्कै सकिँन ।


Shreeram Adhikari एउटा गिलासमा आधा पानी राखिएको २० जना मान्छे लाई प्रश्न गरिदै त्यो गिलासमा के भनेर ??? यस् प्रश्नको जवाफमा १९ जनाले भन्छन त्यो गिलासमा पानी तर एक जनाले बडो बुद्दी बिबेक प्रयोग गर्दै भन्छ त्यो गिलासमा पानी तर आधा १९ जना मिलेर एक जनालाई पागल घोशित गरिन्छ यो हाम्रो समाजको चलन हो  
हरेक समस्याहरुको समाधान निस्चित तर आबेगमा आएर वा तथानाम गाली गलौज गरेर समस्या समाधान हुँदैन भन्ने यथार्थता नबुझी धेरै मित्रहरु आफ्नो बौद्दिक क्षमताको प्रदर्शन गर्न तछाड माछाड गर्दै हुनुहुन्छ उशा ओली कती सत्यताको धरातलमा छिन् त्यो भोलिको बहस बार्ताले स्पष्ट पार्ने नै नि सम्यमित हुनुहोस्, सभ्य हुनुहोस् धैर्य गर्नुहोस् यहाँ कुनै ब्यक्तिको हार जितको सवाल छैन अर्को कुरा, सबै मान्छेको स्वभाबमा समानता हुन्थ्यो भने समाजामा कि घटना मात्रा घटिरहन्थे कि सभ्य समाज बन्थ्यो हैन भने मान्छेको असमान स्वभबका कारण घटेका घटनाहरुलाई आत्मसात गर्न पनि सक्नु पर्छ ? तर्क बितर्क भन्दा पनि त्यो भिडियो को सत्यताको छन्बिन होस्  
यो बिषयमा सहि गलत छुट्ट्याउन गरिएका पहलहरु सार्थक होस्, छिट्टाइ एउटा सबैलाई मान्य हुने फैशला होस् मेरो कामना

ल मानौँ कुनै गाउँमा कसैलाई बलात्कार भयो रे ? के गाउँकै बदनाम हुन्छ भनेर त्यो पीडा वा त्यो कुरा लुकाउने ? कदापि पनि हुन सक्दैन ।

मलाई रहर छैन मध्यस्थता गर्ने तर बिदेशिएका चेली र साथीहरु अनि देशमै बसेर समाजसेवा गरिरहेकी चेली बिचको बिबाद मुद्दामामिला बनेर गढिनुहुँदैन । त्यसैले यदि सबै सहमत हुनुहुन्छ भने म एउटा प्रयास अगाडी बढाउन सक्छु । जस्जस्ले जहाँ  जसरी गाली गर्नुभएको थियो त्यसरी नै त्यहीँ माफि माग्नुहोला अनि हामी सबै मिलेर उहाँको बालगृहलाई केहि सहयोग गरौँ । गाली गर्ने मान्छेको संख्या ५९ जना रहेछ एक एक हजार सहयोग गर्दा पनि ५९ हजार बनाउन सकिने रहेछ । सहयोग राशी सिधा नपठाएर कोहि बिश्वासयोग्य हाम्रै मान्छेको हातबाट बालगृहको वरिपरि पर्खाल लगाईदिउँ वा केहि गरौँ ।


Deeps Shah20 hours agoआदरणीय मित्रहरु कथित समाजसेवी उषा ओली काण्ड सम्बन्धमा :उषाको इजरायलबारेको बकवास अभिव्यक्तिको हामी इजरायलमा हाल कार्यरत मात्र नभई इजरायलबाट अन्यत्र गैसक्नुभएका मित्रहरु अन्य धेरै मित्रहरुले घोर बिरोध गरिनै रहनु भएको l किनकि उसको अभिव्यक्ति विरोधाभास असत्य नै l यसको लागि इजरायलस्थित कैयन नेपाली संघसंस्थाहरु इजरायलबाट फर्किनुभएका केहि मित्रहरुको अगुवाइमा नेपालमा उषा ओलीको खोजि भैरहेको जानकारी l हामी ले यहाँबाट गर्न सक्ने भनेकै चर्को बिरोध त्यहाँ स्थित मित्रहरु संग हातेमालो सहयोगको अपेक्षा गर्नु हो l आशा गरौँ उषालाई भेटेर सम्बन्धीत च्यानल मार्फत दोस्रो अन्तर्वार्ता छिटै प्रशारण होस्!तर बडो दुखद कुरो यहीं रहेर यहाको वस्तुस्थितिबारे राम्रो जानकार मित्रहरुबाट समेत उषा सहि हामी गलत जस्तो घुमाउरो कुटिल आरोप लगाइयो l जबकी हामी यहाँ स्टाफ नर्स, लेखक, पत्रकार, सरकारी सेवा गरिसकेका अनुभबी, शिक्षक, वकिल , समाजसेवी लगायत अनेक क्षेत्रमा रही काम गरिसकेका अनुभबी धेरथोर शिक्षा हासिल गरेका नेपाली छौं हामीलाई यसरि देखादेखी हाम्रै मित्रहरुले पंगु बनाउन खोज्नु हुन्छ भने सोचौं अनि किन नेपालका कुना कन्दराका सोझा अपठित चेलीहरु आजपनि नबेचियुन् दलाली हरुको प्रलोभनमा या दबाबमा परि l किन सोझासिदा चेलीहरु नहेपिउन् ! किनहो उषालाई रिस पोख्ने क्रममा कति मित्रहरुले आबेशमा गलत शब्दहरुको वर्षा गर्नुभयो त्यो सहि थिएन तर यसको मतलब उषा ले बोलेको कुरो गलत होइन भन्नुमा कति तुक होला? होला कसैलाई त्यो अभिब्यकिले केहि फरक परेन तर कतिका श्रीमान् श्रीमती ले आमा बाबुले , छोराछोरीले त्यो भिडियो हेरेर आफ्नाहरुप्रती गलत अनुमान गरेहोलान, जो हामी आफ्ना दुधे बच्चा छोडेर कुन मुटुले यहाँ अर्काको चाकरी गरिरहेछौं त्यस्तो घटिया अभिव्यक्तिले कति चोट लाग्यो,,,आफूखुसी बेस्या हुनु इज्जत बेच्न पर्नु मा फरक छुट्ट्याउन नसक्ने कथित बुद्दिजिविहरुलाई धिक्कार ! जसले आज उषाको अभिव्यक्ति सहि हो भनेर घुमाउरो तरिकाले हामीलाई नै गलत भएको उषाको आरोप सहि भएको सतही व्याख्या गर्छन तिनलाई आफ्नो परिवारको लागि रातदिन आँशुको घुट्को पिएर परिश्रम गरिरहेका हामी तमाम नेपाली दाजुभाई दिदीबहिनी ले कहिले पनि माफ गर्ने छैनौं l व्यक्तिगत कहिल्यै तिनलाई माफ गर्न सक्दिन l भलै कसैसंग मेरो व्यक्तिगत वैरभाव छैन रहनेपनि छैनहाम्रो प्रयास खेर नजाओस भन्ने आशा गरौँ l हामी कहिल्यै पनि असत्यलाई छोप्ने घटिया काम गर्दैनौ भन्ने बिस्वास राखौं(नोट: यहीबेला मेरो SOD को स्वास्थ्य अति नाजुक भएकोले इन्टरनेटमा सक्दो अपडेट हुन असमर्थ रहेको छु l इजरायलमा कार्यरत सम्पूर्ण इज्जतदार मेहनती नेपाली मित्रहरुमा भावनात्मक ऐक्यबद्दताको आवाज मिसाउन चाहन्छु l ) सबैमा भगवान बुद्द-जयन्ती को शुभकामना !


हामीसँग समय कम छ मुद्दाको कुरो निकै अगाडी बढेको थाहा पाएको छु ।

उहाँले बच्चाको बिद्यालय पोशाक किन्न भनेर क्यान्टिनमा चन्दा वाकस राखेर बर्षभरि आफुले अनि अन्य मान्छेले हालेर जम्मा गरेको सबै रकम उहाँकै भान्सामा काम गर्ने कामदारले चोरेर लगेपछि बच्चाहरु पोशाक बिहिन अवस्थामा बिद्यालय जाने गरेको पनि मैले बच्चाहरु पढ्ने बिद्यालयको प्रधानाध्यापकबाट थाहा पाएको थिएँ । त्यती हुँदा हुँदै पनि केहि गुनासो र माग नराखि निरन्तर आफ्नो पथमा अगाडी बढिरहने उषाजीको साहस अत्यन्तै प्रशंसनिय छ ।

माथिल्लो अनुच्छेदका कुराहरु मेरा ब्यक्तिगत हुन र म प्रयास मात्रै गर्न सक्नेछु ।

अन्तमा, संसार, परिवार जिवन सबै बिश्वासले चल्छ । अनि त्यही बिश्वास जवरजस्ति कसैलाई गर्न लगाउन सकिँदैन । बिश्वास प्रेम हो, माया हो, सम्बन्ध हो अनि जिवन हो । 

म सबै ईजरायलमा रहनुहुने चेलिहरुका परिवारलाई आग्रह गर्न चाहन्छु : 
हाम्रा चेलिहरु रहरले हामीलाई छोडेर बिदेशिएका हैनन् तपाईं हाम्रै सपना, रहर र ईच्छा पुरा गर्न करबलले बिदेशिएका हुन् । उहाँहरुलाई र उहाँहरुको दुख र त्यागको बदलामा धेरै दिन नसके पनि बिश्वास दिउँ ।

                                बिश्वास गरौँ ।

मलाइ यहाँ भन्दा बढि केहि भन्नु छैन । धन्यबाद

4 comments:

  1. अझै राम्रोसँग बुझेर लेख्दै गर्नुहोला ।

    ReplyDelete
  2. राजु जी, तपाईं पनि फन्दामा पर्नुहोला, नेपालको टेलिभिजन प्रसारण हालतसँगै बौलाई रहेका नेपालीको फन्दामा पर्नुभयो भने भोली तपाईंको बोली तपाईंको पत्रकारिता पनि खस्किदै गएको एउटा पत्रकारिताभित्र झर्ला, याद रहोस यो केस कुनै सानो केस भने अबस्य बनेको छैन चाहे उषा ओलीले नेता गुहारोस चाहे ईजरायली नेपालीले वकिल अदालत ढक्ढकाउन यो भोली धेरै भन्दा धेरै ठुलो मुद्दा बन्दा तपाई पनि त्यो हुरीमा अबश्य पर्नुहुनेछ।

    ReplyDelete
  3. भोली एउटा भिडीयो अपलोड गर्नेछु त्यसपछि मेरो काम र जिज्ञासा सबै सकिन्छ । सत्य कुरा जताबाट पनि सत्य हुन्छ र सत्य पत्ता लाग्छ नै । धन्यबाद

    ReplyDelete
  4. साँच्चै, यो करिब नौ महिना अगाडीको घटना रहेछ अनि यसको नजिक जाँदै गर्दा मलाइ लाग्दैछ यसभित्र ठुलो षडयन्त्र पनि लुकेको छ की ? कसैले स्वार्थको लागी कुनै कुत्सीत खेल पो खेलेको छ की ? मात्र मलाइ लाग्दैछ

    ReplyDelete

Thank You very much. Raj