by Raju Dahal on बुधबार , नोभेम्बर 2, 2011 तारिख 8:28pm बजे
समयको क्रमसँगै एकदिन हात्तीले ढोई भेट्यो । उ खुशी फेरि पनि हामी खुशी । समय बित्दै गयो, हात्ती हामीबाट टाढा हुँदै गयो, तर उ हाम्रो अतितमा बाँचेको थियो अनि बिगतमा हाँसेको थियो । हाम्रो जमघटबाट ओझेल कहिल्यै भएन उ ।
अकस्मात, पुनः एकदिन हामी सबै जम्मा भएका थियौँ । सबैका आखाँ भरिएका थिए, सबैका आवाज रोदनमय थिए, मात्र–मात्र हात्तीलाई छोडेर । उस्को अनुहारमा कुन भाव थियो जान्न अनि पढ्न सकेनौँ हामीले । हो, उ हाम्रो हात्ती । कैयौँलाई जिन्दगीका गहिरा र अप्ठ्यारा खाडलबाट निकालिदीने, आफु मरेरै पनि अरुलाई बचाउँन चाहने, हाम्रो प्यारो हात्ती । एउटा सडक भित्ताको सानो नालीमा लडिरहेको थियो, आकाश तर्फ फर्किएर चुपचाप फेरि पनि चुपचाप....... ।
हामी रोयौँ उ सम्झाउन आएन, सम्हाल्न आएन तर उस्का निर्दोष आँखा हामीलाई नै हेरिरहेका थिए । हातको छेउमै एउटा मैलो पानीको बोतल लडिरहेको थियो, एउटा नमिठो वास छोडेर ...।
हो हात्ती, हामी तिमी बन्न सकेनौँ तिमीलाई त्यती सानो खाडलबाट झिक्न सकेनौँ । गफमा कैयौँ पटक झिक्यौँ तर तर मात्र गफमा मात्र गफमा............ ।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj