डीभीजन थ्रीको बिजेता भएर डीभीजन टुमा प्रबेश गरेकोमा नेपाललाई बधाई छ । – एउटोले ट्वीट्यो ।
दुइटोले आर टी गरेछ ।
तुइटोले फेब गरेर छोड्यो ।
साँच्ची कति रनले जितेछ ? – दुइटोले सोध्यो ।
खै ६० भन्दा अलिकती बढि रनले हो के रे ।– चोइटोले उत्तर दियो ।
दुइटोले फेब गर्यो । एउटोले आर टी गर्यो । तुइटोले पनि फेब नै गर्यो ।
नेताहरुले क्रिकेट खेलाडीबाट केहि सिकुन । – दुइटोले ट्वीट लेख्यो । पहिलो र चोइटोले आर टी गरे । तुइटोले फेब ।
अब नेताले क्रिकेट खेल्न गएर भएन होला त ।–पहिलोले जवाफ फर्कायो ।
खेल्नु भनेको हैन सफलताको पो कुरा गरेको त ।– पुछारमा दुईटा थोप्लो सँगै अंग्रेजी सावाँ अक्षर लेखेर पठायो, चोइटोले ।
कुरो क्रिकेटबाट, नेता, सरकार हुँदै सार्क सम्मेलन सम्म पुग्यो । यदाकदा अरुबाट पनि फेबहरु आउँदै थिए साथमा प्रश्न र उत्तर पनि । कहिले हाँसेकाे, कहिले जिस्क्याएकाे, कहिले रिसाएकाे चिह्नहरू पनि जाेडिँदै रहे ।
घण्टाैँ बित्याे । निहुरेर र मेहनत गरेर । कतै अार टी । कतै फेब । कतै प्रश्नाेत्तर । कतै डि एम गरेर । सूर्य डाँडातीर जाने तर्खरमा लागे ।
ओई चियाको पैसा निकाल त तिमेरु । – एउटोले भन्यो । दुईटो, तुइटो र चोइटोले २०–२० रुपैँया निकालेर दिए एउटोलाई । पालैपालो सबैले मोबाइल थन्क्याए । फेरि छिटै भेट्ने बाचा र आश्वासन बाँड्दै सबै आआफ्नो बाटो लागे ।
छेउमै ट्वीटरमै अल्झीबसेको मैले सोचेँ – धन्न चियाको पैसा उठाउन र बिदाबारी हुन भने मुख चलाए ।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj