“बाबा ! यो वातावरण प्रदुषण कसरी कम गर्न सकिन्छ ?” – सामाजीक शीक्षाको
गृहकार्य गर्न लागेकी छोरीले प्रश्न गरी ।
“घरको वरिपरी सरसफाई गर्नु पर्छ, रुखबिरुवा काट्नु हुन्न, धेरै भन्दा धेरै
रुखबिरुवा लगाउन पर्छ । पलाष्टिकका सामानहरुको प्रयोग कम गर्नुपर्छ ।
जथाभावी फोहोर गर्नुहुन्न अनि फ्याँक्नु पनि हुन्न छोरी ।” – यस्तै यस्तै
सिकायो उसले । छोरीले टाउको हल्लाएर लेख्न थाली बाबा मख्ख पर्दै टी भी
कोठातिर लम्के ।
लेख्दा लेख्दै अड्की छोरी, कलम टोक्दै सोचाईमा तल्लीन भई । हिजो राती
मात्रै त उ र बाबा भएर घरको सबै फोहोर घर अगाडी बाटोमा फ्याँकेर आएका थिए ।
सबै फोहोर उस्को ममीले कालो पलाष्टीकको झोलामा राख्नुभएको थियो । चिन्ताले
पोल्यो छोरीलाई ।
घरको कामधन्दा सकेर थकीत भएर उसको ममी आउनु भो ।
“ ममी वातावरण प्रदुषण गर्यो भने के हुन्छ ?” – टी. भी. मा छुट्नै
लागेको सिरीयलको हतारोसँगै जवाफ फर्काईन ममीले –“खोई ! बाबालाई सोध न नानु
मेरो काम छ ।”
“ह्या, भन्नु न के ममी ।” – छोरीले हातमा समातेर जिद्दी गरी । “पाप लाग्छ
के छोरी पाप ।” – यति भनेर ममीले टार्न खोजीन ।
“अनि त्यो पाप भनेको के नी ?” – अबोध छोरीको पुनः प्रश्न ।
“खराब काम गरेको मान्छेले पाउने सजायँ के ।” – ममीले कुरा टुङ्गयाएर टी भी
कोठा तिर लागीन ।
“अनि कस्ले सजायँ दिन्छ नी ।” – जाँदा जाँदै छोरीको प्रश्न ।
“भगवानले .....।” – ममीले अर्को कोठाबाटै जवाफ दिईन ।
बिद्यालयको गृहकार्य सके पश्चात छोरी पनि टी भी कोठामा आईन । सबै मिलेर टी
भी हेर्दा हेर्दै अकस्मात केहि बस्तु शिशाको झ्याल फुटाउँदै भित्रसम्म आएर
बाबाको टाउकोमा लाग्यो सबै झस्याङ्ग भए । बाहिर कोही दौडेको आवाज सुनीयो ।
टाउकोबाट रगत बगिरहेको थियो ।
बोतल रहेछ रक्सीको उनीहरुकै घरबाट हिजो राती फोहोरको पोकासँगै फ्याँकेको ।
छोरीले बोतल उठाई हातमा र हाँस्दै बोली –“ बाबालाई पाप लाग्यो, बाबालाई
पाप लाग्यो ।”
बाबा – ममी कहिले बोतल त कहिले छोरीलाई हेरेको हेरेकै भए ।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj