Showing posts with label ब्यङ्ग्य. Show all posts
Showing posts with label ब्यङ्ग्य. Show all posts

Thursday, January 16, 2020

हो, म सबैको प्यारो हुनेछु : दैनिकी

              उमेर र अनुभवले खारिएका, समृद्धीको शिखर र असफलताको मैदान दुवै भोगीसकेका । अमेरिकामा निकै बर्ष बसाईँ गरेर अझै बर्षको कम्तिमा एक पटक बिदेश घुमिरहन उमेरले बासमान उमेरका साथीले चिया बसाईँको क्रममा भने 

             – तपाईँको एउटा बानी नराम्रो छ नी । 

            अप्रत्याशीत रुपमा उहाँबाट आएको कुराले मलाई केहि बेर मौन बनायो । मैले जानेसम्म र बुझेसम्म मेरा बानीहरु मलाई अग्रजहरुले सिकाए बमोजिमै थियो । अर्थात सरल भाषामा मैले अँगालेको बानी राम्रैमा गनिन्छ भन्ने मलाई बिश्वास थियो । 

            – के छ सर, त्यस्तो ? 

         अमिलिएको मन अनुहारमा नदेखियोस भन्ने सकेसम्म प्रयास गर्दै प्रतिप्रश्न गरेँ । मनले कता कता मानिरहेको त थिएन ।

Monday, May 27, 2013

"ज्वाँई डर"

करिब करिब गीनीज बुकमा बिश्वरेकर्ड कायम होला झैँ गरी बिहेको निम्तोहरु थिए । अरुसँग हैन मेरो आफ्नै रेकर्ड कायमको कुरा गरेको ? 

एकदिन तिनवटा बिहाको कार्यक्रम सकेर एउटा बहिनी पर्नेको बिहामा जानु पर्ने थियो बिचमा एउटा कार्यक्रममा अतिथिको निम्तो पनि मान्नै पर्ने थियो । १२ बजे बोलाएको बिहामा जानु कता कता करिब ३ बजेसम्म म कार्यक्रममै थन्किएँ । बाथरुम जाने बहानामा झुक्काएर नजिकै रहेको बिहामा उपस्थित भएँ म । हतारमा अतिथिको बिल्ला खल्तीमा कोचेर र खादा गलामै छोडेर बिहामा हाजिर जनाउन आएँ ।


मान्नुपर्नेहरुलाई नमस्कार गर्दै  र सानाको टाउकोमा हात राख्दै अनि नमस्ते फर्काउँदै म बेहुलाबेहुली तर्फ जाँदै थिए । भर्खरै बिहा गरेकि एकजना युवतीले नमस्कार गरिन मैले फर्काएँ तर चिन्न सकिँन ।  उनले ज्वाईँ भनेर नजिकै सुट माथि कालो चस्मा लगाएर ढसमस्स बसेको मान्छेलाई देखाईन । फर्केर नमस्कार गरेँ । ती ज्वाईँसाप उठेर नजिकै आए कोटको खल्तीमा  भएको बिल्लातर्फ ईङ्गित गर्दै बोले –“भोलेन्टिएर गरेर आउनुभएको ?”

म के भन्ने दोधारमा परेँ तर उनले जुन हेय भावमा ती शब्द ओकले त्यसको उत्तर फर्काउनु नै थियो अतः हाँस्दै बोलेँ – “खै, अतिथि भनेर बोलाका थे । स्वयंसेवक नै बनाए की के हो ?” उनका बढिरहेका हातमा मैले मेरो खल्तीको बिल्ला थमाईदिएँ ।

Monday, April 8, 2013

ट्वाईलेट महात्म्य

-राजु दाहाल
बरु नखाएर केहि दिन बाँच्न सकिन्छ तर बिसर्जन बिना बाँच्न सकिन्न । खाने ठाउँहरु प्रशस्त भएको शहरमा विसर्जन गर्ने ठाउँको अभावै अभाव छ ।  भएका केहि सार्वजनिक शौचालयहरुमा पनि प्रयोग पछिको शुल्कले भुतुक्कै बनाउँछ । छोटो र लामो शौचालयको क्रमशः रु ५ र रु १० तिर्न पर्दा बरु खान चाहिँ नियन्त्रण गर्नु पर्छ कि भन्ने मनमा लागीरहन्छ । भाग्यबस शौचालय सफा भए त ठिकै छ तर गन्हाएर नाकको रोग लाग्ला भन्ने त्राहिमाम । 

हामी सबैलाई कुनै न कुनै समयमा शौचालयको समस्या भएको नै हुनुपर्छ । कसैको कपडामा फुस्केको होला, कसैले लाजै नमानी कुना पसेर वा छेउ लागेर निप्ट्याउनु भएको होला, कसैले त मिनरल वाटरको बोटल नै प्रयोग गर्नुभएको होला । अरुबेला कहिले नभेट्ने नसोध्ने साथीको पसल वा कोठामा पनि पुग्नु भएकै होला । हो लाज शरम डर सबैलाई हराउँदो रहेछ बिसर्जनले । 

धेरै ठाउँमा त शौचालयको यति अभाव छ कि गारो पर्दा दरै उपाय लगाउन पर्छ । जानेका र चलेका केहि उपायहरुको चर्चा गर्दैछु :

 १) जुन भेटिन्छ त्यही घरको ढोकाबाट लुसुक्क छिर्ने अनि भर्‍याङमुनिको ढोकाको छेउमा गएर नाक थाप्ने गन्धले थाहा भईहाल्छ शौचालय हो की होईन भनेर । हो रहेछ भने काम सक्ने । कसैले सोध्दैन तपाईँ को हो भनेर ? पल्लो कोठाकोले ठान्छ वल्लोको मान्छे भनेर अनि माथ्लो कोठाकोले ठान्छ तल्लोको मान्छे भनेर । हैन रहेछ त के भो अर्को घरमा प्रयास गर्नुस ।

२) कुनै कार्यालयमा छिर्नुस नक्कली सेवा प्रयोगकर्ता वा सोधपुछको लागी । एकछिन दायाँबायाँ कुरा गर्नुस कुराकानीकै क्रममा सुक्ष्म निरिक्षण गरेर शौचालय खोज्नुस अनि एकछिन भन्ने अनुमति मागेर काम निप्ट्याउनुस ।

३) एउटा होटल वा लजमा जानुस अनि कोठा हेर्ने निहुँ पारेर हल्का हुनुस् अनि फकर्नुस् । एकछिनमा आउँछु भनेर गफ दिनुस भइृहाल्छ । 

४) सबभन्दा सजिलो उपाय भनेको नजिकै सरकारी कार्यालय वा कलेजहरु कता छन् हेर्नुहोस । चुपचाप लागेर पस्नुस फोहोर र अँधेरो कुना जता छ यसो हेरेर नाक थुन्दै हल्का हुनुस् ।

५) तपाईँमा लाज शरमको अभाव छ भने एउटा छेउ लागेर निप्ट्याउनुस । केहि फरक पर्दैन हाम्रोमा गर्नेलाई भन्दा हेर्नेलाई लाज हुन्छ अतः लाज लाग्नेहरु तर्केर हिँड्छन् ।

अस्तु    


Wednesday, April 3, 2013

"फेसबुक र ट्वीटर भर्सेज भट्टी र चिया पसल"

                                                                                 राजु दाहाल

            शहरमा बाटा धेरै छन् अझ बाटो भन्दा गाडी बढि छन् । शहरमा घर बढि छन् र घर भन्दा मान्छे धेरै छन् । मल छन्, पार्क छन्, सिनेमा घर छन् अनि छन् धेरै खाजा घरहरु तर तुलनात्मक रुपमा अझै गल्लीका भट्टी र चिया पसल बढि छन् ।

           
             मल, पार्क अनि भवनहरुले त के देखे र के सिकाए भन्न मुश्किलै छ < तर प्रष्टै थाहा छ भट्टी अनि चिया पसलले के देखे र के सिकाए भनेर । हरेक परिवर्तनलाई आफ्नै नजरले हेरेको छ चिया पसल अनि भट्टी पसलले । यहाँ भट्टी पसल र चिया दोकानमा देश बन्छ अनि बिग्रन्छ । अघिल्लो दिन खराब भोलिपल्ट सप्रन्छ । अनेकौँ योजनाहरु बन्छन् अनि तुहिन्छन् पनि । हरेक कार्यको योजना अनि तर्जुमा गर्न सक्छन् ती ठाउँ ।
            बिडम्बना आजकल ती ठाउँहरुमा युवा पुस्ता कमै देखिन्छन् । लाग्न सक्छ युवापुस्ता सप्रिए, सबै एकजुट भएर देश र समाज विकासका लागी अगाडी बढ्दैछन् । र त उनीहरुलाई चिया पीउन अनि भट्टीमा जुट्न समय छैन । यदि यहि सोच हो भने तपाईँ गलत हुनुहुन्छ । आजकल युवाहरुले समाज र देश विकासको निम्ती चिया पसल र भट्टी छोडेर नयाँ ठाउँ सिर्जना गरेका छन् । आजकल युवाहरु फेसबुक र ट्वीटरमा देश हाँकिरहेका हुन्छन् । समाज परिवर्तन गरिरहेका हुन्छन् । बिना मेहेनत ,बिना पसिना अनि बिना बाधा अवरोध ।

Monday, December 17, 2012

धनीका आँखामा गरीब

एउटा धनी केटीलाई बिद्यालयमा “गरीब परिवार” को बारेमा एउटा निबन्ध लेख्न भनियो ।

केटीको निबन्ध यस्तो थियो  

एउटा गरीब परिवार थियो, गरीब बुवा, गरीब आमा अनि गरीब बच्चाहरु । 

त्यो परिवारमा जम्मा चार जना नोकरहरु थिए , ती पनि सबै गरीब थिए ।

एउटा हुन्डाईको कार थियो, त्यो पनि कुच्चिएको थियो । 

Sunday, July 15, 2012

(ह्यान्डिप्लाष्ट) टेप महात्म्य

        “बिचरा घाउ भएछ ?” – मलाई उ देखेर दया लाग्यो । अझै कुठाउँमा घाउ भाकोले त दया एक पाउ जति नै थपियो । बिचरा ह्यान्डीप्लाष्ट (जस्लाई अब यो लेखभरि टेप भनेर नै लेखिनेछ) लाउन अप्ठेरो भएर बाहिरै बाट टाँसेछ । शायद कपडै प्वाल पर्‍यो होला र त टेप लगाउन सकियो । 

सोचाई गलत भएछ बिना चोटपटक नै घुँडामा, हातमा, छातीमा कपडा माथि बाटै टेप टाँस्न थालेछन् । कति खोजी गर्दा पनि त्यसो किन गर्छन पत्तै लाउन सकेन यो बालकले । सोध्ने बिचार पनि नआएको कहाँ हो र ? तर टेप लगाउने वालाहरुको चुरिफुरी देखेर आँ सम्म गरे पनि अगाडी बोल्ने हिम्मत पटक्कै भएन यस्को ।

Tuesday, June 21, 2011

"कहिँ नभाको जात्रा हाम्रो देशाँ"

            
                  एउटा कलेजले बच्चा जम्मा गर्ने उदेश्यका साथ गरेको फुटबल प्रतियोगीताको समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा आएका खेलकुद परिषदमा सदस्य सचिबको चिठ्ठा परेका युवराज लामाले गोथे भाषणको अन्त्यमा भनिदिए नेपाली फिल्मलाई माया गरौँ ।। हेर्न लायकको हुनुपरो नि ? नेपाली खेलकुदलाई पनि फिल्ममय बनाउने भए बा ।। “‘स्वर्ग जान्छस भन्दा, ...खान पाईन्छ भन्थ्यो रे ।”भन्ने उखान पनि सुनेकै हो क्यारे 

Thursday, June 9, 2011

यसरी उठीबास लाउन पाईन्छ त ??

गीता राणा
                                             आजकल सरकारी रवैया अलि बढेको भान भईरहेको छ सबैलाई । के कसैलाई कार्यबाहिको नाममा उठीबास लगाउन पाईन्छ त ? बिचरा ग्यालेक्सी पब्लिक स्कुलकी संचालीका गीता राणालाई घरबास नै

Thursday, March 17, 2011

एउटा बन (शायद..................) को कथा !!

           

;                                   सुनियो हल्ला अनौठो अचम्मको !! हुनसक्छ तिल पहाड बन्यो वा पहाड तिल । यो जङ्गलमा ब्वाँसोहरुको कमी छैन, जस्ले आफ्नै स्वार्थअनुसार पहाड लाई तिल वा तिललाई पहाड बनाउन सक्छन । तीनलाई सघाउने प्रशस्त कागहरु छन् जो टावर चढी घरघर गाउन सक्छन,चाहे अनुसारको दृश्य बनाउन सक्छन । आँफै कालो भए पनि यिनीहरु कालोलाई सेतो अनी सेतोलाई कालो देखाउन सक्छन, सुनाउन सक्छन । ब्वाँसो र काग मिले बाघ लाई बिरालो अनी बिरालोलाई बाघ बनाउन सक्छन ।

Wednesday, February 2, 2011

ज्ञान ३

अब लोड्शेडिङ मुक्त नेपाल हुने

मेरा ज्ञानी साथिले हिजो राती फुराएको नवज्ञान "सबै तिर आधा लाइन (half line) मात्रै छोडे त लोड्शेडिङ नै हुन्न नी ।। टी बी, कम्प्युटर, आइरन, फ्रिज, कल्कार्खाना केही चल्दैनन ।। बिद्युत बचावट गरेर भारत लाई बेचे पनि भैहाल्यो। आम्दानी पनि लोड्शेडिङ बाट मुक्ती पनि ।। " हैन मोरो साँच्चै ज्ञानी हो की के हो ?

Tuesday, February 1, 2011

ज्ञान २

"हैन हो बिर्खे !! यस्तो माहोलमा यो बर्ष त कटिन्छ के ??" देश् को अवस्थाप्रतीको घोचाइ

ज्ञान नं १

आज दिउँसै एउटा ज्ञान फुर्यो मलाई त, सबैलाई उपदेश भया "ब्यस्त सडकमा भन्दा खाली सडकमा मोटरसाइकल चलाउनु खतरा हुन्छ है ।"

                                                                                                                                                  देखेका कुरा