Thursday, October 27, 2011

खराब


(शुभ दिपावली तथा तिहारको शुभ उपलक्ष्यमा सबैलाई शुभकामना सहित ...।)

                                   आजकल मलाई, म पागल हुन थालेको भ्रम भईरहेको थियो । कारण म कसैसँग मिल्न नसकेरै फगत एक्लो रहन्थेँ । मनको बह पोख्ने एउटा सज्जन साथी थियो खोज्दै जाँदा पागलखानामा भेटेँ । सोधेँ “तँ किन यहाँ ?”


“खराब भएर ।” – उस्ले छोटो जवाफ दियो ।

“ह्या नचाहिने कुरा नगर् न ? के भयो ?” – मैले उस्को कुरा हल्कासँग लिदैँ पुनः सोधेँ ।

“हेर्, फटाहाको संगत गरेँ, फँट्याई गर्न नजानेर खराब भएँ ।

सज्जनको संगत गरेँ देखेको साँचो कुरा बोलेर खराब भएँ ।

चोरको संगत गरेँ चोर्न नजानेर खराब भएँ ।

जुवाडेको संगत गरेँ ईमान्दारिताकासाथ जुवातास खेलेर खराब भएँ ।

जँड्याहाको संगत गरेँ जाँड रक्सि नखाएर खराब भएँ ।

ठगको संगत गरेँ ठग्न नजानेर खराब भएँ ।

ब्यापारीको संगत गरेँ ईमान्दारिताले खराब भएँ ।

नेताको संगत गरेँ जनतालाई नझुक्काएर खराब भएँ ।

कामदारको संगत गरेँ काम गरेर खराब भएँ ।

                                         कसैको पनि संगत फापेन मलाई । अनि यो समाज र दुनियाँमा एक्लै बाँच्न गार्‍हो हुने रहेछ । त्यसैले हेर्, यिनीहरुको संगतमा छु, जस्लाई तिमीहरु जस्ता पागलहरुको जमातले पागल भन्छ.... ।” – उस्ले आफ्नो लामो भाषण छाँट्यो । 

                                           निकै दिनपछि म  पनि सोच्दैछु,  म पनि त्यतै बसुँ कि ? किनकी मेरो हालत पनि ठिक त्यस्तै नै थियो र छ ।

                                                                            समाप्त

No comments:

Post a Comment

Thank You very much. Raj