युरो कपको फाइनल जस्मा जर्मनी र स्पेन बिचको खेल भईरहेको थियो । कलेज पढ्ने चार बिद्यार्थीहरुले युरोकपको रमझममा भुलेर भोलिपल्टको महत्वपुर्ण परिक्षाको तयारी गर्न सकेनन् । चारै जनाको सल्लाहबाट एउटा जुक्ति निकाले । सो अनुसार उनीहरु फोहोरी भएर मुख पनि नधोई क्याम्पस प्रमुखकोमा गए ।
“हामी हिजो साँझ एउटा महत्वपुर्ण काममा गएका थियौँ । फर्कदाँ हाम्रो कारको टायर पङ्चर भयो गाडी ठेल्दा ठेल्दा भर्खरै पो आईपुग्यौँ ।” – एउटाले भन्यो ।
“त्यसैले सर, आज हामी परिक्षा दिन सक्दैनौँ होला ।” – अर्कोले थप्यो ।
क्याम्पस प्रमुखले तिनीहरुलाई तयारीको लागी थप तिन दिन समय दिए । चारै जना क्याम्पस प्रंमुख प्रति अनुगृहित हुदैँ आ–आफ्नो तयारीमा लागे ।
चौथो दिन उनीहरु सबै जना परिक्षाको लागी क्याम्पस पुगे । क्याम्पस प्रमुखले यो जाँच अलिक बिशिष्ट भएकोले चारैजनाले छुट्टाछुट्टै कोठामा राखिने बताए । उनीहरु खुशि साथ परिक्षाको लागी तोकिएको कोठामा गए किनकी उनीहरुले तीन दिनमा सबै पाठ्यक्रम घोकेर पानी बनाइसकेका थिए ।
केहि बेरमा प्रश्न पत्र आयो । प्रश्न पत्रमा दुई वटा प्रश्नहरु थिए । जस्को पुर्णाङ्क १०० थियो ।
प्रश्न नं १) तिम्रो नाम के हो ? (२)
प्रश्न नं २) तपाईहरुको कारको कुन टायर पङ्चर भएको थियो ? (९८)
(नोट : अंग्रेजी कथाबाट प्रभावीत )
Very Nice.
ReplyDelete