स्थानीय स्तरको कार्यक्रम थियो । मुर्ख्याईँको कारणले गाउँको डन जस्तै बनेका कृष्ण दाई मञ्चको अघिल्लो लहरमा प्रमुख अतिथिको छेवैमा आएर ढसमस्स बसे । प्रमुख अतिथि सोहि नगरपालिकाको मेयर थिए ।
कार्यक्रमका आयोजकहरुलाई आपत पर्यो । कृष्ण दाईलाई के भनेर अतिथि बनाउने ? नबनाए कार्यक्रममा उनले जे पनि र जसो पनि गर्न सक्थे । कृष्ण दाईलाई न लाज, न डर ? डर र अप्ठेरो त बरु कार्यक्रम आयोजक र नजिककाहरुलाई भएको थियो । आयोजक तथा अरु दुईचार जनाले खासखुस सल्लाह गरे । कुनै पद जोडेर बोलाम् : गजेँडी, झगडीया, फटाहा थपेर बोलाउन मिलेन । कुनै सामाजिक संस्थामा संलग्न छन् कि भनेर खोजियो तर जिवनभर सामाजिक संस्थामा झगडा र लुटपाट मच्चाएको मात्र भेटियो ।
जिवनभर कुनै पनि गतिलो काम नगरेको पाएपछि आयोजकहरु निराश बने ।
“यस नगरपालिकाका समाजसेवी आदरणीय श्री कृष्ण दाइलाई अग्र भागमा आसन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।”
सचीवले नयाँ शब्द भेटाएछन् ।
No comments:
Post a Comment
Thank You very much. Raj