Thursday, July 5, 2012

गजल- ७०


हुँ  भिखारी   मायाको म, हातभरि नोट पाएँ  ।
कता तिर छोपुँ हजुर ? लाज ढाक्न कोट पाएँ ।।

फुलको  साथ  लोभ  गरी  काँडासँग  मीत लाएँ ।
के को आफ्नो हुन्थ्यो वैरी ? औलाभरि चोट पाएँ ।।

दोषी  देखेँ  दोष  खोज्न  यत्र तत्र  सर्बत्र  धाएँ ।
के को दोष हुन्थ्यो अन्त ? आफै भित्र खोट पाएँ ।।

खुसी   सुख   खोज्ने   भन्दै  चारैतिर  मन  डुलाएँ ।
के को अन्त फल्थ्यो खुशी ? आफ्नै साथमा बोट पाएँ ।।


हुँ  भिखारी  मायाको  म, हातभरि नोट पाएँ  ।
कता तिर छोपुँ हजुर ? लाज ढाक्न कोट पाएँ ।।

No comments:

Post a Comment

Thank You very much. Raj