Wednesday, April 11, 2012

गजल - ६९


फूल दिएर मन साट्ने, अपरम्पार यो माया ।
जती बाँड्यो उती बढ्ने, उपहार यो माया ।।


देख न भेट मनको मिठो मिलन हुँदो रहेछ ।
मानव हृदयको मिठो, झंकार यो माया ।।

माया जिवन माया मृत्यु बह्माण्ड सब माया ।
तिम्रो मेरो सम्बन्धको, अलंकार यो माया ।।

ओढिदीन्छु छरिदीन्छु बाँडीदिन्छु सबमा ।
कहिले नसकिने मनको , धनसार यो माया ।।

1 comment:

Thank You very much. Raj