Wednesday, March 28, 2012

******गजल***** ६७




शुन्यतामा आवाज सुन्छु, कस्तो प्रेम मेरो यो .
आँखा भरि जवाफ दिन्छु, कस्तो प्रेम मेरो यो <


दोषहरु आफ्नै पोल्टामा गुटुमुटु लुकाएर,
निर्दोष भनि नाम लिन्छु, कस्तो प्रेम मेरो यो <

बटुली खुशीका पत्रहरु तिम्रै पाउमा अर्पेर
धुरु धुरु एक्लै रुन्छु, कस्तो प्रेम मेरो यो <

घटाउ(F)दैछु जिबन मेरो गुणा तिम्रो खुशी
चोटको घाउ आँशुले धुन्छु, कस्तो प्रेम मेरो यो < 

हार तिम्रो जिबनको बिजेता सधैँ तिमी 
मनको पिडा मनमै उन्छु, कस्तो प्रेम मेरो यो <.

बिर्स भन्छौ सबै तिमी, नखोजेको हैन मैले
तिम्रै नाम मनमनै गुन्छु, कस्तो प्रेम मेरो यो <  

No comments:

Post a Comment

Thank You very much. Raj