परेलिको संघार नाघी, हर्षाश्रु झरेको रैछ ।
मेरो मुटु मलाई छोडी, बसाईँ सरेको रैछ ।।
दुखेर छाती चसक्क, दवा पानी गरेँ कती
तिम्रो याद तीर बनी, कलेजीमा गडेको रैछ ।
आफैँ भित्रै सगरमाथा, छक्क पर्दो म अचेल
तिम्रो माया हलक्क भई, मनभित्रै बढेको रैछ ।
बहकिँदो पाइला मेरा, त्यतै लम्कन्छ अचेल
तिम्रो नजर नशा बनी, ममा चढेको रैछ ।।
परेलिको संघार नाघी, हर्षाश्रु झरेको रैछ ।
मेरो मुटु मलाई छोडी, बसाईँ सरेको रैछ ।।
No comments:
Post a Comment
Thank You very much. Raj