Friday, April 26, 2013

गजल दोहोरी

सिधा यी बाटो पनि सधैं भीर लागिरहन्छ ।
परदेशमा बसेर देशकै पीर लागिरहन्छ । - दिनेश राज ज्ञवाली

भगवानसँग आस्था त कहिल्यै हैन छैन । 
लडेको मान्छे उठ्दा ढुँगामा शीर लागिरहन्छ । दिनेश राज ज्ञवाली

देशलाई खाँदैछन् टुक्रा टुक्रा पारी सबै
त्यो सम्झिंदा मुटुमा झिर लागिरहन्छ । करुण थापा

बाटो, बत्ती, तेल, नून, पानी केही छैन
कमजोर रहेछ हामी सबको तकदीर लागिरहन्छ । करुण थापा


रुँदैछिन् बुढी आमा शहीद छोरो गुमाएर 
खालि तस्बीरमा उसको अबीर लागिरहन्छ । करुण थापा

सुनाएको थियो गजल उस्ले छोडी जाने बेलामा
अहिले पनि गजल सुन्दा मुटुमा तिर लागीरहन्छ ।। - राजु दाहाल



त्यो भित्तो भ्रष्टाचारले भरिएथ्यो छोप्न ।
भित्तामा शहीदहरुको तस्वीर लागिरहन्छ । दिनेश राज ज्ञवाली

सामु हात फैलाउनेलाई दिन हात अघि बढ्दैन
उसका सामु आफु सँधै फकिर लागिरहन्छ । - सबिन एकतारे

तल्लो घरकी बिधवा भाउजु निसन्तान भएसी ।
माथ्लो घरको चाउरीलाई अचेल बीर लागीरहन्छ । - राजु दाहाल 

मेरा नानीहरु भोकै थिए यसैले उनलाई

कोदोको बासी ढिंडो पनि खीर लागिरहन्छ । - करुण थापा


 मन एकतिर तन अर्कोतिर जबजब हुन्छ

नागरिकता, राहदानी जञ्जिर लागिरहन्छ  सबिन एकतारे

के सधैँ यस्तै होला त हाम्रो बाँकी जीवन !
दिनमा अनि रातमा पनि पीर लागिरहन्छ  - रबि प्राञ्जल

अचेल आत्मा अलग, अलग शरीर लागीरहन्छ । - राजु दाहाल


यिनै नेता फेरि आए भने चुनाव जितेर
साला भतिजा भाञ्जालाई जागीर लागिरहन्छ । - करुण थापा


भाग्यले ठगेपछि यस्तो पनि स्वीकार हुँदोरहेछ ।
बिरालोले बाटो नकाट्नु पनि तकदीर लागिरहन्छ । दिनेश राज ज्ञवाली

आँखा चिम्ली हेर्दा मनमा भगवान देखुन्जेल
ढुंगा बस्ने घर पनि मन्दिर लागिरहन्छ । सबिन एकतारे

अँधेरोमा बस्ने बानी लागेपछि हामीलाई
जुनकिरीको उजेलो नि तिरमिर लागिरहन्छ । करुण थापा

जब मिल्दैन भागबण्डा घरका बुज्रुकहरू बीच,
'जेठ' भन्ने थेगोमा 'मङ्सिर' लागि रहन्छ । रबि प्राञ्जल

 मात्‍नकै लागि त देशकै दुःख काफी यहाँ,
निरन्तर लागिरहन्छ आखिर लागिरहन्छ । - जोतारे धाईवा

 महाराजले नै बेचेपछि दुनियाँको बस्ति
देशलाई बचाउँछु भन्दै बजिर लागीरहन्छ ।। - राजु दाहाल

गयल भए पनि उनको दिलबाट आफू
सम्झनामा सपनामा हाजीर लागिरहन्छ । - करुण थापा

 आएनन् अरु शेरहरु अब त गजलकार
किन मेरो यो शेर नै आखिर लागिरहन्छ । - करुण थापा

संवेदना यस्तरी गुमाउँदै छ यो समयले
कम्पन ठूलै हो, आफू स्थिर लागिरहन्छ । जोतारे धाईवा

रकममा बेच्यौ अरे मनमा बस्ने मायालुलाई 
सम्झ युगौँ युग यहि नजिर लागीरहन्छ ।। - राजु दाहाल

मेरी प्रिया तिमी यति माया गर्छ्यौ मलाई
मेरो चिहान पनि तिमीलाई त शरीर लागिरहन्छ । - करुण थापा

 हाँसेर यसैगरी बाँचिएको छ दुनियाँमा । 
रुनेहरुलाई अझै दुनियाँ गम्भीर लागिरहन्छ । - दिनेश राज ज्ञवाली


No comments:

Post a Comment

Thank You very much. Raj