आँखा त्यहीँ छोडी हिँडे, तिमीलाई देखेपछि ।
गन्तव्य नै बदलियो, तिमीलाई भेटेपछि ।।
तिम्रो चाह सधैँ भरी, साथ तिम्रै मात्र रहुँ
म नै कहाँ रहन्छु र ? अस्तित्व यो मेटेपछि ।।
माया भन्दा पर पनि, अर्को ठूलो संसार छ
कहाँ देख्न सक्छु सारा, हत्केलाले छेकेपछि ।।
आधार तिम्रो मायाको, स्वार्थको सुई माथी
थाहा पाएँ बल्ल आज, पैतालाले टेकेपछि ।।
आँखा त्यहीँ छोडी हिँडे, तिमीलाई देखेपछि ।
गन्तव्य नै बदलियो, तिमीलाई भेटेपछि ।।
No comments:
Post a Comment
Thank You very much. Raj