मलाई मेरो सगरमाथा हिमाल चाहिन्छ
अखण्ड यो मातृभूमि बिसाल चाहिन्छ ।।
मेची काली मिचिदैँ छ राता रात यहाँ
दक्षिण तर्फ सबै ठाउँ पर्खाल चाहिन्छ ।।
चार जात छत्तिस बर्ण फूलका थुङ्गालाई
एकताको माला गाँस्ने संजाल चाहिन्छ ।।
अलिसान महल हैन झुप्रै भए हुन्छ
आँखी झ्याल बार्दली र टुँडाल चाहिन्छ ।।
राष्ट्रिय खेल राष्ट्रियता जोगाउनु छ मैले डन्डी बियो साथै मलाई बाघचाल चाहिन्छ ।।
जीतु खड्का गाउँले
मोरङ, उर्लाबारी
(हाल – साउदी अरब)
(आगामी प्रतियोगिताहरु गरिरहनको लागी प्रेरणा दिने ब्यक्तित्वको रुपमा लिन्छु म उहाँलाई _
No comments:
Post a Comment
Thank You very much. Raj