Saturday, November 19, 2011

गजल ६४


कुराकानी सकीए के भो , एउटा बात बाँकी नै छ ।
दिन बिते के को चिन्ता, सीङ्गो रात बाँकी नै छ ।।


बोतल खाली भइसके, पीउने रहर अधुरो  भो
तिम्रो अधर हेर्दा लाग्छ, सग्लै मात बाँकी नै छ ।।

मन हाम्रो बल्ल मिल्यो, तनहरू सुर्रीदैँ छन् ।
कस्तो तिमी लजाएकी, अर्को घात बाँकी नै छ ।।

समाएर हात मेरो खोकीलामा लुकाएर
किन तिमी यती ढुक्क, अर्को हात बाँकी नै छ ।।

कुराकानी सकीए के भो , एउटा बात बाँकी नै छ ।
दिन बिते के को चिन्ता, सीङ्गो रात बाँकी नै छ ।।

No comments:

Post a Comment

Thank You very much. Raj