Friday, April 6, 2012

गजल - ६८


आफ्नै माया लाग्न छोड्यो, किन नजिक हुन्छौ तिमी ।
मेरै मलामी खुशी छु म, किन व्यर्थै रुन्छौ तिमी ?।।


माया पनि चिन्दीन म, जान्दीन कुनै जालझेल
आफ्नै अस्तीत्व गुजुल्टीराछ, किन जाल बुन्छौ तिमी ?।।

 बरबराउँछु कहिलेकाही, बाटो घाटो चौबाटोमा
 बुझ्दीन म आफ्नै शब्द, किन त्यही सुन्छौ तिमी ?।।


सपनाको कुरा छोड, निदै शत्रु भा छ अचेल
मलाई साथ डोर्‍याएर, किन सपना बुन्छौ तिमी ?।।


ढुङ्गा हुँ म दोबाटोको ठेस लाग्ला है तिमीलाई
देव निर्माणको चाहमा, किन आँशुले धुन्छौ तिमी ?।।

आफ्नै माया लाग्न छोड्यो, किन नजिक हुन्छौ तिमी ।
मेरै मलामी खुशी छु म, किन व्यर्थै रुन्छौ तिमी ?।।

No comments:

Post a Comment

Thank You very much. Raj