Monday, November 7, 2011

गजल ६३

यस्तो यौटा कहानी होस, जसमा पीडाको नाम नहोस ।।
गजबको त्यो ठाउँ बनोस, जसमा प्रेमीको काम नहोस ।।

देखाएर सपना चुँडेर लग्ने, शेष नराखी रत्तीभर
बरू प्राण शीशीर मै ढलोस, बसन्त त्यो याम नहोस ।।

फुल चढाउँदै पसेर मनमा, घातका किला ठोक्नेहरू
बन्द मन्दिर यो मनको रहोस, पापीको त्यो धाम नहोस ।।

खेल बनाई मायाको अजिब, जुवाको खालमा थाप्नेहरू
क्रुर सत्य स्वीकार्छु तर,  मायामा छल छाम नहोस ।।

यस्तो यौटा कहानी होस, जसमा पीडाको नाम नहोस ।।
गजबको त्यो ठाउँ बनोस, जसमा प्रेमीको काम नहोस ।।

No comments:

Post a Comment

Thank You very much. Raj