Sunday, September 2, 2012

गजल - ७२


दिन   ढल्दै थियो, मुटु बल्दै थियो । 
हर पेगको बेगमा, आँत जल्दै थियो ।।

उठाएको   प्याला, तिमी भुल्नलाई 
अतित छचल्केर, मन गल्दै थियो ।। 


खै कसरी  भुलौँ ?, नसाभीत्रै तिमी
आँशु झर्दै थियो, रात छल्दै थियो ।।

थियो एक  बहाना, दुख पीडा  भुल्ने
यो बेहोशीमा पनि, याद चल्दै थियो ।।

दिन  ढल्दै  थियो, मुटु बल्दै थियो । 
हर पेगको बेगमा, आँत जल्दै थियो ।।

No comments:

Post a Comment

Thank You very much. Raj