Tuesday, August 14, 2012

गजल ७१


दिन   ढल्दै   रह्यो,  मुटु  बल्दै   गयो
हर पेगको वेगमा, आँत  जल्दै गयो ।।

उठाएँ   प्याला  यो, भुल्नलाई   तिमी
अतित छचल्कीयो, मन गल्दै  गयो ।।

कसरी   भुल्नु र ?, नसाभीत्र तिमी
आँशु झर्दै रह्यो, रात छल्दै गयो ।।

बहाना   एक  थियो, दुख पीडा भुल्ने
यो बेहोशीमा पनि, याद चल्दै गयो ।

दिन   ढल्दै   रह्यो,  मुटु   बल्दै  गयो
हर पेगको वेगमा, आँत जल्दै गयो ।।

No comments:

Post a Comment

Thank You very much. Raj