पलहरु बाँच्न खोज्दै, मरिरहेको मान्छे ।
माथि तिर बढ्न खोज्दै, झरिरहेको मान्छे ।।
कस्तो यो जिजीबिषा ? जिउँदैछ हरक्षण
कण कण बल्न खोज्दा, जलिरहेको मान्छे ।।
अरुकै लागी बाँचेको भ्रम पाली मनमा
भ्रमै भ्रमको पोखरीमा तैरिरहेको मान्छे ।।
आफ्नै पुच्छर नभेटेर फन्को लाए सरि
अस्तित्व च्यापी साथमै, दौडिरहेको मान्छे ।।
कालो सेतो ठुलो सानो तुलना यो अनेक
बोक्राहरु रटि रटि, पढिरहेको मान्छे ।।
धन तन त कहिले यहि जिबनसँग
तुलना गर्दै अनेक, गडिरहेको मान्छे ।।
माथि तिर बढ्न खोज्दै, झरिरहेको मान्छे ।।
कस्तो यो जिजीबिषा ? जिउँदैछ हरक्षण
कण कण बल्न खोज्दा, जलिरहेको मान्छे ।।
अरुकै लागी बाँचेको भ्रम पाली मनमा
भ्रमै भ्रमको पोखरीमा तैरिरहेको मान्छे ।।
आफ्नै पुच्छर नभेटेर फन्को लाए सरि
अस्तित्व च्यापी साथमै, दौडिरहेको मान्छे ।।
कालो सेतो ठुलो सानो तुलना यो अनेक
बोक्राहरु रटि रटि, पढिरहेको मान्छे ।।
धन तन त कहिले यहि जिबनसँग
तुलना गर्दै अनेक, गडिरहेको मान्छे ।।
No comments:
Post a Comment
Thank You very much. Raj