Friday, May 3, 2013

गजल

(स्रष्टा चौतारी र कुन्ता डण्ड प्रतिष्ठानले आयोजना गरेको प्रथम राष्ट्रिय गजल प्रतियोगिता २०७० मा प्रथम स्थान हासिल गरेको गजल ।) 
                                          - भगवती कँडेल
                                          - हाल : ईजरायल
भन्दैछ ऊ यति धेरै कुशल बनाउँछु ।
साँच्चै अब तिमीलाई गजल बनाउँछु ॥
                       ऊ पनि त मान्छे न हो देखाउँछ रङ्ग

                      भन्छ ‘मस्जिद,चैत्य तोड्छु देवल बनाउँछु ।
पाषाण मुटु बोकेर जो हिँडिरहेका छन्

भन्छन् ढुङ्गो पगालेर तरल बनाउँछु ।
                      हिलै-हिलो हुन्छ भने उभिएको ठाउँ

                      अब मैँले जिन्दगीलाई कमल बनाउँछु ।
दु:खको ‘नि दु:ख होला जरुरीमा राख्दा

‘बाठी बन्छु दु:खलाई म अम्मल बनाउँछु ॥
                            धन्यबाद 


1 comment:

  1. नियम बनाउने अनी आँफै तोड्ने हाम्रो नेपाली समाज मा पुर्खौ बाट चली आएको चलन रहेछ
    अस्ती राजधानिमा भएको प्रथम खुल्ला राष्ट्रिय ब्यापी गजल प्रतीयोगिता २०७० सम्पन्न भयो
    त्यहा हामी लाई के भनिएको थियो भने
    प्रतिस्प्रधामा भाग लिएर पुरुस्कार जित्न को लागि स्वम उपस्थित हुनु पर्ने
    अनी प्रबासका गजल २५ उत्कृष्ट लाई बाचन गरेर प्रमाण पत्र दिने भनेर
    अनी यो घोषणा गरियो कि गजल प्रतीयोगितामा प्रथम पुरुस्कार जित्ने
    इज्रायल को भगवती काडेल रे
    नियम अनुसार इजरायल कहिले बाट नेपालमा गाभिएछ
    म त रनभुल्लमा परेको छु सबाल तेर्साउ त कहाँ तेर्साउ पेज डिलिट गर्नु भएछ सकियो

    तर यसरी साहित्यमा लिङभेद गरेर राजनिती गर्न भने हुँदैन भएर भन्छ यो धन्दुकारी माइलो ले

    ReplyDelete

Thank You very much. Raj