हो मित्र हो, कुरो सत्य हो
जसरी,
रगतको रंग रातो
ओरालो बग्ने पानी
पूर्वबाट उदाउने सूर्य
नदेखिने त्यो हावा
त्यस्तै,
सत्य हो मलाई फूलहरुले
चुपचाप लुछिरहेका
केहिले सुन्दरताले
केहिले सुवासले
केहिले यौवनले
केहिले रंगले
राता सेता निला पहेँला
अनेक रंग र ढंगका फूलहरुले चिथोरिरहेछन्
निरन्तर अनि निरन्तर
संसार देख्नुपर्ने मेरा आँखाहरु
तिनकै चित्रले विचीत्र छन्
अनि,
संसार जित्नुपर्ने मेरा पाईलाहरु
तीनकै कोमल आव्हानले रोकिएका छन्
मेरो मन अनि मेरो तनमा
तिनले सुन्दरताको जन्जिर बाँधिदीएका छन्
जुन,
म सकेर पनि तोड्दिन
अनि तोड्न पनि चाहन्न
मलाई थाहा छ,
तिनले जिवन दिँदैनन्
अनि यो पनि थाहा छ
तिनले बाटो देखाउँदैनन्
ति त,
जिवनपछिको क्षणमा छातीभरि सजिएर
उन्मुक्त हाँसिरहन्छन्
जहाँ उनीहरु नै डढिरहेका वा गढिरहेका हुनसक्छन्
अनि,
आफ्नो गन्तव्यमा दौडिरहेका
जब्बर यात्रीहरुलाई
आफ्नो रुप र रंगले लोभ्याएर
गन्तव्य बिहीन वनाउन सक्छन्
हो,
तिनै फूलहरुले निचोरेका छन् मलाई
अनि भाँजो हालेका छन् यात्राहरुमा
म तिनलाई सम्हाल्न खोज्छु हत्केलामा
तिनीहरुले चिथोरेका छन् मलाई ।।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj