Wednesday, July 11, 2012

कबिता- “भ्रम”


हो, 
अलिकती टुट्छ, 
म अर्को टुक्रा ल्याएर जोड्छु ।
अलिकती फुट्छ, 
म त्यही झुक्काउने आशाको लेप लेप्छु ।
यता जान्छ उताबाट तान्छु,
उता जान्छ यताबाट ल्याउँछु ।
चोरिन्छ म लुट्छु, 
लुटिन्छ म चोर्छु  ।

हा हा हा,

कहिले त्यस्ले धोका दिन्छ,
कहिले म धोकेबाज बन्छु ।
कहिले साथ लागेर आउँछ,
त कहिले साथ लागेर जान्छ ।
कहिले खात लागेर बस्छ,
कहिले रीत्तो भएर खस्छ ।
कहिले भरेर राख्छु,
कहिले पोखेर बस्छु ।
कहिले अर्कोलाई दिन्छु 
त, 
कहिले अरुबाट खोस्छु ।
चल्दैछ यसरि नै, 
हेर साथी !
टुक्रा टुक्रा भ्रमको सहारामा एउटा सिङ्गो जिन्दगी बाँच्दैछु म  ।


समाप्त

2 comments:

  1. What is this? What are you telling about? No more than your stupidity.....

    ReplyDelete
  2. हा हा हा, धन्यबाद कमसेकम पढ्नु त भएछ नी ।। अब राम्रो लेख्ने प्रयास गर्छु नी हस् ??

    ReplyDelete

Thank You very much. Raj