Wednesday, April 18, 2012

“तिमी र म” – कविता

मेरा थोपा थोपा आँशुले
तप्प– तप्प
तप्प– तप्प
एउटा पोखरी बनाउँछ ।
कहिले चुपचाप कहिले हिक्क –हिक्क

म,
त्यही पोखरीको डिलमा बसेर
अतित हेर्न खोज्छु ।

देख्दिन कतै, हुन्न केहि,

न अतित
न भुत
न वर्तमान

हुन्छ त केबल,
सपनाहरुमा झस्काईरहने
विपनाहरुमा अत्याईरहने
अनि,
कल्पनाहरुमा मत्याईरहने
तिम्रो त्यो सुन्दर मुहार

जस्लाई म,
 चाहेर पनि आफ्नो भन्न सक्दिन
अनि,
चाहेर पनि कहिल्यै पराई मान्न  सक्दिन
नजिक भएर टाढा भएको
अनि,
टाढा भएर पनि नजिक
त्यो आकाश र यो धर्ती  जस्तै,
तिम्रो मेरो सम्बन्ध ।।

No comments:

Post a Comment

Thank You very much. Raj