टाउको उहि
पैताला उहि
टुलुटुलु टोलाईरहने आँखा उहि
हात उस्तै
खुट्टा उस्तै
बकबक गरिरहने थुतुनो उस्तै
खुलाङ्ग त्यस्तै
गुप्ताङ्ग त्यस्तै
तलदेखि माथिसम्म सर्वाङ्ग उस्तै
साथी,
तिमी जिउँदो
र आर्यघाटमा पुर्याईएको मुर्दामा
के फरक त ?
तिमी हसुर्न सक्छौ दगुर्न सक्छौ
कमाउन सक्छौ अनि खर्चिन पनि
मोज गरौला
मस्ति गरौला
तर,
त्यो त पशुले पनि गर्छ ।
जाग,
पशु, मुर्दा अनि तिमीमा केहि फरक त बनाउ ?
सोच,
गलत र सहि के हो ?
परख,
तिम्रो बाटो कता छ ?
कतै,
लहलहैमा लागेर आफैँलाई धोका दिएका त छैनौ ?
वा,
कसैको बुई चढेर
मसानघाट तीरै लाग्दैछौ कि ?
मसानघाट तीरै लाग्दैछौ कि ?
साथी,
एकपटक छातीमा हात लगेर छाम त
केहि चल्दै छ नी ?
हो त्यो धड्कन हो, मन हो, सोच हो
माया हो दया अनि करुणा हो
आदर हो अनि संस्कार हो
त्यसैले,
तिमी सोच्न सक्छौ
र सत्य बोल्न पनि
भुक्न त,
कुकुरहरु पनि भुक्छन
नसोची अनि नबुझि
कराउन त स्यालहरु पनि कराउँछन
एकपछि अर्को लगातार
बिना कारण देखासीकीको लहडमा
खान त,
जुम्राले पनि खान्छ
तिमी हामी सँगै लहसिएर
किराले पनि खान्छ
फोहोरसँगै गुडुल्कीएर
घोक्न त,
सुँगाले पनि घोक्छ
बिद्धान बिद्धान भनेर
खुशी त,
कुकुर मालिकको खुट्टा चाटेर बन्छ
सुँगुरले आचि खाएर बन्छ
तर,
तर तिमी त मान्छे हौ नी ?
त्यसैले मान्छे भएर बाँचे ।।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj