सपना
मेरो सपनाको चङ्गा
यादको लट्टाई हातमा छोडेर
बादलुको अनदेखि संसारमा
कतै गुमनाम भएको छ ।
म खोज्दै छु,
मेरो सपनाको धागो चुटाउने चङ्गा चालकलाई ।।
=================================================
बरु मलाई मेरो सपना चाहिएन
तर, छिटा छिटा थोपाले
मेरो चङ्गा धुजा धुजा भएको
म सुन्न अनि देख्न सक्दिन ।
मेरो सपना कुनै बालकको हातमा परेर
टुक्रा टुक्रा भएको म सहन सक्दिन ।
=============================================
बरु सपना तिमी उड्दै जाउ
बादलुको माथि माथि
जहाँ लोभी आँखाहरु
तिमीलाई देख्न नसकुन्
तिम्रो याद अर्थात मेरो लट्टाई
त मेरै हातमा छ नी ।।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj