हरेक देशकाे अाफ्नै कानुन, रिति थिती हुन्छ नै । नेपालमा हाड नातामा बिवाह गर्नु अपराध हाे जुन कुरा अन्य मुलुकमा लागु नहुन सक्छ । नेपालमा गाइ काटेर मासु खानु अपराध हाे जुन कुरा कैंयन मुलुकमा सामान्य हाे । यस अर्थमा हेर्दा ती टाढाका कविले त्यहाँकाे कानुनःत गल्ती गरेका छन् जस्काे सजाय पाउनै पर्छ । कवि भएकै नाताले उनले गरेकाे अपराधबाट उन्मुक्ती पाउनुपर्छ भनेर कसैले भन्छ भने त्याे सरासर गलत छ । हाे, मानवताकाे नाताले उनले पाएकाे सजाय गलत छ भने कुराे अर्कै हुन सक्छ । तर हाम्रा देशका कवि (भनिएका वा भनाइएका) हरू भने असरफ फयाद कवि भएकाे कारणले उनले सजाय पाउन नहुने पाङ्दु्रे तर्क गर्दै केटाकेटी खेल लाग्ने कार्यक्रम गर्दैछन् जुन हाँस्यास्पद छ । नेपालका कविहरूलाइ कविता सुन्ने सुनाउने रहर धेरै हुने गर्दछ जुन केहि बर्ष अगाडि म अाफैँलाइ पनि हुने गर्दथ्याे । हाे कविता सुन्न सुनाउन बिषयबस्तु नै खड्केकाे भए केहि भन्नु छैन, तै पनि हाम्रो देशमा बिषयबस्तुकाे कमि नै के थियाे हाेला र ? सरकार, नाकाबन्दी, तराइ अान्दाेलन, भुकम्प पिडितकाे बेहाल अादि अादि बिषयहरू नाकै मुन्तिर छरिएका थिए नै ।
म देख्छु याे संसारमा अझ भनाैँ हाम्राे जस्ताे संसारमा मान्छे मात्रै भएर बाँच्न कति गाराे छ ? पत्रकार, कवि, मानवअधिकारकर्मी जस्ता उपाधी नामकाे अगाडी भिडेपछि तीनलाइ जे गर्न पनि छुट छ अर्थात तीनकाे अनावश्यक रूपमा साथ दिएर बाेल्दिने मान्छे प्रशस्तै हुने गर्दछन् । अवस्था कतिसम्म बिजाेग छ भने - अाजै एकजना सामाजीक संजालमा असरफ बचाउन लागी पर्ने तीनपाते कवि (जिवनमा एकपटक जाे सुकै पनि कवि हुन्छ, जसरी हरेक बिरूवा सानाेमा उस्तै तिनपाते देखिन्छन् । ) ले दर्शन दिए / दिइन । उनकाे तर्क सुन्दा लाग्थ्याे असरफ भन्दा महान र उनले जतिकाे राम्रो काम कसैले गरेका छैनन् । अझ उनकाे शब्द सापट लिएर भन्नु पर्दा - अाेली सरकारले गरेकाे अहिलेसम्मकाे सबै भन्दा नराम्रो काम रे । (??) उनले र उनकाे टीमले जसरी पनि असरफलाइ बचाएर छाेड्छन् रे (??) अरे वा ! कुन देशमा, किन, कसरी, के का लागि असरफले सजाय पाएका छन् भन्ने पनि थाहै नपाइ, अान्दाेलन ? (??) म लाजले टाउकाे हल्लाएर बसेँ । छेवैमा स्यामसाउकाे (स्यामसुङ) फाेनमा फेक कल उठाएर भाग्नुभन्दा अन्य बिकल्प रहेन मेराे लागि ।
अन्त्यमा साउदी अरेवीया नेपाल जस्ताे हाेइन हाेला जहाँ दुइ चार जना कराएर, दुइ चार लाख खर्च गर्दैमा कानुन बदलिने ? शायद त्यसाे हुँदाे हाे त - त्यहाँ पश्चिमी मुलुकहरूले मानवअधिकार जगाएर महिला पुरूष बराबर भन्दै बुर्का निषेध राष्ट्र भइसक्ने थियाे हाेला ? अन्तमा, कामै नभए त पाडोकाे पिछवाडा कनाएरै बस्दा पनि भयाे नत्र भने हाम्रो देशमा जाडाेले, अान्दाेलनले, गरिबीले धेरैँ मरिरहेका छाैँ र मर्ने लाइनमा छाैँ । हाम्रै कविता पाे सुनाउने की ?
अन्तमा कवि भएकै कारणले उनले पाएकाे सजाय गलत हाे भनिन्छ भने त्याे सरासर गलत छ ।
अन्तमा कवि भएकै कारणले उनले पाएकाे सजाय गलत हाे भनिन्छ भने त्याे सरासर गलत छ ।
(पूर्ण रूपमा मेराे निजी विचार ।) धन्यबाद
No comments:
Post a Comment
Thank You very much. Raj