by Raju Dahal on बुधबार , जुलाई 14, 2010 तारिख 10:24बिहान बजे
म सँग एउटा अनौठो कथा
केही रहर,केही उमंग र धेरै ब्यथा
सक्ने भए सुनिदेउ, मिल्ने भए लेखिदेउ ।।
शिर्षक बिनाको मेरो यो कथा,
तिम्रै ईच्छाको शिर्षक देउ ।
जे छ ईच्छा जुन छ पिडा
मन मन्मा त्यसैको कथा मानिदेउ ।।
एकादेशमा भनि गर्नुपर्दैन यहाँ,
एउटा देशमा भनि गर सुरु ।
आफैलाई मान मेरा यी पात्र,
लेख्नेछौ कथा तिमी खुरु खुरु ।।
लम्बेला धेरै कथा लेख्दा लेख्दै,
कहिल्यै सकिन्न एउटा देशको ब्यथा ।
छोट्ट्याउ अनुच्छेद वाक्य र शब्द पनि,
बुझ्नेछन् तैपनी तिम्रो त्यो कथा ।।
पढ्नेछन् सबले तिम्रो यो कथा,
बोल्दैनन् अनुहार बोली हुन्छ बन्द ।
स्रहाउनेछन् तिम्रो यो लेखाइलाई,
आक्रोशिनेछन् ती मन्द मन्द ।।
आफ्नै कथा आँफै पात्र आफ्नै परिबेश,
पाउनु पर्छ तीनले तिम्रो कथा बीच ।
पढ्छन् सोच्छन मुर्मुरिन्छन ती,
देखाउलान केही तिन्ले रिस ।।
कथै कथाको यो भिडमा,
म सँग एउटा अनौठो कथा
केही रहर,केही उमंग र धेरै ब्यथा
सक्ने भए सुनिदेउ, मिल्ने भए लेखिदेउ ।।
No comments:
Post a Comment
Thank You very much. Raj