Saturday, May 5, 2012

"अव्यक्त मनका चाहना"

अव्यक्त मनका चाहनाहरुलाई
बलात् दबाउँदा दबाउँदै
निमोठेर मनहरु सँगै
आँशुमा बगाउँदा बगाउँदै

एकदिन तिम्रा चाहनाहरु
तिमी सँगै खर्ल्याप्प
तिमीले खनेका खाडलहरु भित्र
स्वाट्ट छिर्नेछन् ।

जिवनका अन्तिम पलहरुमा
पक्ल्याक पक्ल्याक मुख बाउँदै गरेका
तिम्रा गिजे मुखहरुबाट
ब्यक्त गर्दा नसुनिएका


र

ईशारा गर्न जवरजस्त उठेका
हाडे हातहरुबाट नबुझिएका
बगरे ढुङ्गाका काई सरि
तिम्रा अव्यक्त मनका चाहना
छट्पटिदैँ छट्पटिदैँ
तिम्रो श्वास सँगै
तिम्रै मलामी जानेछन् ।

त्यसैले, म भन्छु
मर्न नदेउ
तिम्रा  अव्यक्त  मनका चाहना ।।

                                                                                           समाप्त

No comments:

Post a Comment

Thank You very much. Raj