सरकार
ए सरकार
थाहा छ सरकार ?
हजुरको आज्ञा शिरोपर गर्दै
बिहान उठेर बजाएको तालीको आवाजले
एकाबिहानै भोक र कमजोरीले
रोइरहने मेरो काखे छोरी चुपचाप हेरिरही
अक्कनबक्क परेर हेरिरहेकी मेरी छोरी
पुनः रुन नपाउँदै
भान्छामा बजेका खाली भाँडाहरुको आवाजले
आँखा भरी आशा बोकेर मुख मिठ्याउँदै पर्खिरही
एउटा असहाय गरीब अध्याँरो छिँडीमा बसेर
लकडाउन डाउन हुने दिन पर्खेजस्तै
र लक डाउनका लकहरु झन झन कसिलो भएपछि
सुँक्कसुँक्क आफ्नो लकलाई सराप्दै
घोप्टे अँधेरोमा कुम्लो र कुटुरो च्यापेर
बेजोडी चप्पल भिरेर अनिश्चीत यात्रामा हिँडेजस्तै
मेरी छोरी रोदनको यात्रामा निस्कन मात्रै लागेकी थिई
नजिकै घरमा बजेको
सयौँ फुलका थुँगा हामी आवाज सुनेर चुप लागी
थाहा छ सरकार,
अभाव र भावले चिथोरीरहेको मानसपटलमा
हजुरको बजाउने सिद्धान्त नबुझेको म अबुझले
हिजो आज बल्ल बुझ्दैछु
त्यसैले,
बजाउँ सरकार बजाउँ
बाध्यताको टोकरीमा भोको पेट लिएर बजारमा
उधारो पारिश्रमीक लिन हिँडेका युवाहरुलाई
बस्ने गालाको छाला खुस्कने गरी बजाउँ
बालबच्चाको च्याँच्याँ सुन्न नसकेर
आहाराको खोजीमा निस्केका बाउहरुलाई बजाउँ
काखे नानी च्यापेर एक गाँस माग्दै हिन्ने माउहरुलाई बजाउँ
ईँटको भट्टीमा भाग्य खोज्न हिनेका गरीबहरुलाई
घर जान नदिएर
रित्ता झुपडी झुपडीमा बजिरहने
खाली थाल भाँडाहरुको आवाज दबीने गरेर
थपडी बजाउँ,
राष्ट्रीय गान बजाउँ
घन्टा बजाउँ
अर्थोक जे जे बज्छ बजाउँ
पीपीई बजाउँ
कीट बजाउँ
राहत बजाउँ
आहत बजाउँ ।।
किन ?
थाहा छ सरकार
हजुरको आज्ञा शिरोपर गर्दै
बिहान उठेर बजाएको तालीको आवाजले
एकाबिहानै भोक र कमजोरीले
रोइरहने मेरो काखे छोरी चुपचाप चुपचाप सुनिरही ।।
राजु दाहाल
काँडाघारी
बैशाख ३, २०७७
ए सरकार
थाहा छ सरकार ?
हजुरको आज्ञा शिरोपर गर्दै
बिहान उठेर बजाएको तालीको आवाजले
एकाबिहानै भोक र कमजोरीले
रोइरहने मेरो काखे छोरी चुपचाप हेरिरही
अक्कनबक्क परेर हेरिरहेकी मेरी छोरी
पुनः रुन नपाउँदै
pic : copied |
आँखा भरी आशा बोकेर मुख मिठ्याउँदै पर्खिरही
एउटा असहाय गरीब अध्याँरो छिँडीमा बसेर
लकडाउन डाउन हुने दिन पर्खेजस्तै
र लक डाउनका लकहरु झन झन कसिलो भएपछि
सुँक्कसुँक्क आफ्नो लकलाई सराप्दै
घोप्टे अँधेरोमा कुम्लो र कुटुरो च्यापेर
बेजोडी चप्पल भिरेर अनिश्चीत यात्रामा हिँडेजस्तै
मेरी छोरी रोदनको यात्रामा निस्कन मात्रै लागेकी थिई
नजिकै घरमा बजेको
सयौँ फुलका थुँगा हामी आवाज सुनेर चुप लागी
थाहा छ सरकार,
अभाव र भावले चिथोरीरहेको मानसपटलमा
हजुरको बजाउने सिद्धान्त नबुझेको म अबुझले
हिजो आज बल्ल बुझ्दैछु
त्यसैले,
बजाउँ सरकार बजाउँ
बाध्यताको टोकरीमा भोको पेट लिएर बजारमा
उधारो पारिश्रमीक लिन हिँडेका युवाहरुलाई
बस्ने गालाको छाला खुस्कने गरी बजाउँ
बालबच्चाको च्याँच्याँ सुन्न नसकेर
आहाराको खोजीमा निस्केका बाउहरुलाई बजाउँ
काखे नानी च्यापेर एक गाँस माग्दै हिन्ने माउहरुलाई बजाउँ
ईँटको भट्टीमा भाग्य खोज्न हिनेका गरीबहरुलाई
घर जान नदिएर
रित्ता झुपडी झुपडीमा बजिरहने
खाली थाल भाँडाहरुको आवाज दबीने गरेर
थपडी बजाउँ,
राष्ट्रीय गान बजाउँ
घन्टा बजाउँ
अर्थोक जे जे बज्छ बजाउँ
पीपीई बजाउँ
कीट बजाउँ
राहत बजाउँ
आहत बजाउँ ।।
किन ?
थाहा छ सरकार
हजुरको आज्ञा शिरोपर गर्दै
बिहान उठेर बजाएको तालीको आवाजले
एकाबिहानै भोक र कमजोरीले
रोइरहने मेरो काखे छोरी चुपचाप चुपचाप सुनिरही ।।
राजु दाहाल
काँडाघारी
बैशाख ३, २०७७
No comments:
Post a Comment
Thank You very much. Raj