बाबा र आमा, गुरु र गुरुमा
सपना अनेक, छरिएका ममा ।
शोक र भोक, दिन रात त्यागी
मलाई मान्छे, बनाउन्का लागि ।।
बाबाले त्यागी, सुखसयल सब्
आमाले बिर्सी, सबै ती उत्सव ।
र भन्छन् खन्याई सेरोफेरो
छोरीले बाँच्छे जिन्दगी मेरो ।।
भन्छन् सबैले, त ज्ञानी मलाई
अज्ञानी पाउँछु म आफुलाई ।
अहो ! त्यो भार म बोक्नु कसरी
बाटो गलत म रोक्नु कसरी ?।
बुझेको मैले छु ज्ञानको महिमा
भाषाको भार, साहित्य गरिमा ।
गणीतको जादु बिज्ञान ज्ञान,
समाज शिक्षा, अहो सब महान् ।।
अक्षर भाग्छ, जब पढ्न खोज्छु
निद्रीले डाक्छ, जब लेख्न थाल्छु ।
सडेगलेको भयो यो अवस्था
कसरी मिलाउने मनको व्यवस्था ?।
लौन कसैले, सदबुद्धि देउ
हटाउन सकुँ मन छोप्ने लेउ ।
म आँफैसँग, अब युद्ध गर्छु
कर्म रुपी ती, जप ध्यान गर्छु ।
No comments:
Post a Comment
Thank You very much. Raj