भन्नलाई भन्छन्
देख्नलाई देख्छन्
फूल पनि राम्रो
अनि,
पुतली पनि
असल हुनुको पीडा, सुन्दर हुनुको दुख
भोगेका छन् दुवैले
एउटा कथा,
नभनिएको नसुनिएको
अनि,
थाहा भएरै पनि बुझपचाईएको
हो............. त्यसरी नै,
फूलले पनि बुझ पचाउँदै गयो
उस्को वरिपरी डुल्ने पुतलीको भावना
खै,
के घमण्ड थियो फूलमा
कुन अभिमान थियो उसलाई
आखिर झर्नु त छदैँ थियो
फूलले पनि पुतली जस्तै
पर्खेन,
हुन्न पनि थियो
समय समय हो
रात – दिन दुख – सुख
दिन – रात सुख – दुख
चलिरहने बस् चलिरहने
चाहना बढ्दो पुतलीको
अभिमान चुलिदोँ फूलको
आशक्ति – पीडा अनाशक्ति – पीडा मुक्ति
पुतलीको आशक्ति बढ्दै गर्दा
पीडा र दुखले अँगाल्दै गयो
फूल,
फूललाई के मतलब र ?
आफ्नो रंग र रुपले
दुषित कीराहरुलाई निम्त्याउँदै थियो
एकदिन आयो,
पुतलीले आफुलाई समर्पण गर्यो
फूल कतै ओइलाएर झर्यो
पुतली भित्तामा कतै अधमरो
समय परिस्थीती र बाध्यतामा अल्झेर
एकदिन झुसिल्कीरा बन्यो ।
चाह, चाह हो,
आज पनि लख्रक लख्रक
त्यो झुसिलकीरा
फूलकै बोटमा चुपचाप चुपचाप चढिरहेछ, अगाडी बढिरहेछ ।
समाप्त
No comments:
Post a Comment
Thank You very much. Raj