तिम्रो बोली राम्रो लाग्यो,
बोलिदिएँ म ।
तिम्रो हाँसो प्यारो लाग्यो
हाँसिदिएँ म ।
तिमी रुँदा माया लाग्यो,
रोइदिएँ म ।
तिम्रो साथ प्यारो लाग्यो,
साथी बनेँ म ।
तिम्रो याद मिठो लाग्यो,
यादमा रमेँ म ।
तिम्रो भेट न्यानो लाग्यो,
भेट्न लागेँ म ।
तिमी साथ पाउँदा,
रम्न थाले म ।
बिडम्बना.....................!??
बोल्न लागेँ जब म,
बोल्नै छाड्यौ तिमीले ।
हाँस्न लागेँ दिल खोली,
हाँस्न बिर्स्यौ तिमीले ।
रुन लागेँ कहीले काँही,
तर भुल्यौ तिमीले।
साथ खोज्न लागेँ जब,
बिर्सिदियौ तिमीले ।।
बोलिदिएँ म ।
तिम्रो हाँसो प्यारो लाग्यो
हाँसिदिएँ म ।
तिमी रुँदा माया लाग्यो,
रोइदिएँ म ।
तिम्रो साथ प्यारो लाग्यो,
साथी बनेँ म ।
तिम्रो याद मिठो लाग्यो,
यादमा रमेँ म ।
तिम्रो भेट न्यानो लाग्यो,
भेट्न लागेँ म ।
तिमी साथ पाउँदा,
रम्न थाले म ।
बिडम्बना.....................!??
बोल्न लागेँ जब म,
बोल्नै छाड्यौ तिमीले ।
हाँस्न लागेँ दिल खोली,
हाँस्न बिर्स्यौ तिमीले ।
रुन लागेँ कहीले काँही,
तर भुल्यौ तिमीले।
साथ खोज्न लागेँ जब,
बिर्सिदियौ तिमीले ।।
No comments:
Post a Comment
Thank You very much. Raj