Wednesday, November 2, 2011

काठमाण्डौ (सुरेश नाचिज)


मरेको कयौँ दिनपछि
आँखा खोलेर हेर्दा
बाताबरणलाई तुषारोले ढाकेको थियो ।
झिंगाहरु भन्किराखेका थिए ।


आसपास फोहोरको डंगुर थियो ।
खूब जाडो थियो ।
कुकुरहरु दाँत र नङ्ग्राले पेट कन्याउँदै थिए ।
खल्तीमा यौटा चुरोट किन्ने पैसा पनि थिएन ।
सेरोफेरोले कुनै आदिम बस्तीको भग्न झलक दिन्थ्यो ।
स्वासधारीको उपस्थितीले पनि उस्तै !
आउनेहरु र जानेहरु सब समान ।
छेउमा एकमात्र बाठो काग कराईराखेको थियो ।
उसलाई उठ्नै मन लागेन ।
-काठमाण्डौ

(यति मिठो लागयो कि, यता ल्याएर टाँसे । कुनै भोक लागेको बेला प्वाक्क फाँको हाल्न काम लाग्छ भनेर ।)

No comments:

Post a Comment

Thank You very much. Raj